परिच्छेद ५

उनीहरू सबै छुट्टिए तर अनातोल, जो ओछ्यानमा पुरना साथै निदायो, बाहेक अरू सबै त्यस रात आ-आफ्ना ओछ्यानमा धेरै बेरसम्म जागै थिए ।

“के साँच्चै यो मान्छै नै मेरो पति हुने हो त ! यो नवागन्तुक, जो यति दयालु छ- हो दयालु, त्यही हो-सको मुख्य विशेषता,” राजकुमारी मेरीले सोची । तर त्यही विचारसँग डर पनि आयो; जुन डरको उसले कमै, अनुभव गरेकी थिई । उसलाई वरिपरि हेर्न पनि डर लाग्यो । उसलाई पर कुनामा अँध्यारो पर्दापछाडि कोही उभिइरहेजस्तो लाग्यो । त्यो उही मानिस थियो- त्यही सैतान, उही मानिस- गोरो निधार, काला आँखीभौँ र राताराता ओँठ।

उसले आफ्नी सेविकालाई बोलाउन घन्टी बजाई र त्यहीँ आफ्नै कोठामा सुत्न अह्राई ।

त्यसै बेला कन्जर्भेटरीमा (घरसँगै जोडिएको संरक्षित हरितगृह) कुमारी बुर्येन धेरै बेरदेखि कसैको व्यर्थ प्रतीक्षामा घरी हाँस्तै र घरी रुँदै आफ्नो पतनमा आफ्नी विचरी आमाले गरेको गुनासो र गालीका शब्दहरू सम्झिदै तल र माथि डुलिरहेकी थिई ।

सुग्गी राजकुमारीको अवस्था पनि त्यस्तै थियो । ऊ पनि आफ्नो ओच्छयान राम्ररी नमिलाएको भनेर आफ्नी सेविकासँग गनगन गर्दै थिई । न ऊ घोप्टो परेरै सुत्न सकेकी थिई न कोल्टो परेर । उसलाई जतापट्टि सुते पनि अमिल्दो र असजिलो लागिरहेको थियो । कारण उसलाई यतिखेर उसकै व्यथा झन्‌ गरौँ भएको थियो । किनकि अनातोलको उपस्थितिले उसलाई पनि ती पुराना दिनको झल्झली सम्झना गराइरहेको थियो, जब ऊ यस्तो नभएर उमङ्गै उमङ्गमा हुन्थी र सबैथोक सजिलैसजिलो मात्र हुन्थ्यो । ऊ घर
बस्दा लगाउने ज्याकेट र राती सुत्दा लगाउने टोपी लगाएर मुख फुलाएर आरामकुर्सीमा बसी भने बिचरी निद्राले मातेर अस्तव्यस्त भएकी केटीले एक्लै भुतृभुताउँदै उसको गह्रै भुत्ले डसना तेस्रो पल्ट उल्टाइ-पल्टाइ र पिटपाट पारी ।

“मैले यो, जसमा कतै पोको परेको र कतै खाली छ भनेकी थिएँ, ” सानी राजकुमारीले दोहोर्याई । “हेर म निदाउन पाए कस्तो खुसी हुने थिएँ त्यसकारण मेरो केही दोष छैन ।” उसको स्वर रुन ठीक्क परेको बालकको जस्तै थर्थराइरहेको थियो ।

बुढा राजकुमार पनि निदाउन सकिरहेका थिएनन्‌ । अर्ध निद्रामै तिखोनले उनलाई घरिरहेको, आफूलाई हकारिरहेको र कोठामा घुमिरहेको थाहा पाइरहेको थियो । बुढा राजकुमार छोरीका कारण आफू अपमानित भएको अनुभव गरिरहेका थिए । उनलाई अपमानको पीडा झन्‌ गम्भीर लागिरहेको थियो किनभने उनलाई भन्दा पनि उनकी छोरीलाई अपमान गरिएको थियो, जसलाई उनी स्वयम्‌ आफूलाई भन्दा ज्यादा माया गर्थे । यद्यपि उनी आफैँसँग यस विषयमा विचार गर्ने र उचित निर्णय गर्ने भनेर बारम्बार भनिरहेका थिए तर त्यस विषयमा ठोस कार्य गर्नुभन्दा आफैँलाई बढी उत्तेजित पारिरहेका थिए ।

कुनै मान्छे देख्यो कि ऊ आफ्नो बाबु र सबथोक बिर्सिन्छे र माथिल्लो तलामा जान्छे अनि कपालसपाल कोरेर असुहाउँदो ढङ्गमा उक्त मान्छेको चाकडीमा कुकुरले पुच्छर हल्लाएझैं गर्न थाल्छे ! आफ्नै बाबुलाई एकातिर मिल्काउँदा खुसीको अनुभव गर्छे । मैले उसको क्रियाकलाप बुझेको छु भन्ने पनि उसलाई थाहा छ । मलाई थाहा छ, त्यस बेकुफका आँखा बुर्येनमाथि थिए । अब मैले त्यसलाई पनि छुट्टी दिनु पर्ने भयो । मेरी त्यति पनि नबुझ्ने स्वाभिमान नभएकी केटी रहिछ ? उसमा आफूप्रति स्वाभिमान नभए पति कमसेकम मेरा निम्ति त हुनुपर्छ ? उसलाई त्यो बेकुफ ऊसँग होइन, बुर्येनसँग लठ्ठ छ भन्ने कुरा बताइदिनै पर्छ ! हो, ऊसँग आफ्नो स्वाभिमान भएन तर म उसलाई यो कुरा बुझाउने छु ….।”

बुढा राजकुमारलाई थाहा थियो तर उनले छोरीले गल्ती गरिरहेकी छ र, अनातोलको आशय कुमारी बुर्येनसँग रमाइलो गर्न लक्षित छ भनेर भनिदिए भने राजकुमारी मेरीको स्वाभिमानमा चोट पुग्ने छ र उनको इच्छा (ऊसँग छुट्टिनु नपरोस्‌ भन्ने) पूरा हुनेछ । त्यसकारण यही सोचद्वारा आफ्नो उत्तेजनालाई मत्थर गराउँदै उनले तिखोनलाई बोलाएर आफ्नो लुगा खोल्न थाले ।

“कुन राक्षसले तिनीहरूलाई यहाँ ल्याएको होला ?” उनले सोचे, जुन बेला तिखोन उनको सेतै फुलेको छाती र सुकेको ज्यानमा रात्रि-कमिज लगाइदिँदै थियो, “मैले तिनीहरूलाई कहिल्यै पनि बोलाइनँ, मेरो जीवनमा व्यवधान पुर्याउन स्वयम्‌ आए । मलाई अब बाँच्नु नै कति छ र ?”

“राक्षसले लगिहालोस्‌ !” टाउकोबाट कमिज निस्कन नपाउँदै उनी भुत्‌भुताए ।
तिखोनलाई मालिकको कहिलेकाहीँ आवाज निकालेर नै सोच्ने बानी छ भन्ने थाहा थियो । त्यसैले टाउकोबाट कमिज निकाल्दा उनको अनुहारमा देखिएको प्रश्नवाचक र आक्रोशित नजरलाई उसले उस्तै सहजतासँग ग्रहण गर्यो ।

“तिनीहरू सुत्न गए ?” उनले सोधे ।

अरू सबै असल सेवकहरूजस्तै तिखोन पनि मालिकको निर्देशनको आशय सहजै थाहा पाउँथ्यो । त्यसैले उसले मालिकको अनुहारमा देखिएको प्रश्नवाचक र आक्रोशित नजरलाई उस्तै सहजतासँग लियो ।

“तिनीहरू सुत्न गइसके र कोठाको बत्ती पनि निभाइसके हजूर !”

“राम्रो भएन… राम्रो भएन…” राजकुमारले आफ्ना खुट्टा जुत्तामा ठोक्दै र दुवै हात ड्रेसिङ गाउनमा बाहुलामा घुसार्दै ओछ्यानतिर लागे, जहाँ उनी सुत्थे ।
हुन त अनातोल र कुमारी बुर्येनबीच कुनै संवाद भएको थिएन तर उनीहरू प्रेमालापको पूर्वार्धसम्म एकअर्काको भूमिका, जहाँ दु:खी आमाको आगमन हुन्थ्यो, मज्जाले बुझेका थिए । उनीहरूले अरूले थाहा नपाउने गरी एकले अर्कालाई धेरै कुरा गर्नु पर्नेछ भन्ने राम्ररी बुझेका थिए र बिहानैदेखि दुवै जना एकान्तमा भेट गर्ने अवसर खोजिरहेका थिए । त्यसैले राजकुमारी मेरी आफ्नो समयअनुसार, जब बाबुका कोठामा गई, ठीक त्यहीबेला उनीहरूले हरित गृहमा भेट गरे ।

राजकुमारी मेरी भयभीत हुँदै बाबुका अध्ययनकक्षको ढोकामा पुगी । उसलाई यस्तो लागिरहेको थियो कि त्यस दिन सबैलाई थाहा भइसकेको थियो, उसको भाग्यको निर्णय हुने मात्र होइन, त्यस बारेमा उसको सोचाइ के छ भन्ने पनि उनीहरूलाई थाहा भइसकेको थियो । उसले तिखोनका अनुहारमा पनि त्यही पढिसकेकी थिई र त्यहाँ, आउँदा भेटिएको राजकुमार भासिलीको सेवकका अनुहारमा पति, जब गल्लीमा भेट्दा’ उसले तलसम्म झुकेर उसको अभिवादन गर्यो, जुनबेला ऊ तातोपानी लिएर आइरहेको थियो ।

त्यस दिन बिहान बुढा राजकुमार छोरीसँगको व्यवहारमा अत्यन्त स्तेहशील र सतर्क थिए । राजकुमारी मेरीलाई आफ्ना बाबुले त्यस्तो परिश्रम गर्नु परेको अर्थ राम्ररी थाहा थियो । उसको अनुहारमा आज पनि त्यही भाव थियो, जुन उसले गणितको कुनै समस्या नबुझ्दा हुने गर्थ्यो । त्यसबेला उनी आफ्नो शुष्क हात मुठ्ठी पारेर कूर्सीबाट उठ्थे र केही टाढा जान्थे । अनि मधुरो स्वरमा एउटै शब्द पटकपटक दोहोर्याउँथे ।

छोरीलाई प्रेमपूर्वक व्यवहार गर्दै उनी तत्काल मुख्य विषयमा फर्किए । उनले छोरीलाई देख्नासाथ अस्वाभाविक मुस्कानका साथ भने, “तिम्रो विषयमा मसँग एउटा प्रस्ताव आएको छ । मलाई लाग्छ तिमीले पनि अनुमान गरेकै हुनु पर्छ । “राजकुमार भासिलीले आफ्ना चेलालाई लिएर यहाँ आएको (कति कारणले राजकुमार बोल्कोन्स्की अनातोललाई उसको चेलो भन्ने गर्थे) मेरा सुन्दर आँखाहरूका निम्ति होइन । हिजो राती तिम्रो सम्बन्धमा मसँग सो प्रस्ताव पेश भयो र जस्तो कि तिमीलाई मेरो सिद्धान्त थाहै छ,
म त्यो कुरा तिमीसँग राख्तैछु ।”

“मैले हजूरको मनसाय कसरी थाहा पाउनु बुबा ?” राजंकुमारीले लजाएर रातो-पहँलो मुख पर्दै भनी ।

“मलाई कसरी बुझ्ने ?” बुढा जङ्गिएर कराए । “राजकुमार भासिलीले तिमीलाई आफ्नी बुहारी बनाउन उपयुक्त ठहरायो र उसका चेलाका निम्ति भनेर तिम्रो हात मागेको छ । बुझ्नु पर्ने कुरा यही हो । अब यसमा के बुझ्न बाँकी छ ! यही कुरा म अब तिमीलाई सोध्दै छु ।”

“हजूर के सोच्नु हुन्छ, मलाई थाहा छैन, बुबा !” राजकुमारीले साउती गरेजस्तै विस्तारै भनी ।

“म? म? मेरो के कुरा? मलाई यस प्रश्नमा यही भन्नुछ । मैले विवाह गर्नु पर्ने होइन । तिम्रो विचार के छ ? म त्यही जान्न चाहन्छु ।”

राजकुमारीलाई थाहा भयो- उसको बाबु यसका विपक्षमा थिए । त्यसैबेला उसलाई यो बिचार पनि आयो- उसको भाग्यको निर्णय हुने भए अहिल्यै हुन्छ नभए कहिल्यै हुँदैन । आफ्नो नजर झुकाई । उसलाई लाग्यो ती एक टक हेरिरहेका आँखामा हेरेर निर्णय गर्न असमर्थ हुनेछ र स्वभावैले समर्पण गर्नेछ, यस्तो सोचेर अन्त्यमा उसले भनी, “म हजूरको इच्छाअनुसारै गर्न चाहन्छु । तर आफ्नै इच्छा व्यक्त गर्नै पर्ने हुँदा म….।” तर उसले कुरा पूरा गर्नै भ्याइन । बुढा राजकुमारले बीचैमा उछिने ।

“ज्यादै प्रशंसनीय !” उनले ठूलो स्वरमा थर्काएर भने ।” उसले तिमीलाई दाइजोसहित कुमारी बुर्येनलाई पनि लग्ने छ । अनि कुमारी बुर्येन उसकी पत्ती हुनेछ, तिमी ….।”

राजकुमार त्यतिमै अडिए । उनले आफ्ना शब्दका कारण छोरीमा परेको प्रभाव देखे । मेरीले आफ्नो शिर झुकाई र रुन ठिक्क परी ।

“ल !ल ! ल ! मैले ठट्टा पो गरेको त” उनले भने । “एउटा कुरा ख्याल गर राजकुमारी । म एउटी कुमारीले आफ्ना इच्छाअनुसार चुनाव गर्ने अधिकार पाउनु पर्छ भन्ने सिद्धान्त मान्छु । त्यसैले म तिमीलाई स्वतन्त्रता दिन्छु । यति मात्र सम्झनू कि तिम्रो जीवनको सुख तिम्रै निर्णयमा निर्भर गर्छ । मेरा बारेमा कुनै चिन्ता लिनु पर्दैन ।”

“तर म केही जान्दिनँ, बुबा !”

“यसमा केही भनिरहने आवश्यकता छैन । उसले पाउनु पर्ने आदेश पाउँछ । र त्यसैअनुसार तिमीलाई नभए अरू कसैलाई विवाह गर्छ । तर मुख्य कुरा के हो भने तिमीले आफ्नो वर रोज्ने पूरा अधिकार पाउनु पर्छ …। अब आफ्नो कोठामा जाऊ र यसमा सोच विचार गर । त्यसपछि एक घन्टापछि आउ र (हुन्छ’ वा ‘हुन्न’ उसकै सामुन्नेमा भन्देऊ । मलाई थाहा छ तिमीले यसबारेमा प्रार्थना पनि गर्ने छ्यौ । लौ त जाऊ ।” राजकुमारी कुहिरोमा परेर लडखडिंदै हिँडेझै उनको अध्ययनकक्षबाट निस्किन्जेल पनि बुढा राजकुमार हुन्छ वा हुन्न’ शब्द दोहोर्याइरहेका थिए ।

राजकुमारीको भाग्यको निर्णय भइसकेको थियो र एकदमै सुखमय रूपमा भइसकेको थियो । मात्रै कुमारी बुर्येनका बारेमा बाबुले भनेको कुरा ज्यादै भयानक थिए । वास्तवमा यो कुरा असत्य थियो तैपनि डरलाग्दा थिए र यस विषयमा विचार नगरी उसको मनले थाम्नै सक्तैनथ्यो । ऊ मनमा यस्तै कुरा खेलाउँदै सोझै हरितगृहको बाटो जाँदै थिई । उसले ने केही देखेको थिई न केही सुनेकी थिई । तर संयोग यस्तो भयो, अचानक कुमारी बुर्येनले फुस्‌फुसाएको आवाजले उसका कान ठाडा भए । उसले त्यसपछि मात्र आँखा खोलेर हेरी । दुई पाइलाअगाडि बढ्नासाथ उसले अनातोलले कुमारी बुर्येनलाई अङ्गालो मारेर कानमा साउती गरिरहेको देखी । राजकुमारीलाई देख्नासाथ अनातोलको सुन्दर अनुहार आत्तिएको भावले छोप्यो । तैपनि उसले बुर्येनको कम्मरबाट आफ्नो हात हटाएन । बुर्येनले भने उतापट्टि फर्केकी हुँदा उसलाई देखेकै थिइन ।

अनातोलका अनुहारको भावले “को हो हँ? एकछिन पर्खपर्ख !” भने जस्तै लाग्थ्यो । राजकुमारी मेरीले उनीहरूलाई चुपचाप हेरिरही । उसले केही बुझ्न सकिन । अन्त्यमा कुमारी बुर्येनले नै थाहा पाई र चिच्याउँदै भागी । अनातोलले त्यसपछि उस्तै मोहक मुस्कानका साथ झुकेर राजकुमारीलाई अभिवादन गर्यो । उसको अनुहारको भावले यस्तो बताउँथ्यो मानौँ ऊ मेरीलाई पनि त्यस नौलो घटनालाई लिएर मस्तसँग हाँस्त आमन्त्रण गरिरहेको छ । त्यसपछि कुम जुर्क्याउँदै ऊ आफ्नो कोठाको ढोकातिर लाग्यो ।

एक घन्टापछि तिखोन बुढा राजकुमारको आदेशबमोजिम राजकुमारीलाई बोलाउन आयो । उसले राजकुमार भासिली पनि सँगै भएको बतायो । तिखोन आउँदा राजकुमारी मेरी सोफामा बसेकी थिई र सँदै गरेकी कुमारी बुर्येनलाई अँगालोमा लिएर उसको कपालमा हल्कासँग सुम्सुसाइरहेकी थिई । राजकुमारीका सुन्दर आँखामा पूर्ववत्‌ निर्दन्द्व शान्ति चम्क्रहेको थियो र ऊ कोमल स्नेहसाथ कुमारी बुर्येनको सुन्दर मुहार नियालिरहेकी थिई ।

“अहँ, राजकुमारी, मैले तपाईंको स्नेह सदासदाका’ लागि गुमाएँ ।” कुमारी बुर्येनले भनी ।

“किन ? म तिमीलाई सधैँको भन्दा पनि ज्यादा माया गर्छु,” राजकुमारीले भनी ,”र तिम्रो खुसीका निम्ति मैले सकेको जति जे पनि गर्न तयार छु ।”

“तर तपाईं मलाई घृणा गर्नु हुन्छ । तपाईं जस्ती पवित्र नारी, कामवासनाद्वारा कसरी वशीभूत हुन सक्छ भन्ने कहिल्यै बुझ्न सक्नु हुन्न । ओह ! मात्रै मेरी विचरी आमा……..।”

“म राम्ररी बुझ्न सक्छु,” राजकुमारीले उदास मुस्कानसहित भनी । “आफूलाई शान्त पार, है त ? म अहिले बुबाकहाँ जान्छु,” यति भनेर ऊ हिँडी ।

राजकुमार भासिली एउटा खुट्टामाथि अर्को खुट्टा चढाएर बसेको थियो । उसको

हातमा एउटा नसदानी थियो र गहिरो उत्तेजनाका कारण उसको अनुहार मुस्कुराइरहेको थियो मानौँ ऊ हृदयदेखि नै प्रसन्न थियो । ऊ आफ्नै बुद्धिमाथि पश्चात्ताप्‌ गर्दै थियो र हाँस्दै पनि थियो जतिबेला राजकुमारी कोठाभित्र पसेकी थिई । राजकुमारीलाई देख्नासाथ उसले एक चिम्टी नस लिइहाल्यो ।

“अहो प्रिय, मेरी प्रिय,” बसेका ठाउँबाट जुरुक्क उठ्तै र राजकुमारीलाई दुवै हातले समाउँदै भासिलीले भन्यो । त्यसपछि दीर्घश्वास लिएर उसले थप्यो, “मेरो छोराको भाग्य तिम्रै हातमा छ । भन ए असल र भद्र राजकुमारी मेरी ! तिमीलाई मैले छोरीजस्तै मानेको छु । तिम्रो निर्णय सुनाऊ !”

ऊ पछाडि सर्यो र भावुकताका कारण उसका आँखामा आँसु टल्पलायो ।

“उफ्….फ !” राजकुमार बोल्कोन्स्कीले हुङ्कार गरे । “राजकुमार भासिली तिमीसँग आफ्नो छोराको प्रस्ताव गर्दैछ: । भन तिमी राजकुमार अनातोल कुरागिनकी पत्नी हुन इच्छुक छौ कि छैनौ ? जवाफ देउ- हुन्छ वा हुन्न ?” उनी गर्जिए,” त्यसपछि मेरो विचार मसँगै सुरक्षित रहने छ । अँ मेरो विचार, मात्रै मेरो विचार,” राजकुमार बोल्किन्स्कीले थपे । उनी भासिलीतिर फर्किए । “हुन्छ वा हुन्न भन्ने उनका याचक आँखालाई उत्तर दिएजस्तै गरी उनले छोरीका आँखामा हेरे ।

“बुबा, मेरो इच्छा त तपाईंलाई कहिल्यै नछोड्ने छ, मेरो जीवन तपाईंबाट कहिल्यै अलग नगर्ने इच्छा छ,” उसले स्पष्टै शब्दमा राजकुमार भासिलीतिर हेर्दै र आफ्ना नजर आफ्नै बाबुतिर लक्षित गर्दै दृढताका साथ भनी, “मेरो विवाह गर्ने इच्छा नै छैन ।”

“ठग कहीँकी ! ठग कहीँकी ! ठगहरू !” निधार खुम्च्याएर छोरीका हात पकडदै राजकुमार बोल्कोन्स्की गर्जे । उनले छोरीलाई चुम्बन गरेनन्‌ तर टाउको निहुराएर उसको निधार छोए । त्यसपछि उसको हात यसरी दबाए कि पीडाले गर्दा छोरीको मुखबाट सानो चीत्कार निस्कियो ।

राजकुमार भासिली उठ्यो ।

“प्रिय राजकुमारी, यो क्षण यस्तो विशेष प्रकारको भएको छ, म तिमीलाई स्पष्ट भन्छु, म कहिल्यै बिर्सिने छैन । तर प्रिय राजकुमारी, के तिमीले हामीलाई तिम्रो दयालु र उदार हृदय स्पर्श गर्न दिएर अलिकति आशाको किरण पनि दिन तयार छैनौ ? कृपया ‘सायद’सम्म त भन । जीवन धेरै लामो छ । त्यसैले ‘सायद’ सम्म त भन !”

“राजकुमार, मैले जे भनेँ त्यही हो मेरो हृदयमा भएको सम्पूर्ण कुरा । म तपाईंले यो सम्मान दिनु भएकोमा धन्यवाद ज्ञापन गर्छु, तर वास्तविकता यहीं हो- म तपाईंको
छोराकी पत्नी कहिल्यै हुने छैन ।

“लौ त मित्र, कुरै सकियो ! तपाईंसँग भेट गर्न पाएकोमा म अत्यन्त प्रसन्न छु । प्रसन्न !” राजकुमारी, तिमी अब आफ्नै कोठामा जार,” बुढा राजकुमारले भने । राजकुमार भासिलीलाई अङ्कमाल गर्दै भने, “तपाईंलाई भेट्न पाएकोमा ज्यादै, नै खुसी लागेको छ,” उनले दोहोर्याएर भने ।

“मेरो काम अर्कै हुने भयो,” राजकुमारी मेरीले सोचिरहेकी थिई । “मेरो काम प्रकारको आनन्दमा आनन्दित : रहने खालको हुनेछ- आत्म-बलिदान र प्रेमको अब जस्तोसुकै मूल्य चुकाउनु परोस्‌ म विचरी अमेलियाको खुसीको व्यवस्था । उसलाई कति आसक्तिपूर्ण प्रेम गर्छे अनि त्यही अनुपातमा पश्चाताप्‌ पनि गरिरहेकी छे । म उनीहरूको जोडी मिलाउन आवश्यक सबै प्रबन्ध गर्ने छु । ऊ धनी छैन त के भो, म त्यसको व्यवस्था मिलाउने छु । त्यसका लागि म बुबालाई पनि भन्ने छु र आन्द्रेइलाई पनि भन्ने छु । मलाई ऊ उसकी पत्नी हुँदा ठूलो खुसी लाग्ने छ, विचरी कस्ती भाग्यहीन,-एक्ली र आफ्नो भन्नु कोही नभएकी परदेशीजस्तै छ, एकदमै असहाय । तर ईश्वर ! उसले यी सबै पीडाबाट छुट्टी पाई भने उसलाई कति प्रेम गर्ने थिई !, आफूलाई नै बिर्सने गरी प्रेम गर्ने थिई ! सायद मैलेपनि त्यसरी नै प्रेम गर्ने थिएँ होला यदि त्यसो गर्न पाएको भए….,” राजकुमारी मेरीले सोची ।