स्टेफन बुस

इयान फ्लेमिङ, रोआल्ड डाल र जर्ज लुकासलाई एउटा सानो त्यान्द्रोले जोडेको छ । यी तीनै जनाले २० औँ शताब्दीको महान् सांस्कृतिक आइकन जन्माएका छन् । फ्लेमिङले जेम्स बोन्ड जन्माए, डालले विली वन्का र जर्ज लुकासले हामीलाई स्टार वार्सजस्तो संसार उभ्याइदिए ।

यी तीनै जनाले केही शाब्दिक तनाव पनि दिएर गए । डालले चार्ली एन्ड चकलेट फ्याक्ट्रीमा डि-निग्रो जन्माए । फ्लेमिङले अमेरिकी पाठकका लागि बेग्लै तरिकाले उपन्यास सम्पादन गरे । १९९७ देखि २०१९ को अवधिमा जर्ज लुकासले स्टार वार्स फिल्म शृंखलाका लागि केही ठूला र केही साना निर्णयहरू गरे ।

फ्लेमिङ र डालका लेखनीमाथि गरिएका प्रयोगले यतिबेला संसारभर हलचल मच्चाएको छ । उता स्टार वार्सका सर्जक जर्ज लुकासले गरेको साहित्यिक छेडखानीलाई भने कसैले पनि चासो दिएको छैन । किनभने उनी ज्यूँदै छन् । आफ्नो सिर्जनालाई के गर्ने भन्ने छलफलका लागि अहिले हाजिर भइहाल्छन् । त्यसैले उनको सिर्जनाका बारेमा हाइतौबा मच्चिइसकेको छैन।

रोआल्ड डालका पुस्तकहरूलाई पेइन्गुइन रेन्डम हाउसले सुधारिएको र क्लासिक दुवै संस्करण बजारमा ल्याउने वक्तव्य जारी गरिसकेको छ ।

उता जर्ज लुकासका तीन वटा मुख्य संस्करणहरू जस्ताको त्यस्तै बजारमा पाइन्छन् । त्यसपछि बनेका सिनेम्याटिक संस्करणहरूमा यति धेरै नयाँ कथा घुसेका छन् कि तिनका बारेमा लेखक जर्ज लुकासलाई कुनै बाल छैन । तपाईं लुकासका तीन वटा मुख्य संस्करण हेर्नोस् या पढ्नोस् कि नयाँ संस्करणमा बनेका नयाँ सिर्जनाहरू, ती दुवैको स्वतन्त्र अस्तित्व तपाईंले पाउनु हुनेछ ।

तर अबका केही वर्षमा लेखकको निधनको केही वर्षमा सम्पादित संस्करणले बजार भरिनेछ । र, अझ केही दशकपछि नयाँ नयाँ संस्करण बजारमा आउनेछ ।

ठीक यसैगरी जर्ज लुकासको निधनपछि उनका सिर्जनाहरूलाई पनि यसरी नै सम्पादन गरिनेछ । डिज्नेले लुकासलाई जे जे कुरा भनेर उनका सिर्जना किनेको छ, त्यसलाई लात हान्ने छ र आफू खुसी नयाँ नयाँ संस्करण बनाउनेछ ।

कुनै असल सर्जकको निधनपछि उसको सिर्जनाको के हालत हुन्छ भन्न सकिन्न । तर समग्रमा नराम्रो भने हुँदैन । फ्रान्ज काफ्काले मर्नु ठीकअघि आफ्ना एजेन्ट म्याक्स ब्रोडलाई भनेका थिए, मेरा सारा सिर्जना जलाइदिनू । म्याक्सले टेरेनन् । काफ्काको निधनका यत्तिका वर्षपछि पनि उनको उम्दा सिर्जनशीलताको आश्वाद लिन पाइरहेका छौँ ।

जर्ज लुकासका सिर्जनाहरूको तोडमरोड भएको भए उनले आफ्ना कुरालाई छेडछाड गर्ने अनुमति दिँदैनथे होला । डालको सिर्जनामा पनि पछिल्लो समय आएका केही परिवर्तनका कारण डालका सन्ततिहरूले आपत्ति जनाएका थिए । खासगरी माटिल्डा लघुउपन्यासमा जुन जुझारूपन थियो र उपन्यास जोसेफ कनराडका पात्रजस्ता देखिन्थे, अहिले ती बढीजसो जेन अस्टिनका पात्रजस्ता देखिन थाले । जुन उपन्यासको खास र मूल मर्मभन्दा ज्यादै फरक हुन पुग्यो ।

तर यी दुवै संस्करणहरू बजारमा आउने छन्, पाठकहरूले तिनलाई स्वाद लिएर पढ्ने छन् । र, पठनका आधारमा मूल्याङ्कन गर्ने छन् । त्यसपछि नै पाठकले के सही भयो र के गलत भयो भन्ने निर्क्यौल हुनेछ ।

जस्तो कि, काफ्काको मामिलामा उनका कृतिहरू नजलाएर ठीक भयो भन्ने कुरा पाठकहरूले पत्तो पाए । ठीक यसैगरी जब अबका दशकौँपछि डाल वा अन्य सर्जकका उपन्यासमा गरिएका परिवर्तनसहितका संस्करण बजारमा आउनेछन्, पाठकहरूले भिन्नता पक्कै महसुस गर्नेछन् ।

तर अहिले बजारमा भइरहेका जे जस्ता तर्क र बाधाहरू छन्, तिनले प्रेरक सिर्जनाबाट भविष्यमा हुनसक्ने थप नयाँ नयाँ शैली, शिल्प, सिर्जनाशीलतालाई भने रोक्न हुँदैन । जेन अस्टिनका साहित्यले अहिले एउटा बेग्लै विधा सिर्जना गरिरहेका छन् । यो जेन अस्टिनको सिर्जनाकै कमाल हो कि उनकै उपन्यासलाई टेकेर नयाँ नयाँ पुस्तक तयार भइरहेका छन् । यी नयाँ उपन्यास शृंखलाले कसैगरी पनि जेन अस्टिनका मूल उपन्यासहरूलाई अन्याय गरेका छैनन् । ठीक त्यसैगरी जेम्स बोन्डका उपन्यासमा आएका नयाँ परिवर्तनले इयान फ्लेमिङ र उनको अमर पात्र जेम्स बोन्डलाई कसैगरी हानि गरेको छैन ।

सम्भवतः जर्ज लुकासले यो कुरा बुझेका छन् । त्यसैले उनको मूल रचनामा आधारित भएर नयाँ नयाँ सिनेमा शृंखला बजारमा आइरहेका छन् र हरेक पटक बजारमा आउँदा नयाँ कमाईको कीर्तिमान बनाइरहेका छन् ।

के यो नराम्रो कुरा भयो र ?