नार्किज बुनिन १८५६ मा जन्मिएका रूसी चित्रकार हुन् । उनी प्रायः युद्धसम्बन्धी चित्रकला बनाउन रूचाउँथे । उनले युद्धसम्बन्धी चित्र बनाएर नै ख्याति कमाए ।

बाल्यकालदेखि नै सैन्य गतिविधि हेर्न उनी रूचाउँथे । कारणवश, उनी सेनामा सहभागी हुन पाएनन् । त्यसको साटो उनले चित्रकला पढ्न थाले र चित्रकलामा उनकै प्रिय सैन्य गतिविधिहरू कोर्न थाले । युद्धमा सहभागी हुन नपाए पनि त्यसको प्रभाव उनका चित्रकारितामा पोखिए । त्यसैले पनि उनी रूसका प्रख्यात युद्ध चित्रकारका रूपमा परिचित छन् । उनका काम रूचाएर नै विभिन्न संस्थाहरूले उनका चित्र किन्ने गरेका थिए । उनको निधन १९१२ फेब्रुअरी २९ मा हुन पुग्यो ।

उनको स्मृति दिवस आउन अझै केही दिन बाँकी नै छ तर हामी भने आजै उनका युद्धसम्बन्धी चित्रकला अवलोकन गरौँ न त !