बेलायतबासी जेम्स कुक अचम्मका छन् । टाइपराइटरको जमाना गइसक्यो तर उनी त्यसैमा रमाउँछन् । रमाउँछन् मात्र होइन, त्यही टाइपराइटरबाट सुन्दर चित्राकृतिहरू बनाउँछन् । ती निकै लोकप्रिय पनि छन् । उनको कलाबाट प्रभावित भएर उनले कयौँ मिडियामा स्थानसमेत पाएका छन् ।

उनको काम मिडियाले मात्र रूचाएको भने होइन । उनका काम त सर्वसाधारणदेखि करोडपतिसम्मले रूचाएका हुनाले विभिन्न किसिमका चित्राकृति बनाउन उनलाई काम दिने रिन्छ । उनलाई खासगरी विभिन्न ठूला भवनका चित्र बनाउन खुब मन पर्छ ।

उनी टाइपराइटरको फ्यान भएकाले पुराना, परित्यक्त र फ्याँकिएका टाइपराइटर भेला पारी घरैमा तिनलाई राख्ने गरेका छन् । अहिलेसम्म उनले ६० भन्दा बढी टाइपराइटर भेला पारिसके । उनी भन्छन्, ‘मलाई १९६८ मा बनेको ओलम्पिया एसजी थ्री औधि मन पर्छ ।’

आउनुस्, आज हामी उनका टाइपराइटरबाट बनाइएका तिनै चित्राकृतिहरू अवलोकन गरौँः