
सानो खुर्सानीको बोटलाई त
मर्न नदिई स्याहार गर्ने किसानले
कसरी सकेको होला ?
आफ्नै आत्मा जलाउन
आफ्नै जिन्दगी सकाउन
सडकमा सागसब्जी पोख्दै गर्दा
गुल्टिदै गर्दा टमाटर
थेचारिँदै गर्दा फर्सी, बन्दा
सँगै थेचारिने रैछ
छोराछोरीको पढाई
घरखर्च अनि साहुको
ऋण तिर्ने सपना
किन हरेक पटक क्रान्ति
मागिरहन्छ सडकले ?
यदि सडकमा पोखिएका, फालिएका
सागसब्जी बोल्न सक्ने भए
सायद बोल्ने थिए किसानको बारेमा
ऊ किसान हो उसले कुनै
राजनीति गर्न जानेन
किसानले फलाएका सागसब्जीमा
आखिर कहिलेसम्म राजनीति
चलिरहन्छ ?
आखिर कहिलेसम्म
सरकार महङ्गो गाडी चढेर
कुल्चिदै हिँड्छ
सस्ता सागसब्जी ?
यी राजनीति गर्नेहरूलाई
कहिले लाग्ला ?
किसानको समस्या असली समस्या ।
अर्को दिन एकाबिहानै
आइपुग्छ नेताको घरमा अखबार
नेताज्यु हाँस्दै पढ्नुहुन्छ
तरकारी पोखियो
सडकमा तरकारी पोखियो ।
शिवराज २,कपिलवस्तु
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

तुरुन्त Scan गर्नुहोला

र यो पनि पढ्नुहोस्...
