पेन्टिङ र धेरै जस्ता विषयहरूका लागि लकडाउन विरक्ति हो । बाहिर कतै निस्किन नपाउँदा, भित्र रहँदा खेल्ने आँधिबेहेरीको विरेचन हो । सेल्फ एक्स्प्रेसन हो । जसमध्ये धेरै विषयहरू मजदुर र दलितका छन् । अरु विषय पनि कोभिड-१९ र लकडाउन आसपासका छन् । कार्टुनका अलावा मैले तीन प्रकारका डिजिटल कला सिर्जना गरेँ पेन्टिङ, इलुस्ट्रेसन र लाइन आर्ट ।
पेन्टिङमा मैले मेनुअल पेन्टिङमा झैँ ब्रस स्ट्रक र क्यानभाष, टेक्स्चर इफेक्ट दिएको छु । जसले गर्दा त्यो डिजिटल अन स्क्रिन आर्ट होइन क्यानभासमै ब्रस चलाइबनाएको जस्तो देखाउने प्रयास गरेको छु । दोस्रो इलस्ट्रेसन, जसमध्ये केही नयाँ पत्रिकाको लागि बनाएको र केही सेल्स एक्स्प्रेसन त केही खाली समयको उपयोग थियो । तेस्रो लाइन आर्ट थियो । जसमध्ये केही एउटै लाइनले क्वारक्वार कोरेर आकृति नबनाउने प्रयास गरेका क्विक स्केचहरु छन् । केही अलि मिहिनेत गरिएका छन् ।
चित्रहरू आइप्याडमा बनाइएका हुन् । अडोब फ्रेस्को, प्रोकृयट, स्केचबुक, पेन्टर आदि मैले इन्जोइ गर्ने सफ्टवेर हुन् ।
(रवि मिश्र नेपालका चिनिएका कार्टुनिस्ट हुन् ।)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।