शृंखला सम्पादकः स्पन्दन विनोद
विचार !
▪️ कलानिधि दाहाल
चाहे आस्तिक बन
चाहे नास्तिक
चाहे धार्मिक बन
चाहे अधार्मिक
चाहे नेता बन
चाहे कार्यकर्ता
चाहे दार्शनिक बन
चाहे कवि
चाहे कम्युनिष्ठ बन
चाहे काङ्ग्रेस
जे बन्ने हो
उही बन
र उस्तै
विचार हो
आस्था हो
अडान हो
प्रकृति
आफैँमा सब थोक छ
नास्तिक बनेर
बाघले
घाँस खाएको छ र?
आस्तिक बनेर
मृगले
मासु कहाँ खान्छ र ?
तर मान्छे!
तिमी आस्तिकको
ढोल पिट्छौ
-भट्टीमा जाँड
-छ्वैलाकचिला
-सत्तामा नरसंहार!
के तिमी!
तिमी हौ र ?
नास्तिक बनेर
ढोल पिट्छौ
-काँधमा जनै
-भान्सामा मूर्ति
-शिरमा टुप्पी
-घण्टौँ समय बर्बाद!
के तिमी!
तिमी हौ र ?
दार्शनिक बनेको
ढोल पिट्छौ
-पातसँग
-फूलसँग
-तरङ्गसँग
-इन्द्रेणीसँग
-जूनसँग लुकामारी!
के तिमी!
तिमी हौ र ?
कम्युनिष्ट बनेको
अहङ्कार उछल्छौ
-राम्रा नाना
-मिठा खाना
-आलिसान महल
-भ्रष्ट
-अनाचार
-बैषम्य
-विभेद
खै समता ?
के तिमी!
तिमी हौ र ?
काङ्ग्रेस बनेको
इतिहास पल्टन्छौ
-गठबन्धन
-निरङ्कुशतासँग
-निर्विल्पसँग
-हिँसासँग
-उच्छाल बाढीसँग
-अतृप्त चाहनासँग
-अँधेरो रातसँग
-अङ्कुशसँग
-विनाविचारसँग
के तिमी!
तिमी छौ र ?
कवि हुँको
हुङ्कार फुक्छौ
-शृङ्गार भर्छौ
-अत्तर ओढ्छौ
-समयाभाव सुत्छौ
-परिवार मन्त्र फुक्छौ
-चिल्लो कार सपना देख्छौ
-ढुङ्गो मुटु राख्छौ
-हिउँसँग तर्सन्छौ
-जूनसँग भाग्छौ
-कालो बादल ओच्छिन्छौ
-समय बाँध्छौ
-सीमासँग लुक्छौ
-देशभित्र झुक्छौ
-मानवता कुल्चन्छौ
-उद्दाम वाटिका पछाडि राख्छौ
के तिमी!
तिमीमा छौ र ?
ढुङ्गो बन बरु
जहाँ अडान हुन्न
आस्था हुन्न
अनुभूति हुन्न
यात्रा हुन्नन् आफ्ना कुनै
स्वार्थले
जो जता लैजान्छ त्यतै
जो जता तान्छ त्यतै
जो जसरी छान्छ त्यसै गरी
छेपारो रङ्
मात्र आहारमा केन्द्रित
व्यवहारमा केन्द्रित
आफूमा केन्द्रित
आफ्नैमा केन्द्रित!!
~~~~~~~~~~ <•> ~~~~~~~~~~
विचार !
▪️ देवी पन्थी
विवेकशील
मान्छेमा
विचार
प्रधान हुन्छ
पशु
र मान्छे
भिन्न भिन्न
भएको पनि
विचारले हो
मानिसलाई
विवेकशील
प्राणी बनाउने
अर्थात्
के सही
के गलत बताउने
विचार हो
विचारले
मानवलाई
महान बनाउँछ
मान्छेको
उचाई
गहिराई
चौडाइ
र लम्बाई
नाप्ने
एकमात्र
विधि
विचार हो
विचार शून्य
पशु हुन्छ
विचार शून्य
मान्छे हुनै सक्दैन
विचारले
मान्छेलाई
महान बनाउंँछ
विचारले
मान्छेलाई उठाउँछ
विचारले
मान्छेलाई पछार्छ
विचार
परिवर्तनशील छ
विचार
परिवर्तनका लागि
परिवर्तनशील हुन्छ
अपरिवर्तित
विचार
जड्सूत्रवादी
अटेरी हुन्छ।।
~~~~~~~~~~ <•> ~~~~~~~~~~
विचार
▪️ध्रुव गजुरेल
विचार सबैको छ
बालक
युवा
बुढा
र अन्य
सबका निजी
आ-आफ्ना
विचार छन्
बाँच्ने
हाँस्ने
रमाउने
वा कमाउने
काङ्ग्रेस
कम्युनिस्ट
वा स्वतन्त्र बन्ने
या बनाउने
नेता बनेर
कमाउने
वा बनाउने
कुन विचार
उत्तम ?
देश बेच्ने
वा बनाउने
या कमाउने
सधैँ
मोजमस्ती गर्ने
वा गराउने
यो देशले
खोजेको छ
एउटा
उत्तम विचार
कोसँग
त्यो खालको
विचार छ
आज
खोजी भइरहेको छ
छिटै भनिदिनुहोस्
त्यो उत्तम विचार!!
~~~~~~~~~~ <•> ~~~~~~~~~~
विचार
▪️ताराप्रसाद चापागाईँ
विज्ञानका
अनेकाैँ
चमत्कारहरू
हेर्दै अचम्मकाे छ
नक्कली
र सक्कली छुट्याउन
चक्षु होइन
तगडा
विवेकशक्तिकाे
खाँचाे पर्छ
खानेकुरा
नक्कली
लाउने कुरा
नक्कली
प्रयाेग गर्ने सामान
नक्कली
नेता
नक्कली
जनता
नक्कली
भाषण
नक्कली
बाेली
नक्कली
आश्वासन
नक्कली
दलहरू
नक्कली
सिद्धान्त
र वादहरू
नक्कली
मायाप्रेम
नक्कली
नातागाेता
र आफन्त
नक्कली
जातपात
रङ्ग
र वर्ण
नक्कली!
ब्रम्हाण्ड बाेकेर हिँडेकाे
मानसपटलमा
तुफानझैँ
विभिन्न
विचारहरूका
भ्रुणमध्ये
हजाराैँ नजन्मिदै मर्छन्
केही जन्मिएर
गगन चुम्न दाैडिन्छन्
अनि ठुला
आविष्कारहरू हुन्छन्
सक्कली आविष्कारहरूकाे सट्टा
तुरुन्तै नक्कली
तयार हुन्छ
फेरि जनलाई झुक्याउने
खेल खेलिन्छ
सुविचारहरूका विरुद्ध
कुविचारहरू
हाबी हुन्छन्
कुविचार
कुप्रथा
र कुसंस्कारकाे जित हुन्छ
सारा संसार
कुबाटाेमा दाैडिई रहन्छ ।।
धुनिबेसी ।
~~~~~~~~~~ <•> ~~~~~~~~~~
विचार
भगवती दवाडी
नाङ्गा
खाली जमिनमा
बोटविरुवा लगाउने
कसैको हुन्छ
विचार !
देश
विदेश
घुमेर नयाँ
नयाँ कार्य
सिकेर देशमै
नौला कृषि
कार्य गरेर संवृद्धि गर्ने
कसैको हुन्छ
विचार!
देशको
विकास
र सुशासन
भ्रष्टाचारको
निर्मूल गरेर
जनताको मुहारमा
उज्यालो शान्ति
सुरक्षामा
सबलता भर्ने हुन्छ
विचार!
सबै
जीवजनावरको
बाँच्न पाउने छ
अधिकार
चेतनशील प्राणी
संसारमै मानव
एक मानिन्छ
मान्छेले
चाह्यो भने
सुविचारको सट्टामा
अनेकौं
कुविचार गरेर
एकले अर्कालाई
देशदेशमा
बमविष्फोट गराएर
अशान्ति मच्चाउने हुन्छ
मानिसको विचार!!
झापा
~~~~~~~~~~ <•> ~~~~~~~~~~
विचार
▪️सन्जना शर्मा
विचार भनेको
मानिसको
मनमा उत्पन्न हुने
एक किसिमको
शक्ति हो
कसैले राम्रो
काम गर्छ
कसैले खराब
काम गर्छ
ती सबै विचारैको
बलले गर्छन्
सास भएका जति पनि
प्राणी हुन्छन्
ती सबैमा
एक किसिमको
चेतना
उत्पत्ति भएको हुन्छ
त्यसैले
चेतनाको सबैले
आफ्नो विचार
निर्देश गर्छन्
अनि विचारअनुसार
काम पनि गर्छन्
विचारविना
कुनै पनि
कामको
सुरुवात गर्न सकिदैन
मानिसमा पनि
विचारको
महत्त्वपूर्ण
भूमिका रहन्छ।।
दाङ लमही
~~~~~~~~~~ <•> ~~~~~~~~~~
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।