चाटिरहेको थियो । गीताका कुखुरीहरू पनि खुसीले कराइररहेका थिए- क्वाक क्वाक क्वाक…कू…क्वाँक क्वाँक । अरू त अरू हिमानीको चकचके घडी पनि अहिले त खुब ज्ञानी भएर चुपचाप बसिरहेको थियो ।

जहाज अब एउटा आवाद भएको धरतीमाथि उड्न थाल्यो । त्यस धरतीमा आकाश छुने महलहरू, अग्लाअग्ला धरहराहरू उभिएका देखिन्थे । माथिबाट हेर्दा ती महलहरूका छाना, मन्दिरहरूका गजुर, धरहराका चुचुराहरू घामको किरणमा सुनचाँदीका झलकमा टल्किरहेका देखिन्थे ।

अमर ! यो त देउताहरूको देशजस्तो छ नि ।’ हिमानीले भनी । होइन”, भकुन्डे भाइले भन्यो “मलाई थाहा छ, त्यो दानवहरूको देश हो । त्यहाँ जहाज नओराल है अमर ! तिनीहरूले हामीलाई कमारा बनाउँछन्‌ ।’

‘ओराल्दिन, ओराल्दिन’ अमरले भन्यो । अनि ‘सीधा” हातोलाई बढी घुमायो । जहाजले अब रकेटजस्तै बेगले त्यस धरतीलाई पार गर्यो । हिमानीको सुनौलो रेसमी कपाल घामको प्रकाशमा सुनका तारहरूकैँ झलमलाए । त्यसै गतिमा उनीहरूले ललिपपको धरती पनि पार गरे । तर त्यसै बेला जहाजले अनौठो आवाज निकाल्न थाल्यो- घ्यार घ्यार ! घ्यार घ्यार !

‘ए, ए, के भयो ?’ अमर आत्तिएर यताउति कलपुर्जामा हेर्न थाल्यो । भकुन्डे भाइले हाँसो उठ्तो अनुहार लाएर भन्यो ‘जहाज थाकेजस्तो छ । हेर न स्वाँ स्वाँ गर्छु, दम बडेजस्तो ।’

‘सिल्ली कुरा नगर न भकुन्डे भाइ ।’ गीताले हाँस्तै भनी ‘जहाजलाई पनि कतै दम बढ्छ ? तर अमर दाइ, जे भए पनि यसलाई एकछिन तल ओरालेर थकाइ मार्न दिनु बेस हुन्छ ।’

“हो, हो, त्यसै गर ! जहाजको इन्जिन तात्यो भने त्यस्तै हुन्छ’ हिमानीले भनी ‘तल हेर त ! त्यो जमिन त राम्रै होला जस्तो छ । एउटा बगैंचाजस्तो पनि देखिन्छ । अनि बगैँचाको माझमा एउटा ठूलो घर पनि देखिन्छ । अनि दाहिनेतिर हेर त, एउटा ठूलो मैदान पनि छ । त्यहाँ जहाज बिसाउन सकिन्छ ।’

“ठीक छ ! दस मिनेटजति धरतीमा ओर्लेर थकाइ मारौं’ अमरले भन्यो । उसको हात ‘तल’ को हातोमा गयो । जहाज सुस्तरी तल ओर्लन थाल्यो अनि त्यो मैदानमा बस्यो ।

लौ, ओर्लन त ओर्लौँ तर यो देश कसको हो, कस्तो ठाउँ हो, केही थाहा छैन’ अमरले जहाजबाट ओर्लदै भन्यो । सबै ओर्लेर हात गोडा सोझाउन यताउति हिंड्न थाले । गीताले अनौठो मानेर त्यो हरियो भवनलाई हेरेर सोध्यो ‘ त्यो कसको घर होला ?

ए लौ मैले चिनेँ’ भकुन्डे भाइले नियालेर हेरेपछि आँखीभुइँ खुम्च्याउँदै भन्यो ‘यो त श्रीमती चड्कन परीको स्कुल हो । भूतहरूका, बाउन्ने अनि हिउँ-मानवहरूका बदमास छोराछोरीहरू यहाँ पढ्न पठाइन्छन्‌ |… भागौं, कतै चड्कन बूढीले देखी भने बित्यास पर्छ ।’

भकुन्डे, भाइका कुरा सुनेर सबै डराए । उनीहरू जहाजतिर भाग्न तयार भए । तर एक्कासि तल गोरेटोतिरबाट एउटी विचित्रकी बूढी आउन लागेकी देखिई । डाँडाको धारजस्तो नाकको डाँडीमा गो-गो चस्मा, सिरूका पातजस्ता कपाल, बाहिर निस्केका दाँत, हाडमा टाँस्सिएका छाला, बूढीलाई देख्नासाथ भकुन्डे भाइ दगुर्न थाल्यो । ‘भाग ! भाग ! चड्कन बूढी ! चड्कन बूढी !’

तर उनीहरू भाग्न नपाउँदै चड्कन बूढी आइपुगिहाली । विचित्रको खोक्रो हाँसो हाँस्तै उसले बाटो छेकी ‘ओहो !… तिमी बदमास केटाकेटी हौ !… तिमीहरू मेरो स्कुलमा पढ्न आयौ ? लौ आऔ, आऔ म तिमीहरूलाई चाँडै ठीक गर्नेछु ।’

“हामी तपाईं कहाँ पढ्न आएका होइनौँ ।… हामी त…’ अमरले आँटिलो भएर भन्न खोज्यो । तर बूढीले उसलाई बोल्नै नदिई भनी ‘हो, हो, तिमीहरू के गर्न आएका, मलाई थाहा छ । लौ हिंड्‌ भित्र । ज्यादा फाइँफुइँ नगर ।’

चड्कन बूढीले अमरको पिठयूँमा एक चड्कन दिई । अमर बुद्रुक्क उफ्र्यो । अब त्यहाँबाट भाग्ने कुनै बाटो थिएन । केटाकेटीहरू र जनावरहरू लुरुक्क बूढीका पछि लागे । उनीहरूलाई भोक पनि लागेको थियो । त्यसैले अमरले भन्यो ‘हामीलाई भोक लागेको छ, केही भए खान दिनोस्‌ ।’

तिमीहरूलाई खानेकुरा ?… पख, म अहिल्यै दिन्छु।’ बुढियाले खाली के ढ्‌वाङ बजेजस्तो हाँसो हाँस्तै भनी । गीता रुन मात्र सकिरहेकी थिइन । लाचार भएर सबै बूढीका पछि लागे ।

बूढीले डटा ठूलो कोठामा लगी । त्यहाँ बाउन्ने, परी, भूत, ख्याकका छोराछोरीहरू काठका बेन्चमा खाँदाखाँद गरेर बसेका थिए । बूढी भित्र पस्नासाथ सबै जर्याकजुरुक्क उठे ।

बूढीले अमरहरूलाई एउटा बेन्च देखाएर त्यसमा बस्न भनी । सबै आफ्नाआफ्ना ठाउँमा बसे । अगाडि टेबिलमा केही बिस्कुट पाउरोटी र कप राखिएका थिए । त्यो देखेर आशिष र भकुन्डेका मुखमा पानी भरियो- “अहा ! क्या रसिलो बम !’

‘ए चम्के । यता आइज ।’ बूढीले एउटा बित्ते केटोलाई बोलाई ।

त्यो केटो उठेर आयो । त्यसका गालामा एक चड्कन दिँदै बूढीले भनी ‘बदमास ! लौ यी रोटीहरू बाँड्‌ ।’

‘बित्ते छौंडाले रुँदै-हँदै रोटी बाँड्यो । तर त्यो रोटी अमरहरूका हातमा पर्नेबित्तिकै त्यो त ढुसी परेको बासी पो भयो । उनीहरूका अगाडिको गिलासको दूध पनि कालो फोहर पानी बन्यो । बिचरा अमरहरू त्यसलाई हेर्या-हेर्यै भए ।

त्यसैबेला बूढी अर्को कोठामा गई । भूत, बाउन्नेका छौँडाहरूले उनीहरूका चारैतिर झ्याम्मिएर चिमोट्न र धक्काउन थाले । गीता र हिमानी रुन थाले । अनि त्यसैबेला चड्कन बूढी फर्केर आई र सबलाई हप्काई “क्या हो ? केको हल्ला हो !’

बूढीको हम्काइले छौँडाहरूको सातो गयो । उनीहरू डरले सामसुम भए । बुढियाले उनीहरूलाई एकै लाइनमा उभ्याएर चड्कन दिन थाली । त्यसपछि सबैलाई हकार्दै भनी ‘लौ सबै कक्षामा जाऔ ।’

सबै लुत्रे कान लाएर अर्को कोठामा गए । बूढीले गएर कालोपाटीमा केही प्रश्नहरू लेखिदिई । प्रश्नहरू उट्पट्याङ खालका थिएः

प्रश्न १- यदि तीनओटा झुसिल्कीराको बच्चाले चारओटा हात्तीका बच्चा जन्माए भने घोडाका बच्चा कस्ता रङका होलान्‌ ?

प्रश्न २- एक गिलास दूधमा एक पसर केराउ मिसाए कति बाँकी रहन्छ ?

प्रश्न ३- एउटा रेलले एक घन्टामा ६ ओटा सुरुङ पार गर्न सक्छ भने ड्राइभरकी आमा एक दिनमा कति दगुर्न सक्ली ?

यस्तै यस्ता उट्पट्याङ प्रश्न देखैर अमरहरू अलमल्ल परे । अमरले त झोकले कागत कलम पनि फ्याँकिदियो- ‘कस्ता प्रश्न ? यस्ता पनि प्रश्न हुन्छन्‌ कतै ?… छेउ न दुप्पोका प्रश्न !’ सबैले कागत च्यातेर कलम भाँचे । छौँडाहरू डराएका आँखाले उनीहरूलाई हेर्न थाले । “के तिमीहरूले कागत च्यात्यौ ?’

बूढीले पनि अमरहरूले कागत च्यातेका देखी ।… ऊ रिसले आगो भई ।… ‘ए ! कागत च्यात्यौ ?… पख त त्यसो भए ।’ उसले झोकिँकदै उनीहरूलाई घिच्याएर लगी र एउटा अँध्यारो कोठामा थुनिदिई । ‘लौ अब तीन घन्टा यहीं बस ।’

‘अब के गर्ने ?’ हिमानीले रुन्चे स्वरमा भनी- बूढीले ३ घन्टापछि आएर हामीलाई चड्कन दिन्छे ।… बोक्सी बूढी !’

हिमानीको कुराले सबैको मुख अँध्यारो भयो । अब कसरी यस दुष्ट बूढीको पन्जाबाट उम्कने ?’