अल्बेयर कामु

अल्बेयर कासुको जन्म १९१३ नोभेम्बर ७ मा अल्जेरियाको मोन्डोभीमा भएको हो । उनका अधिकांश आख्यानहरू अल्जेरियाकै पृष्ठभूमिमा रचिएका छन्‌ । उनी गरिब किसानका छोरा थिए । युद्धमा बाबुको निधन भएपछि उनको बाल्यकाल गरिबीमै बित्यो । आस्तित्ववादी खेमाका कामु एक महान्‌ दार्शनिक, चिन्तक र लेखकका रूपमा विश्वविख्यात छन्‌ । आधुनिक जीवन र मान्छेका बारेमा । खुलस्त रूपमा उनले अभिव्यक्ति दिएका छन्‌ । सन्‌ १९५७ को नोबेल पुरस्कार पाउँदा उनको उमेर लगभग चालिस वर्ष मात्र थियो । नोबेल पुरस्कारबाट सम्मानित हुने उनी सबैभन्दा कम उमेरका साहित्यकार हुन्‌ । उपन्यासकार, निबन्धकार र नाटककार अल्बेयर कामुका दुई दर्जनभन्दा बढी कृतिहरू प्रकाशित छन्‌ द रङ साइड एन्ड द राइट साइड (१९३६) लेन्थ्रान्ज  (१९४२), द सिथ अफ सिसिफस (१९४२), कालिगुला (१९४५), द प्लेग (१९४७), द रिबोल (१९५१), द फल (१९५६), एक्जाइल एन्ड द किङडम (१९५७) आदि उनका महत्त्वपूर्ण कृतिहरू हुन्‌ ।

अल्बेयर कामु

…..

अतिथि 

मोटर दुर्घटनामा परी उनको मृत्यु ४ जनवरी १९६० मा भयो। स्कुलमा स्टरले आफूतिर उकालो चढेर आउँदै गरेका दुईजना मान्छेलाई टाढैबाट देखे । एक जना घोडामा थियो भने अर्को चाहिँ पैदलै हिँडेरहेको थियो । अझै तिनीहरूले पहाडी इलाकामा बनेको स्कुल भवन जाने ठाडो उकालो त चढिसकेकै थिएनन्‌ । हिउँमा उनीहरूको हिँडाइको गति एकदमै धीमा थियो तैपनि निर्जन र विस्तारित उच्च समस्थलीको ढुङ्ग्यान बाटोमा स्याँस्याँ र फ्याँफ्याँ गर्दै उकालो चढ्दै थिए । बेला बेलामा घोडा लडखडाउँयथ्यो । घोडाको नासिकाबाट निस्केको सास देखे पनि अरू केही सुन्दैनथ्यो घोडा चढ्ने मान्छे । ती दईजनामध्ये एक जना चाहिँ धेरथोर त्यो इलाकाका बारेमा थाहा पाएजस्तो देखिन्थ्यो । उनीहरूले गोरेटो पछ्याइरहेका थिए । भलै केही दिनअघि नै हिउँको तहमा पुरिएर गायब भएको किन नहोस्‌ । स्कुलमा मास्टरले उनीहरूलाई पहाडको चुचुरोमा कम्तीमा आधा घन्टा लाग्ने अनुमान गरे । जाडोयाम भएकाले स्विटर लिन उनी स्कुलतिर लागे ।

रित्तो चिसो र उराठलाग्दो कक्षाकोठा छिचोले उनले । कालोपाटिमा फ्रान्सका चारवटा नदीहरू भिन्न-भिन्न रङको चकले कोरिएका थिए । तीन दिनअघि कोरिएका ती नदीहरू नक्शामा मुहानतिर बगेका देखिन्थे । वर्षायाम सुरु नहुँदै आठ महिना लामो खडेरीपछि मध्य-अक्टोबरमै अकस्मात्‌ हिउँ परेको थियो । लगभग बिसजना जति चेलाहरू उच्च समस्थलीमा छरिएका गाउँमा बस्थे । स्कुल आउन छाडिसकेका थिए । मौसममा सुधार आउनासाथ उनीहरू स्कुल फर्के जाडोले यतिखेर आफू सुत्ने कोठा मात्रै तातो पार्थ्यो, जुन कक्षाकोठा र पूर्वतर्फ उच्च समस्थलीसित जोडिएको थियो । कक्षाकोठाको झ्यालजस्तै उनी सुत्ने कोठाको झ्याल पनि दक्षिणतर्फ फर्केको थियो । त्यतापटि्टबाट स्कुल किलोमोटर मात्रै टाढा थियो जहाँबाट उच्च समस्थली दक्षिणतर्फ भिरालो पर्थ्यो । सफा मौसममा बैजनी रङका हिमश्रृङ्खलाहरू देख्न सकिन्छ जहाँ गल्छी मरुभूमितर्फ खुल्थ्यो ।

अलि जिउ तातेपछि झ्यालतिर गए, जहाँबाट उनले पहिलो चोटि ती दुईजना मान्छेलाई देखेको थिए । देखिन छाडे तिनीहरू । त्यसैले उनीहरू उकालो चढिसकेको हुनुपर्छ । आकाश त्यति साह्रो अँध्यारो पनि थिएन यस कारण कि रातिदेखि नै हिउँ पर्न छाडिसकेको थियो । बादल उठ्न थालेकाले बिहान त्यति साह्रो खुलेको थिएन । दिउँसो दुई बजेतिर मात्रै बल्ल उज्यालो भएजस्तो देखियो । तर अझै बितेका तीन दिनको तुलनामा त राम्रो थियो जति बेला लगातारको अन्धकारका बिच हावाहुरीसहित बाक्लो हिउँ पर्दा कक्षाकोठाका दुइटै ढोका खटखट गर्थे । त्यपछि दारुले यो कोठामा लामो समय बिताएका थिए । कहिलेकाहीँ गोठमा जाँदा, कुखुरालाई दाना हाल्दा अथवा कोइला लिन जाँदा मात्रै उनी कोठा छोड्थे । सौभाग्यवश उत्तरतर्फको नजिकको गाउँ तादजिदबाट हिमआँधी आउनु दुई दिन अघि मात्रै ट्रकले सामान ल्याइदिएको थियो । अट्चालिस घन्टापछि मात्रै फर्क्यो त्यो ट्रक । यसबाहेक घेराबन्दीको बिरोध गर्नुपर्ने थुप्रै कारण थिए उनीसित । खडेरीबाट पीडित गरिब जनतालाई बाँड्ने उद्देश्यले प्रशासनले गहुँको बोरा थुपारेको थियो त्यो सानो कोठामा । वास्तवमा गरिब भएकै कारणले उनीहरू खडेरीका सिकार भएका थिए । हरेक दिन दारु केटाकेटीलाई रासन बाँड्थे । खराब दिन चलेका बेला उनलाई थाहा थियो केटाकेटीहरूलाई रासन पाएका थिएनन्‌ । सम्भवतः आजै दिउँसो बाबुका दाजुभाइमध्ये कोही आएर अन्नपात लिएर गए । अर्को पालि नपाकुन्जेल सम्मका लागि मात्रै… । अहिले फ्रान्सबाट जहाजमा बोराका बोरा गहुँ आउन थालेको थियो । त्यसैले खाद्यसङ्कट टरेको थियो । तर त्यो गरिबीको पीडा बिर्सन गाह्रो थियो । रिसले मुर्मुरिएका झुत्रेफात्रै मान्छेहरू दिउँसै हल्लिएर हिडँथे । उच्चसमस्थलीहरू डढेर खरानी हुन्थे । बिस्तार-बिस्तार जमिन सुख्खा हुँदै गयो । शाब्दिक अर्थमा भन्ने हो भने भतभती पोल्ने खालको एकदमै रुखो, हिडँदाखेरि ढुङ्गगा नै पटपटी फुटेर धुलो उड्थ्यो । त्यस बखत हजारौको सङ्ख्यामा भेडाहरू भुतुकभुतुक मरे । अझ कतै कतै मान्छे पनि मरे तर कसैले चाल पाएन ।

यस्तो चरम गरिबीमा पनि दारु त्यहीँ थिए, जो दूरदराजको स्कुल भवनमा लगभग भिक्षको जस्तो जीवन बिताइरहेका थिए । यद्यपि आफूसित जे जस्तो छ, त्यसैमा सन्तुष्ट थिए उनी । कठोर जीवनप्रति उनले केही गुनासो गरेनन्‌ । सेतो रङको पर्खाल साँघुरो पलङ, रङ गएको तख्ता, इनार अनि हप्ताको एकचोटी दिइने पानी र खाद्यान्तका बिच पनि उनले आफूलाई सम्पत्तिकै मालिक ठानेका थिए । अनुमानबिनाको अकस्मात्‌ हिउँपस्यो । यसरी यो इलाका बस्नका लागि एकदमै प्रतिकूल, अझ मान्छे नभएको ठाउँमा त कसले सहयोग गर्ने ? तर दारु जन्मेको त यहीँ थिए । जता गए पनि उनले आफूलाई निर्वासितै ठाने ।

उनले स्कुलअगाडिको भिरालो बाटोमा पाइलो राखे । ती दुईजना भर्खर आधाआधी भिरालो बाटोमा आइपुगेका थिए । ती घोडचढी बाल्दुसी रहेछन्‌ । उनले चिनिहाले, उनले लामो समयदेखि चिनेको एक जना बुढा अरघसैनिक प्रहरी अधिकृत डोरीले बाँधेको एक जना अरबलाई डोप्याउँदै थिए । हात बाँधिएको अवस्थामा शिर निहुराउँदै त्यो अरब बाल्दुसी पछि पछि आउँदै थियो । ती अर्धसैनिक प्रहरी अधिकृतले अभिवादनको हात हलाएर तर दारुले अभिवादन फर्काएनन्‌ । खुइलिएको निलो रडको खस्रो मोजा र चप्पलमा देखिएको साँघुरो छोटो अरबी बर्को ओढेको अरबलाई देखेर उनी सोचमग्न थिए । क्रमशः नजिकै थिए उनीहरू । अरबलाई चोट नपुगोस्‌ भनेरै बाल्दुसीले घोडालाई अगाडि बढ्न दिएनन्‌ । त्यो जत्था बिस्तारै अघि बढ्दै थियो ।

सुन्ने गरी बाल्दुसी चिच्याए, “एलेभउरबाट जाबो तीन किलोमिटरको दुरी तय गर्न एक घन्टा लाग्यो ।” दारुले कुनै जबाफ दिएनन्‌ । बाक्लो स्विटर लगाएका होचा-होचा दारुले उनीहरू उकालो चढ्दै गरेको हेरिरहे एकछिन्‌ । अरबले एक चोटि पनि टाउको उठाएन । दारुले उनीहरू सिँढी चढ्दै गर्दा भने “हेलो ! भित्र आउ र आगो ताप ।” बाल्दुसी निकै कष्टसित डोरी फूत्किन नदिइकनै घोडाबाट ओर्ले । ठाडो-ठाडो जुँघामुनि उनी स्कुलमास्टरला३ देखेर मुसुक्क हाँसे । पहँलो-खैरो रङको निधारमुनि गाडिएका साना काला आखा अनि चाउरी परेको गुलाबी गाला सबै कुराले उनलाई चनाखो र अध्ययनशील देखाउँथ्यो । दारुले लगाम समातेर घोडा गोठतिर लिएर गए अनि दुईजना भएठाउँ फर्केर आए जो स्कुलमा उनलाई नै पर्खेर बसेका थिए । उनले आफ्नो कोठामा लगे तिनीहरूलाई । “यो कक्षाकोठालाई म न्यानो पार्दै छु” दारुले भने, “निकै आराम हुने छ हामीलाई त्यहाँ ।” दारु कोठामा पस्दा बाल्दुसी सोफामै थिए । अरबको डोरी उनले फुकालेका थिए जो स्टोभनजिकै टक्रुम्क बसेको थियो । उसको हातभने अझै बाँधिएकै थियो । सेस टाउको पछाडि सारेर भ्यालतिर हेदै थियो । सुरुमा त उसका ठुला ठुला भ्यात्त परेका र चिल्लो ओठ देखेका थिए । यसो हेर्दा झन्डै हब्सीको जस्तो । तर नाक भने सुलुत्त परेको आँखा चाहिँ काला काला जोसले भरिएका । टाउकोबाट बर्को हटाउँदा ह्ठी खालको निधार, जाडोले गर्दा रङ खुइलिएको हेराइ । जब अरबले आफूतिर फर्केर सिधा आँखाले हेर्दा बाल्दुसी खुब प्रभावित भए । “जाउ अर्को कोठामा”, स्कुल मास्टरले भने- “पुदिनाको चिया बनाएर ल्याइदेउ, धन्यवाद !” बाल्दुसीले भने “कस्तो दिक्क लाग्ने काम ! जागिरै छोड्नु जस्तो लागिसक्यो मलाई त ।” अरबी भाषामा उनले कैदीलाई सम्बोधन गर्दै भने आइज । बाँधिराखेको नाडी उचाल्दै बिस्तारै उठ्यो । अरब अनि कक्षाभित्र पस्यो ।

चियासँगै दारुले कुर्सी पनि ल्याए । तर बाल्दुसीलाई यसअघि नै विद्यार्थीको नजिकैको डेस्कमा बसाइसकिएको थियो भने अरब चाहिँ शिक्षकको प्लेटफर्ममा अडेस लगाएर टुक्रुक्क बसेको थियो स्टोभपटिट मुख फर्काएर जुन डेस्क र भ्यालको बिचमा खडा थियो । कैदीलाई चियाको गिलास दिन खोज्दा उसको बाँधेको हात देख्दा अलि अप्ठ्यारो लाग्यो । “उसको हात खोलिदिनुपर्ला….

क्रमश……