एकताका युक्रेनका प्रख्यात चित्रकार रेपिनले आर्खिप इभानोविच कुइन्जीका बारेमा भनेका थिएः प्रकाशको भ्रम सिर्जना गर्न आर्खिन पोख्त छन् । उनीजत्तिको पोख्त चित्रकार र उनको चमत्कार फेला पार्नसक्ने अर्को कुनै देखेको छैन ।

के रेपिनले उनका बारेमा यत्तिकै प्रशंसा गरेका होलान् त ? पक्कै पनि गरेका थिएनन् । वास्तवमा आर्खिनको रङ संयोजन कला उनका समकालीन कसैमा पनि देखिदैन ।

उनका रङमा पाइने विरोधाभाष, एक साथ पस्कनसक्ने सूर्यकिरण र चन्द्र किरणको प्रभाव, सजावटको जुन कम्पोजिसन उनका चित्रमा देखिन्छन्, तिनले पुराना सारा मान्यता भत्काइदिएका थिए । यसका लागि उनले गहन अनुसन्धान र खोज गरे । चित्रसँग निरन्तर प्रयोग उनको रहिरह्यो । लामो समयसम्म उनी आफ्नो वर्कसपबाट बाहिर ननिस्की उनी त्यसैमा मग्न र तल्लिन हुन्थे ।

आज हामी उनैका सुन्दर चित्रकलाहरू अवलोकन गर्नेछौँः