सुशील नेपाल
जब निराशाको आँगनमाझ
हतासाको मकलमा
पराजय हुनुपर्ने बाध्यताबीच
चरम निर्लज्ज हुतिहाराहरूको विरूद्धको हूंकार प्रकट हुन्छ
मानें हुन्छ नैराश्यताले भुसको आगोको रूप लियो
र बल्न थाल्यो, सुस्तरी सुस्तरी दन दन ।
त्यो मान्छे, मान्छे मरेको होइन
पुरै देश, समाज, जोड घटाउ
ठगबन्धक, गठबन्धक सबै मरे
ती ठूला ठूला घरानियाहरू
राज्य दोहन गर्ने राक्षसहरू
आसेपासेहरू, मिटर ब्याजे ब्वाँसाहरू
मरेजस्तो लागे तर मरेका छैनन्
हेर्दै गरौँ अब
चोर चोर भन्दै चोरहरू नै उफ्रने छन्
तर आगो न हो, बलेको छ
बलिरहको छ
बलिरहने छ
आत्माको मकलमा
तिरस्कारको आगो भएर
लज्जित मौसमबीच
निर्लज्ज नित्य भइरहेको रंगमहल अगाडि
भित्र भित्र बलिरहेको छ
क्रान्तिको जंगलमा
फैलिने क्रममा छ
तिरस्कारले बालेको
भुसको आगो ।
राजमित्र प्राड्गण
विराटनगर
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
र यो पनि पढ्नुहोस्...
विश्वराज अधिकारी पुष ११, आईतवार १४:०१