साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book

क्लासिक कथा : ऊ पर्खिरही

Chovar Blues Mobile Size

:::: १ ::::

“तिमीलाई पराई हातमा सुम्पिसकेका छौं छोरी ! अब हामी के पो गर्न सक्छौं र ? जसका खट्टा धोई शिर चढायौं उससँग कचकच गर्न, झगडा गर्न अथवा मुद्दा खेल्न हामीहरूलाई सुहाउँदैन । हो, तिमीलाई खान-लाउन दुःख हुन्छ भने निर्धक्क भएर भन्ने गर्नू, वर्षको एक-दुई छाल लुगा र चार-पाँच सय दामका लागि धन्दा नमान्नू !” कान्छी आमाले भनेकी थिइन् । नगिचै चिया पिइरहेका कान्छा बा पनि सबै कुरा कान थापी सुनिरहेका थिए र भनेका पनि थिए- “छोरी, यो तिम्रो व्यक्तिगत मामिला हो । हामीहरूले बाहिरबाट हस्तक्षेप गर्दा कुरो झन् बिग्रेला । ‘लोग्ने-स्वास्नीको झगडा परालको आगो’ भन्ने त उखान नै छ । बिस्तारै परिस्थिति मिलाउँदै गर, सब ठीक भइहाल्ला ।”

“यो लोग्नेमानिस भनेको जात यस्तै हो । यिनीहरूलाई बच्चाहरूजक्तिकै स्याहार चाहिन्छ र गोरुको नाकमा मधेसतिर राखेजस्तै नकेल पनि चाहिन्छ । बाँकी तिमी आफैँ जानिफकार छु्यौ ।” कान्छी आमाले कान्छा बालाई केही सुनाउनुपर्ने पनि थियो क्यारे ! रम्भाका आमा-बाबु ऊ सानै छँदा परलोक भएका थिए । कान्छ बा र कान्छी आमाले नै उसको लालनपालन गरेका थिए, पढाई-लेखाई एक जना पल्टनमा लप्टनको तालिम लिन भनी छानिएको लायक युवकसित बिहे पनि गराइदिएका थिए । कान्छा बा-
आमालाई दोष दिने कुनै ठाउँ थिएन तापनि सानो छँदादेखिन् आजसम्मन् केही न केही यस्ता स-साना प्रसङ्ग अवश्य पनि आएका थिए जब उसले महसुस गर्नुपर्ने हुन्थ्यो कि ऊ भतिजी मात्रै हो र कान्छा बा र कान्छी आमाका आफ्नै सन्तानहरू पनि छन् । तर यस कुराको बोझ उसको मनमाथि परेको थिएन । ऊ जान्दर्थी कि मातृ-पितृविहीन बालकहरूले पराईको त के आफ्ना निकटतम सम्बन्धीहरूको आश्रयमा बस्दा पनि निकै पो भोग्नुपर्छ । त्यससित दाँज्ने हो भने ऊ कान्छा बाकहाँ रानीजस्तै गरी बसी भन्दिए पनि हुन्छ ।

त्यो दिन माइतबाट फर्किदा उसले अवश्य नै आफ्ना आमा-बाबुलाई सम्झेकी थिई। यता सुद्युम्नसित खटपट भइराखेको महिना दिनभन्दा बढी समय भइसकेको थियो । ऊ रिसाएर माइत गएकी थिई। कान्छा बाहरूको हस्तक्षेप र सानो प्रतिरोधले सुद्युम्न सही बाटोमा आउला भन्ने आशा पनि उसको मनमा थियो, तर उसको आँसु देखिसकेपछि पनि माइतीको प्रतिक्रिया असंवेदनशील नै देखिएको थियो ।

ऊ सोच्न थालेकी थिई- ‘व्यक्तिगत मामिला रे ! जेसकै करो पनि कसै न कसैको व्यक्तिगत मामिला त भइहाल्छ नि ! आफ्नो कायरता, आलस्य र कुनै झन्झटमा नपरन मनस्थितिलाई लुकाउनु नै व्यक्तिगत मामिलामा हस्तक्षेप नगर्ने भनी सैद्धान्तिक खोल चढ़ाइन्छ। त्यस बेला उसलाई लागेको थियो- ‘यस संसारमां आफन्त नातेदार भन्ने शब्द हे निरर्थक भइसकेको छ । सायद सबैका लागि जिन्दगी नट र नटीले हिँड्ने डोरी भडसकेको छ जहाँ हरेक पाइला बडो विचार पुऱ्याई राख्नुपर्ने हुन्छ । अर्काको दु:ख-कष्टमा सहयोग गर्ने कुरो छोडौं, त्यतातिर राम्ररी हेऱ्यो भने पनि खुट्टा चिप्लिएर खसिने डर हुन्छ ।उसको मनमा फेरि सबाल उठेको थियो- ‘के निरर्थक आहारनिद्वाको सानो जिन्दगी जिउन नै अर्जनले मस्त्यवेध गरेजस्तो एकाग्रकता चाहिने भो त ? अनि उद्देश्य चाहिँ कुन त ?’ जे दोस तर आज कसैले अर्काको समस्यामा जिब्रो चलाएर मात्र पनि हात हाल्न खोज्दो रहेनछ भ्न्ने करो उसका अगाडि प्रस्ट भएको थियो । एक्कासि उसले सम्झेकी थिई- ‘आमा-बाबु भइदिएका भए… उसलाई एकछिन त लागेको थियो, हो न हो उनीहरू पनि कान्छा बा-आमाले गरेझै केही शाब्दिक सहानुभूति मात्र देखाएर चुप लागिदिन्थे कि |’ तुरुन्तै उसले सोचेकी थिई- ‘होइन, आमा-बाबु भएका भए केही न केही अवश्यै गर्थे. । त्यसैले भनिन्छ। कि यस संसारमा सबै कुरा फेरि पनि भेटिन्छन्, तर आमा-बाबु भेटिंदैनन् ।’

कुरो के थियो भने दुई-महिना भयो होला सुद्युम्न ढिलो घर आउन थालेको थियो, त्यो पनि रक्सीले मात्तिएर । थप रम्भाका ‘हेर-हेर यसको अनुहार..’ जस्ता वाक्यहरूले फजित गर्न पनि थालेको थियो । हँदा-हुँदा हातसमेत चलाउन थालेको थियो । यस खटपटमा रम्भाको कुनै गल्ती छैन । गल्ती भए ऊ पतिका गोडा समातेर माफी माग्थी होला, ऊ निर्दोष थिई र छ ।

:::: २ ::::

कति राम्ररी चलिरहेको थियो उसको घरबार ! लोग्ने-स्वास्नी आपसमा औधी माया गर्थे। सुद्युम्न कप्तान भइसकेको थियो। तर रम्भालाई सधैं याद रहन्छ कि जब बिहेकै पहिलो दिनपछि सुद्युम्नले रातिको खाना खाइसकेपछि सुनाएको थियो- “भोलिदेखि हाम्रो प्यारासुटबाट ओल्लिने तालिम सुरु हुँदै छ ।”

रम्भालाई आज पनि याद छ कि उसले आत्तिदै भनेकी थिई- “छ्या:, हवाईजहाजमा उड्दा त जहाज खस्ने पो हो कि भन्ने विचार आउनासाथ पसिना निस्किन थाल्छ, सासै रोकिएला जस्तो हुन्छ । तपाईलाई डर लाग्दैन त्योबिधी माथिबाट हाम फाल्न ? प्यारासुट नउघ्रे के हुन्छ ?”

“जिन्दगी जान्छ नि !” नाटकीय भावका साथ सुद्युम्नले भनेको थियो- “हाम फाल्न अनकन गरे प्रशिक्षकले लात्तले हिक्काई फालिदिन्छ । नोकरी नै यस्तो गरेपछि डर लाग्यो भन्न पाइन्छ र ?”

“होइन, तपाईं यो नोकरी छोडिदिनोस्।”

“केटाकेटी करा नगर । आर्मीको कुरो, बीच तालिममा नोकरी छोड्छु भन्यो भने झ्यालखानामा जाकिदिन्छन् ।” यति भनी सुद्युम्न निदाएको थियो, तर ऊ भने सुत्न सकेकी थिइन । प्यारासुट नउघ्रेको कल्पना त छोडौं, सुदुम्नको डरले पहेंलो भएको अनुहार सम्झेर मात्रै पनि ऊ अतालिएकी थिई। पतिका खराटाहरूका बीच ऊ भुइँमा बसी प्रार्थना गर्न थालेकी थिई- “हे प्रभो ! सुद्युम्नलाई बचाऊ । एउटा ज्यान न चाहिएको भए उसको सद मेरै ज्यान लेऊ !” यो प्रार्थना कति बेरसम्म दोहोऱ्याएपछि र सत्यवान्-सावित्रीको कर सम्झेपछि मात्र उसलाई केही धैर्य भएको थियो।

सुद्युम्नको तालिम निर्विध्न समाप्त भएर पनि ऊ कप्तान भइसकेको थियो। उनीहरूका बीचमा एउटी सानी खेलौनाजस्ती बच्ची पनि आइसकेकी थिई। रम्भालाई लाग्थ्यो कि रूउसको लोग्ने र सानी एउटा सानो तर दुर्भेद्य प्रेमको लिहाफभित्र बसेका छन । उसलाई लाग्ध्यो कि यो सब खुसी उसको बिहान-बेलुकीको प्रार्थनाको फल हो। हन त अब प्रार्थनाका लागि ऊसित समय हुँदैनथ्यो आलस्यले र घरगृहस्थीले गर्दा तर पनि सम्भना भएका बेला ऊ ईश्वरलाई धन्यवाद दिने गर्थी।

त्यस दिन अड्डाबाट घर फर्किदा सुद्युम्न आफूसित एउटी अट्ठाइस-तीस वर्षकी आकर्षक महिलालाई लिएर आएको थियो । चिया पिउँदै सुद्युम्नले परिचय गराउँदै महिलालाई विमान-परिचारिका र नाउँ चाहिँ रसना बताएको थियो । चिया पिइसकेपछि महिलालाई आफ्नो गाडीमा घर पुन्याइदिन भनी सुद्युम्न निस्केको थियो । कुरैकुरामा महिला अविवाहित भएकी र छिमेकमा नै मोटरको पन्ध् मिनेटको बाटोमा बसोबास गरेकी भन्ने कुराको रम्भाले चाल पाएकी थिई। यत्तिकैमा रम्भाकी साथी उमा आइपुगेकी थिई। धेरै समयदेखि यहीं बसेकी हुनाले उमालाई घर-छिमेकका टोल र टोलेहरूबारे सबै कुराको जानकारीथियो। उसले सोझै सोधेकी थिई- “रसनाको अर्थ थाहा छ तिमीलाई ?”

“जिब्रो होइन त !” रम्भाले जवाफ दिएकी थिई ।

“जिब्रोको काम चाट्ने हो । यो रसनाले पनि तिम्रो पतिलाई आइसक्रिमजस्तै चाटेर छोडिदेली, होस गर !”

बिस्तारै रम्भाले थाहा पाएकी थिई कि रसना एक अत्याधुनिक विचारकी अविवाहित प्राणी थिई, प्राणी यस कारण कि महिलाभन्दा कता हो कता विवाहित भएको भान हुन्छ भने कुमारी भन्नका लागि कौमार्य जरुरी हुन्छ । अत: रसनालाई अत्याधुनिक अविवाहित प्राणी मात्र भन्न सकिन्थ्यो।

श जब सुद्युम्न धेरै रातिसम्म मात्र घरतिर आउन थाल्थ्यो त्यो पनि रक्सीले मात्तिएर तथा जब रम्भाका कानमा रसना र सुद्युम्नको सम्बन्धबारे हने गरेको चर्चाका केही शब्द पर्न थाले, उसले सुद्युम्नसँग-सोधपुछ गरी । सुद्युम्नको मुखको टुप्पामा केही न केही बहाना बसेकै हुन्थ्यो। यसपछि रम्भाले सुद्युम्नलाई सही बाटोमा ल्याउन हल्का प्रतिरोधको बाटों अपनाएकी थिई। उदाहरणका लागि उससँग कुरा नगर्ने, रातिको खाना तताएर सुघुम्नका अघिल्तिर राखिदिने तर आफू नखाने, छुट्टै ओछ्यानमा सुत्ने; तर यस प्रतिरोधको त उल्टै फल पो निस्केको थियो। राति रक्सीले मात्तिएर ढिलो घर आएपछि चुपचाप बसका रम्भालाई उसले खसाल्ने रं अपमानित गर्ने प्रयास गर्न थालेको थियो । नबोली बसेकी रम्भालाई घचेट्दै ‘हेर-हेर, यसको अनुहार दूई पैसाको जस्तो छैन, ठसक यत्रो’ भन्नेजस्ता अपमानजनक वाक्यांशहरू प्रयोग गर्न थालेको थियो । हँदा-हँदा हातसम्म पनि छाड्न लागेको थियो । यति मात्र होइन, अब त रक्सीको मातमा रसनासँगको आफ्नो सम्बन्ध चीकार गर्दै बरबराउने गथ्थ्यो- ‘म पनि स्वतन्त्र, तँ पनि स्वतन्त्र । कुनै मन परेको मानिससँग उठबस गर् न, म केही भन्दिनँ । बुझिस्, म त्यति ठूलो दिल राख्छ । अनि ठूलो विकल्प जुटाइदिएझै भन्ने गथ्यों- ‘नभए पारपाचुके लिऊँ न, झन्झट नै सिद्धिन्छ । रम्भा जप लागेर मनमनै सोच्थी- ‘हरे, स्वतन्त्रताको नाममा कसरी आफ्नो अपराधलाई लुकाएको ! अनि मनमनै आक्रोशित हुँदै सोच्थी- ‘कस्तो बुझ पचाएको । तिम्रा लागि त चारै दिशा रवला छन् तर बिहेपछि मेरो स्वतन्त्र हुने कुनै पनि सम्मानजनक उपाय त छँदै छैन।

बार प्रारम्भमा रम्भालाई आस लागिरहन्थ्यो कि तमाम आफन्त र चिनजानका व्यक्तिहरूमध्ये कुनै एक त आइदेला र सुद्युम्नसँग उसको मेलमिलाप गराइदेला । सुद्युम्नलाई हप्काएर भनिदेला- ‘गल्ती आफू गछौं, दण्ड स्वास्नीलाई दिन्छौ ? बन्द गर आजदेखि यो अत्याचार !’ त्यतिका आफन्तमध्ये कुनैले त रम्भाको पीडा र निर्दोषिताबारे बुझाउने प्रयास गर्ला, कसैले त सम्झाइदेला कि सुद्युम्न र उसको परिवारलाई रसनाले पचाइदिन सक्छे, केही अरू परिवारहरूलाई पनि सखाप पारेको प्रस्ट उदाहरण सु्युम्नका सामुन्ने राखिदेला, कसैले सम्झाइदेला कि रम्भा पनि चानचने आइमाई होइन, उसको अनुहारमा आँखा परे बटौनेहरूसमेत एकछिन अड्ने गर्छन् । यस्ती सुन्दरी पतिव्रता तनमनले समर्पित श्रीमतीको उपेक्षा गर्नु कति अनुचित हो भनी सम्झाइदिने कोही त आउला कि भनी उसले आस गरिरही, तर कोही कतैबाट आइपुगेन र ऊ उपेक्षा र अपमानलाई जिन्दगीकै अङ्ग ठानी चुपचाप बसिरही । दुःखको यस विशाल मरुभूमिमा सानी बच्ची नखलिस्तानजस्तै थिई जसका निम्ति ऊ जस्तै नारकीय जीवन पनि बाँच्न बाध्य थिई।

:::: ३ ::::

त्यस राति सुद्युम्न घर आएको थिएन । रम्भालाई नियास्रोभन्दा बरु एक रात अपमानबाट उम्केजस्तो लागिरहेको थियो । अर्को बिहानी छिमेकी उमा हतारिँदै आई अतालिएजस्तो र उसले भनेकी थिई- “खबर राम्रो छैन । सुद्युम्नलाई त जेलमा राखिएको छ रे !”

“किन के भयो ?”

“उसको जिम्माको लाखौंको सरकारी रकम हिनामिना भएको पाइयो रे !”

“होइन, घरमा त आधा तलब मात्र ल्याउने गर्नुहुन्थ्यो ।”

“लाटी । रसना छँदै छ नि ! यो सब उसके करामत हो।” एकछिन पर्खी भनेकी थिई- “जमानत पनि नहुने रे !”

“कति सम्झाउँदा पनि त्यस डङ्किनीको साथ छोड्न मानेनन्, यस्तो त हुनु थियो ।” रम्भाले भनेकी थिई, तर उमालाई उसको स्वर अस्वाभाविक लागेको थियो र ‘थप कुरो थाहा पाए खबर गरुँला’ भन्दै उमा बिदा भएकी थिई ।

साँच्चै भन्ने हो भने एकछिन त रम्भाले आफ्नो मनको कुनै कुनामा सन्तोष लागेको पनि महसुस गरेकी थिई। सुद्युम्नले उसमाथि गरेको अत्याचारको दण्डस्वरूप नै विधाताले जेल पठाइदिएको हो कि भन्ने उसलाई लागेको थियो, तर एकैछिनपछि यी सबै कुराकी मली नै र खती त रसना हो भन्ने कुरा उसको समझमा आयो र सोच्न थाली कि सुद्युम्न बिचरो सुधो मानिस, उसलाई रसना राक्षसीले फसाएकी थिई । ठिक्ककी आइमाइले समेत आँटी नै हाली भने कुनै पुरुष चोखो बस्न सक्दैन भने रसनाजस्ती नखरमाउलीको जाल काट्न त सबैलाई गाहै पथ्थ्यो। उसको लोग्ने बिचरो एक्लै जेलमा छ। लाम्खुट्टेले भूँ-भूँ गरेको सुने पनि निदाउन नसक्ने, ठिक्कको नुन-मसला नभए खाना पनि खान नसक्ने बिचराको जेलमा के हालत होला भन्ठानी ऊ विह्वल हुन थालेकी थिई । सु्यम्नको अतालिएको अनुहार सम्झिँदा उसलाई खपिनसक्नु भएको थियो र उसको मनमा लोग्नेप्रतिको सम्पूर्ण कटुता हराइसकेको थियो।

रुझेका परेला लिई ऊ सुद्युम्नलाई भेट्न गएकी थिई । धेरै बिन्तीभाउपछि बल्ल भेट्न पाउँदा आफूले कल्पना गरेअनुसार नै सुद्युम्नको अनुहार देखा पर्दा रम्भा जोर-जोरले रुन थालेकी थिई । सुद्युम्नले रम्भाको हात समात्दै गहभरि आँसु काढी भनेको थियो- “मैले तिमीलाई धेरै दुःख दिएँ र पाप गरेको फल यही हो, नत्र ममाथि लगाएको आरोप भने एकदमै झूटो हो । म झ्यालखानाभित्र बाँच्न सक्दिनँ, म मर्छ । रम्भा, मलाई यहाँ नराख । जे गरेर पनि छुटाऊ ।”

यसपछि त गत दुई वर्षदेखि रम्भाको दिनचर्या नै दिनदिनभरि सेनाका ठूला अफिसरहरू, मन्त्रीहरू र प्रभावशाली व्यक्तिहरूको ढोका चहार्न् नै भइसकेको थियो । छोरीलाई उमाको जिम्मा लगाई ऊ दिनदिनभरि भोकै-तिरखै हिँडिरहन्थी । सुद्युम्न उसको हो, उसको मात्रै हो भन्ने विचारले उसलाई उत्साह दिन्थ्यो र भोक-प्यास र यहाँसम्म कि अपमानसम्मको पनि वास्ता गर्दिनथी। ठूला मानिसहरूलाई भेट्न जाँदा घण्टौं के दिनभर कुर्दा पनि धेरैसँग त भेटै हुँदैनथ्यो। उसको बराबर धाउने तपस्याबाट आजित भएर कुनैले भेटे पनि पूरा कुरा नसूनेर ‘ठीक छ, तपाईंको काम भइहाल्ला’ भनी टार्थे । रम्भा बुझ्थी कि यस्ता खोक्रा आश्वासनको केही अर्थ हुँदैन । हो, एक दिन उसको भेट एक जना भर्खर पदासीन मन्त्रीसँग भएको थियो। त्यस मानिससँग संवेदनशीलता अझै भरिसकेको थिएन । अत: उसले सबै कुरो ध्यान दिएर सुन्यो र भनेको थियो- “तपाईंको दुःखी र निर्दोष अनुहार हेर्दा जे पनि गरिहालौं लाग्छ, तर हामी सबै कानुनले बाँधिएका छौं । मलाई लाग्छ, तपाईंका पतिले दुई वर्ष जेलको सजाय भुक्तान गरिसकेपछि अब धेरै बस्न परोइन होला । पैसो तिरे छोड्न पाइन्छ होला। मेरो कानुनको अभ्यास छुटेको धेरै भो । तपाईं एउटा वकिलसित सल्लाह लिनुहोस्, केही परे फेरि भेट्नुहोला ।” मन्त्रीले टेलिफोन गरिदिएबमोजिम ऊ एक जना वरिष्ठ वकिलकहाँ गएकी थिई र निःशुल्क सल्लाह पाएकी थिई कि सरकारी तहबिलमा दुई लाख रुपियाँ दाखिल गर्न सके उसको लोग्ने दुई महिनामा नै छुट्न सक्थ्यो । रम्भाले वकिलकहाँबाट फर्किदा देखेकी थिई कि एउटा ठूलो पसलबाट रसना र एक जना अर्के फौजी अफिसर बाहिर निस्केका थिए र दुई जना नै हाँसखेल गर्दै गाडीमा चढेका थिए । घर पुगी उमालाई यो कुरा बताएपछि उसले सोधेकी थिई- “रसनाले त्यस अफिसरसित बिहे गरेकी पो हो कि ?”

“अहँ, ऊ किन बिहे गरेर बाँधिन्छे ? ऊ अब नयाँ अफिसरलाई चाट्दै छे, ख्वाप्पै निलेर मात्रै छोड्छे होला। त्यसपछि अर्को भेट्टाउन के गाहो छ र ?” उमाले जवाफ दिएकी थिई।

ते सद्यम्नसित पनि सल्लाह गरी पंचहत्तर हजारका गहना बेची। एक लाख पच्चीस हजारमा घर बन्धकी राखी सरकारी रकम दुई लाख दाखिल गरेकी थिई अनि सुद्युम्नको जेलबाट छुट्ने दिन गन्न थालेकी थिई । अझै डेढ महिनाजति बाँकी थियो । मन मान्दैनथ्यो र ऊ दिनदिनै सुद्युम्नलाई भेट्न जाने पनि ग्थी। झ्यालखानाबाट छुट्ने भनी निर्धारित भएको अघिल्लो दिन भेट्दा उसले भनेकी थिई- “भोलि दस बजेतिर । क्यारे । म लिन आउँछु नि !”

हाँस्दै सुद्युम्नले भनेको थियो- “पदैन, म आइहाल्छु नि । बरु तिमीले घरमा मेरो मधामसित स्वागतको तयारी गर्नू ! मलाई झुट्टे फसाउने दुस्मनहरूको मुटुमा सियो पस्ने छुट्नुहुन्छ गरी तरखर गर्नू !”

आज सुद्युम्नको जेलबाट छुट्ने दिन हो । माला, दही, माछा, चिउरा र मिठाई- रम्भाले आफूले जाने-बुझेसम्म कुनै त्रुटि रहन दिएकी छैन । आफ्ना केही संगिनीहरूलाई पनि बोलाएकी छ । एघार बजिसक्दा पनि सुद्युम्न आइपुगेन । ‘ढिलासुस्ती त हाम्रो संस्कारै हो’ भन्दै फेरि आउने कुरो गरी रम्भाका सँगिनीहरू आ-आफ्ना घरतिर लागे । हुँदा-हुँदा एक बज्यो। रम्भाले झ्यालखाना टेलिफोन गरी बुझ्दा सुद्युम्नलाई बिहान दस बजे नै छोडिसकेको खबर पाई । एकातिर ऊ आशङ्कित र लाजले आहत भई भनी अर्कातिर सुद्युम्नलाई पो केही भयो कि भन्ने चिन्ता पनि लाग्न थाल्यो । हुँदा-हुँदा झमक्कै साँभझ पर्यो, ऊ किङ्कर्तव्यविमूढ भई बसी नै रही। यत्तिकैमा उमा आई र दुःखी स्वरमा भनी- “छोडिदेऊ रम्भा, दिनभरि भोकै छयौ, केही खाऊ ! सुद्युम्न त उहिले नै रसनाको घरमा पसेको, अहिलेसम्म निस्केको छैन रे ! मलाई लाग्छ, ऊ आज घरमा आउँदैन पनि होला।”

रम्भाले शून्य आँखाले चारैतिर हेरी । पला-पलाका हिसाबले अँध्यारो थपिँदै गइरहेको थियो ।

 

प्रतिक्रिया
Loading...