(‘भाइरल कविता’अन्तर्गत यसपटक कवि देवीदत्त शर्मा अहिले चर्चामा रहेको कविता ‘आजको औसत कवि’ प्रस्तुत गरेका छौँ । यो कविता अहिले सञ्चालमा चर्चा, परिचर्चासँगै भाइरल बनिरहेको छ । हामी हरेक साता यस्ता कविताहरूकाे खोजी गरेर यहाँहरूसमक्ष प्रस्तुत गर्ने प्रयास गर्नेछाैँ ।)

आजको औसत कवि

ब्रम्हाण्डको ज्ञाता हुँ
रवि नपुगेको दुरयात्री
कवि पो हुँ त
के चासो मलाई अरुको ठेगाना ?
भाषण लेखे पनि मैले
आग्रह लेखे पनि मैले
त्यो कविता हुन्छ
हुनै पर्छ।

संसारका सबै कविहरू
फिका-फिका हुन् मेरा अगाडि
प्रतिक्रियामा मलाई
बेजोड-बेजोड भनेको पढ्नुहुन्न ?