अनिल जनविजय

अनिल जनविजय

भारतको पहिलो अभिनेत्रीका रूपमा देविका रानीलाई चिनिन्छ । उनी प्रतिष्ठित अभिनेत्री, फिल्म निर्मात्री तथा गायिका थिइन् । पाँच दशकसम्म यी भारतीय अभिनेत्रीले रूसी चित्रकार स्वितअस्लाफ रेरिखलाई अनवरत प्रेम गरिरहिन् । उनीहरूको प्रेम एउटा भव्य सफल वैवाहिक जीवनका रूपमा रहिरह्यो ।

मसक्वास्थित पूर्वीय देशका कला शीर्षकमा पुग्नेबित्तिकै दर्शकहरूको ध्यान संग्रहालयको एक पेन्टिङतर्फ आकर्षित हुनपुग्छ । एक बेहद सुन्दर र प्रभावशाली महिला साड़ीमा देखिन्छिन् । सो चित्र चर्चित अभिनेत्री देविका रानीको हो भन्ने कुरा पेन्टिङको टिप्पणीबाट बुझिन्छ । देविका रानीको तेलचित्र रेरिख़ले नै बनाएका हुन् ।

देविका रानी त्योबेला लन्डनमा पढिरहेकी थिइन् । उनको भेट भारतीय फ़िल्म-निर्माता हिमांशु रायसँग भयो । हिमांशु रायले पहिलो नजरमा नै उनलाई रूचाए । उनले ढिलाई नगरी देविका रानीलाई बिहेको प्रस्ताव राखे ।

हिमांशु राय पनि हेर्दाका आकर्षक थिए । त्यसैले देविका रानी बिहे गर्न राजी भइन् मात्र होइन, बिहेका लागि मुम्बई नै आइपुगिन् । यहाँ उनले फिल्ममा अभिनय गर्न थालिन् । शुरूमै फ़िल्म अभिनेता अशोक कुमार र देविका रानीको जोडी रूचाइयो । दुवै जना प्रायः एक साथ फ़िल्ममा काम गर्न थाले । पछि देविका रानीले हिमांशु रायसँग मिलेर बम्बे टाकीज स्थापना गरिन् र बम्बे टाकीजको ब्यानरमा फिल्म बनाउन थालिन् । अचानक सन् 1940 मा हिमांशु रायको देहान्त भयो । यसपछि देविका रानी एक्लैले बम्बे टाकीजको रेखदेख गर्न थालिन् । यो बेला त उनले एक से एक लोकप्रिय फ़िल्महरू बनाइन् ।

सन् 1933 मा भारतको पहिलो बोल्ने फिल्म ’कर्मा’मा काम गरेर देविका रानीले नयाँ ढोका खोलिन् । यही फिल्ममा उनले पहिलो पटक अंग्रेजीमा एउटा गीत पनि गाइन् ।

एक्ली देविका रानीलाई कम्पनी सञ्चालन गर्न सकस भइरहेको थियो । उनलाई बुझ्न एउटा जीवनसाथी पनि चाहिएको थियो ।

अमर प्रेम
सन् 1943 मा रिलिज भएको ’हमारी बात’ देविका रानीले अभिनय गरेको अन्तिम फिल्म थियो । यही फिल्ममा उनले राज कपूर नाम गरेका नयाँ र बिल्कुलै अनजान युवालाई सानो भूमिका दिएकी थिइन् । यसको एक वर्षपछि देविका रानीले निर्माण गरिरहेको ’ज्वार-भाटा’मा दिलिपकुमारलाई लिएर फिल्म बनाइरहेकी थिइन्, त्यही बेला उनको भेट रूसी चित्रकार स्वितअस्लाफ़ रेरिख़सँग भयो ।

स्वितअस्लाफ़ रेरिख़का पिता निकोलाई रेरिख़ संसारकै चर्चित चित्रकार, लेखक और दार्शनिक थिए । उनलाई रहस्यवादी चित्रकार र लेखक मानिन्थ्यो ।
देविका रानीले आफ्नो फ़िल्मको सेट बनाउन अनौठो चित्रकार खोजिरहेकी थिइन् । स्वितअस्लाफ़ रेरिख़को स्टुडियोमा पुगेपछि भने उनको खोज सकियो । यहाँ बाक्लिएको देविका र रेरिखको भेटपछि एकअर्काप्रति हुरूक्क नै हुन थाले । आफूहरू छुट्टिन नसक्ने महसुस भएपछि दुवैले लुकेर बिहे गरे ।

दुवैको बिहेबारे जानकार शक्ति चन्देलले दुवैको बिहेबारे खुलासा गरेका छन् । कुल्लू मनालीमा दुवैको विवाहको उत्साह मनाइएको थियो । कुल्लु उपत्यकामा ३६५ देउताको प्रतिनिधिका रूपमा देविका रानीलाई मानिसहरूले स्वागत गरेका थिए । त्यहाँका स्थानीयहरूले हर्षोल्लासपूर्वक नाचगान गरिरहेका थिए । जुन पाल्कीमा बसेर देविका रानी पतिसँग बिदा गरे, त्यहाँका स्थानीयले पर र निकै परसम्म फूलहरू बर्साइरहेका थिए ।

बिहेपछि देविका रानीले फिल्मलाई चटक्कै माया मारिन् र चित्रकार पतिसँग कुल्लू उपत्यकामा बस्न थालिन् । त्यहाँ उनले चार वर्ष बिताइन् । त्यसपछि रेरिख दम्पति बेंगलुरूतर्फ लागे । कुल्लुका सामान्यजनले सधैँ देविका रानीलाई सम्झिरहे । देविका रानीको हृदयमा पनि कुल्लु उपत्यका सधैँका लागि अंकित गरेर गइन् ।

कुल्लु उपत्यकामा रेरिखका पिता र माता बस्ने गर्थे । उनका भाइ जर्ज पनि त्यहीँ सँगै बस्थे । परिवारमा निकै घनिष्ठता र प्रेम थियो । देविका रानीलाई रेरिखका परिवारले निकै प्यारो गर्थे । स्वितअस्लाफ मेरो पति होइन, ऊ त मेरो साथी हो भनेर गर्व गर्ने गर्थिन्, देविका रानी ।

तातागुनी
दुवैले पछि 1949 लाई सधैँका लागि माया मारे । उनीहरूले कुल्लुभन्दा बेंगलुरूको बाहिरी इलाकामा रहेको तातागुनी भन्ने ठाउँमा बस्न थाले ।

अन्तरराष्ट्रिय रेरिख़ स्मारक ट्रस्टले देविका रानीका रानीका बारेमा लेखेको छः — स्वितअस्लाफ़का लागि जनसम्पर्क गर्ने सारा काम देविकाले सम्हालेकी थिइन् । उनले भारतमा र विदेशमा चित्रहरूको प्रदर्शनी लगाउने गर्थिन् । उनले नै कुल्लू नजिकैको सहरमा एउटा कला प्रदर्शनी थलो पनि बनाएकी थिइन् । पतिको चित्रकारिता कसैगरी रोकिनु हुँदैन भन्ने मान्यता उनी राख्थिन् । ध्यान चित्रबाट नटुटोस् भन्ने उनको मनशायका कारणले नै दक्षिण भारतीय चित्र शृंखलाका अनेकन् सुन्दर चित्रहरू बनाउन रेरिख सफल भए । उनका श्वेत हिम शृंखला र ल्यान्डस्केपहरू बनाएका छन् । उनले पत्नी देविका रानीका पनि अद्भुत पोट्रेट बनाएका छन् । देविका रानीप्रति उनको स्नेह, प्रेम र आत्मियता तिनै पोट्रेटबाट छचल्किन्छ ।

स्वितअस्लाफ़ रेरिख़ले पछि भारतीय नागरिकता लिए र मृत्युपरान्त बेंगलुरूमा नै बिताए । उनको सिर्जनालाई भारतीयहरूले ज्यादै रूचाएका थिए । यसको प्रमाणका रूपमा संसद्को केन्द्रीय हलमा भारतीय राजनेताका तीन पोट्रेट राखिएका छन् । जसमा जवाहरलाल नेहरू, इन्दिरा गान्धी र सर्वपल्ली राधाकृ्ष्णन रहेका छन् ।

दुवै मिलेर कर्नाटक चित्रकला परिषद् स्थापना गरे र सो क्षेत्रको चित्रकारिता उन्नयनका लागि पूरै जीवन खपाए । सन् १९९३ मा रेरिखको निधनको एक वर्षमा देविका रानीले पनि यो संसार छाडिन् । त्यसअघि नै उनको घरमा चोरी हुने, सम्पत्ति कब्जा गर्ने जस्ता अनेकन् क्रियाकलाप भए । उनीहरूको सम्पत्तिको हकदार कोही नभएका कारण कर्नाटक सरकारले अदालतबाट स्वीकृति लिएर आफ्नो भागमा राख्यो ।

उपसंहार
पछिल्लो समय कर्नाटक सरकारले देविका रानी र उनका पतिको तातागुनी क्षेत्रको जग्गा र परिसरमा रहेका विविध भवनलाई संग्रहालय र सांस्कृतिक केन्द्र बनाउन काम गरिरहेको छ ।