साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book

फोटो कविता प्रतियोगिता ६ का लागि कविता आह्वान

Chovar Blues Mobile Size
विमल नेपाल

साहित्यपोस्ट डटकम र विमलफोटो डटकमको संयुक्त पहलकदमीमा जारी फोटो कविता प्रतियोगिताको छैटाैँ संस्करणका लागि कविता आह्वान गरिएको छ ।

अमेरिकाको बोस्टनमा स्थानीय पत्रपत्रिका र अनलाइनहरुका लागि फोटोपत्रकारिता गरिरहेका विमल नेपालले खिचेका तस्बिर हेरी कविता लेख्ने यो प्रतियोगिताका पाँच संस्करण सफलतापूर्वक सम्पन्न भइसकेका छन् ।

छैटौँ संस्करणका लागि तल प्रकाशित तस्बिर हेरी तलको कमेन्ट बक्समा सहभागीहरूले कविता पठाउनुपर्नेछ।

प्रतियोगितामा सहभागी हुनेहरूले यसअघि यसै पेजमा कविता नराखेर फेसबुक, इमेल तथा अन्य माध्यमबाट कविता पठाउनु भएका कारण ती कविता प्रतियोगिताभित्र नपरेको साहित्यपोस्ट डटकमका प्रधानसम्पादक अश्विनी कोइरालाले जानकारी दिएका छन्।

प्राप्त कविताहरू मध्येबाट तीन वटा उत्कृष्ट रचनाहरु चयन गरिनेछ । यसरी हप्तैपिच्छे चयन गरिएका कविताको सँगालोलाई वर्षको अन्त्यमा एउटा फोटो-कविता स‌ंग्रहका रुपमा प्रकाशित गरिनेछ ।

हरेक आइतबार कविताको नजिता प्रकाशन गरिनेछ भने यस प्रतियोगिताका लागि कविता पठाउने मिति आउँदो शनिबार अर्थात् असार १३ गते राति १२ बजेसम्म रहेको छ।

यसपटककाे फाेटाे र कविताकाे विषय रहेको छः विदेशमा नेपाल सम्झेर पाैरख गरिरहेका पाैरखी मन । जसलाइ याे तस्बिरले संकेत गरेकाे छ । 

हेर्नुहोस् तस्बिर र तल…

…कमेन्ट बक्समा कविता पाेस्ट गर्नुहाेस् ।

प्रतिक्रिया
Loading...