साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

फोटो कविता प्रतियोगिता ५ को नतिजा प्रकाशित

साहित्यपोस्ट डटकम र विमलफोटो डटकमको संयुक्त तत्वाधानमा हरेक साता फोटो-कविता आह्वान गरिएकाेमा याे साता निर्णायक मण्डलले प्राप्त कविताहरूमध्ये सर्वोत्कृष्ट चयन गरेको छ ।

तीन सदस्यीय छनोट समितिले तस्बिरका भावनासँग मिल्ने कविताहरू मध्येबाट सर्वोत्कृष्ट कविताहरू चयन गरेको हो ।

प्रतियोगिताको रीत पुर्याई १६ वटा मात्र कविता प्राप्त भएका थिए भने नियमविपरीत १७ वटा थप सिर्जनाहरू प्राप्त भएका थिए । नियम विपरीतका सिर्जनालाई भने प्रतियोगितामा समावेश नगरिएको निर्णायक मण्डलले जनाएको छ ।

bahulako diary small and inside post

कवितालाई प्रथम, द्वितीय र तृतीय भनी वर्गीकरण नगरिएको निर्णायक मण्डलले बताएकाे छ । सबै उत्कृष्ट भएकाले यसाे गरिएकाे निर्णायक मण्डलको भनाइ छ।

याे साता प्रभात रावतको ‘जीवनयात्रा’, दुर्गा गौतमको ‘समय र यात्रा’ तथा रूपा थापाको ‘सूर्योदय र शहर’ सर्वोत्कृष्ट चयन भएका हुन्।

छनोटमा परेका यी कविताहरू आगामी वर्ष साहित्यपोस्टको पहिलो वार्षिकोत्सवमा प्रकाशन हुने फोटोकविता संग्रहमा समावेश गरिनेछ ।

अर्काे फाेटाे-कविता प्रतियाेगिता आजै साँझदेखि शुरू हुनेछ ।

यस्ता छन् पुरस्कृत कविताहरू…।

प्रतिक्रिया
Loading...