गाई हिन्दुहरूको पूज्य प्राणी र नेपालको राष्ट्रिय जनावर हो । हिन्दुहरूले गाईलाई लक्ष्मीको रूपमा मान्ने गर्दछन् । गाईको उत्पति लाखौं वर्ष पहिले ऋषिमुनिको पालामा भएको मानिन्छ । पुरातात्त्विक र आनुवंशिक तथ्याङ्कले देखाउँछ कि गाईवस्तुहरू लगभग १०५०० वर्ष पहिले जङ्गली ओरोकहरू (बोस प्रिमिजेनियस) बाट पालिएको थियो । त्यही समयदेखि मात्रै मानवले धरपालुवाको रूपमा प्रयोग गरिएको हो । नेपालमा २०७५/०७६ को आर्थिक सर्वेक्षणअनुसार ७३,७७,६०५ गाई गोरु छन् । यसमा पनि ७६ % त उन्नत जात अर्थात होलस्टाइन अथवा जर्सीजात र २४ % मात्र रैथाने लोकल गाई रहेछ भने पाइन्छ। त्यसपछि सहि डाटा आएको छैन । गाईका धेरै जात रहेका छन् जस्तै : नौमुठे, अछामी,लुलु, खैला,याक नाक चौरीगाई । यी गाई नेपालमा पाइने रैथाने जात हुन् भने अमेरिका, अष्ट्रेलिया ,बेल्जियम,डेनमार्क ,स्विजरल्यान्ड जर्मनी र नेदरल्यान्ड आदि देशमा जेनेटिक डिस्अडर गरी दुधको उत्पादनको लागि प्रयोगमा ल्याएको गाई भने “होलस्टाइन फ्रेजियन्स” गाई हो । अहिले विश्वमा रहेको गाईमा ९५% होलस्टाइन नै हुन् ।
गाईलाई हिन्दुहरूले लक्ष्मी रूपमा यमपञ्चक अर्थात् तिहारको चौथो दिन कात्तिक कृष्ण औँसी तिथिमा ८४% ओमकार परिवारले गाईको पूजा गरी धुमधामले गाई तिहार पर्व मनाउँछन् । गाईलाई पूजा गर्नाले आमाबाट पाएजस्तै माया पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा रहेको हो । गाईको दूध, गहुँत र गोबर पवित्र हुने भएकाले पनि गाईको पूजा गर्ने गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमलेको निष्कर्ष छ ।
आधुनिक विज्ञानले समेत स्थानीय गोरस विभिन्नि रोगहरुमा अचुक औषधिका रूपमा प्रयोग गर्दा मानव स्वास्थ्यलाई फाइदा पुग्ने भनी अनुसन्धानबाट प्रमाणित गरेपछि गाईको महत्त्व अझ बढेको अनुसन्धानमा संलग्न गोब्रती योगी सोमराजले भन्दै आउनु भएको छ ।
यही तिथिका दिन कृषि कर्म गर्न हलो जोतेर वर्षभर साथ दिने गोरुलाई समेत पूजा गरी मीठो मीठो खान दिने गरिन्छ । गोरुको साथमा जोत्ने हलीलाई समेत पूजा गरी खाना खुवाइने प्रचलनहेको छ । यसैले यो दिनलाई गाईतिहार र हलीतिहार समेत भन्ने गरिन्छ। आज गाई, गोरु र हलीलाई समेत मीठा कुरा खान दिने गरिन्छ ।
लक्ष्मीपूजाको दिन बेलुकी घर घरमा ‘देऊ शुभ’ भनी देउसी खेल्ने गरिन्छ । देऊ शुभ भन्ने क्रममा अपभ्रंश भई देउसी भएको समितिका अध्यक्ष गौतमले भनाइ छ ।
गाईको विविध प्रयोग:
गहुँत :
गाईको पिसाबलाई गौमुत्र अथवा गहुँत भनिन्छ । हिन्दु मान्यताअनुसार गोमुत्रले अपवित्रता नाश गर्छ भन्ने रहेको छ । कुनै पनि धार्मिक कार्यक्रम गर्दा गोमुत्र छर्केर पवित्र गराउने प्रचलन रहेको छ । गाईको गहुँत पवित्र मानिन्छ र हिन्दु धर्मका देव तथा पितृ कार्यहरूमा गौमुत्रको ठूलो महत्त्व छ । हुन त विज्ञानले समेत गहुँतको सेवनले मानिसका विभिन्न रोगहरू निको हुने भएकाले गहुँतलाई औषधि नै मानेको छ । धार्मिक तथा आध्यात्मिक रुपमा महत्त्वपूर्ण मानिएको गाईको गहुँत हुँदा हुँदा आर्थिक रुपमा पनि बहुमूल्य बनेको छ । किनकि गाईको पिसाबमा सुन भेटिएको छ ।
भारतको गुजरातको जुनागढ कृषि विश्वविद्यालयका प्राध्यापक डाक्टर बि ए गोलकियाले गाईको पिसाबमा सुन भेटिएको दाबी गरेका छन् । उनले आफ्नो एक शोधबाट यो प्रमाणित गरेका छन् कि गाईले दुधमात्र होइन सुन पनि दिने गर्छ ।
विश्वविद्यालयको बायोटेक्नोलोजी विभागका प्रमुख गोलकियो आफ्नो ४ वर्षे शोधका दौरान गिर नश्लका ३ सय भन्दा बढी गाईको पिसाबको निरन्तर परीक्षण गरे । गौमुत्रको परीक्षणपश्चात् उनले यो पत्ता लगाए कि गाईको १ लिटर गहुँतमा ३ देखि १० मिलिग्रामसम्म सुन निकाल्न सकिन्छ । उनका अनुसार गहुँतमा लवणको रुपमा सुन पाइन्छ जुन पानीमा घुलनशील हुन्छ । टाइम्स अफ इण्डियामा छापिएको खबरअनुसार शोधकर्ताहरुले क्रोम्याटोग्राफी मास स्पेक्ट्रोमी विधिको प्रयोग गरी गौमुत्रको परीक्षण गरेका थिए ।
शोधकर्ताका अनुसार गाइको साथै उँट, भैँसी तथा भेडाको पिसाब पनि परीक्षण गरिएको थियो । तर अन्यको पिसाबमा सुन भेटिएन, केबल गाइको पिसाबमा मात्र सुन भेटियो ।
साथै शोधकर्ताहरूले गौमुत्रमा ३ सय ८८ प्रकारका औषधीय तत्त्व समेत फेला पारेका छन् । यी औषधीय तत्त्वमा मानिसको शरीरमा लाग्ने विभिन्न खाले रोग निको पार्ने दाबी शोधकर्ताको छ ।
अर्को कुरा गौमुत्र बालीनालीमा प्रयोग गर्दा बालीनालीमा किराफट्याङ्ग्राले नास गर्दैन । फलफुल नाश हुनबाट जोगाउँछ।
गोबर :
गाईको दिशालाई गोबर भनिन्छ । गोबर गाउँघरतिर माटोको घरमा खाना खाइसकेपछि गाईको गोबरले भुइँमा लोटाएर शुद्ध गर्ने प्रचल छ ,अर्को कुरा हिन्दुहरूले कुनै शुभकार्य गर्नुअघि पुजा गर्ने ठाउँमा गाईको गोबरले पोतेर शुद्ध गरिने चलन छ भने कुनै नागपूजा वा देव देवताको पूजा गर्दा गाईको गोबरको कुण्ड बनाई भगवानलाई त्यही कुण्डमा दुध चढाउने प्रचलन छ । कृषकहरूले गोबरलाई कम्पोष्ट मल बनाउन प्रयोग गर्ने गर्छन् । गाईको गोबरबाट रेडियसन चिप बनाइएको छ जुन परिक्षण कालमा छ यो सफल भयो भने अहिले मोकाइलमा फोन आउँदा उत्पन्न हुने रेडिएसन तथा यसले मानव शरीरमा उत्पन्न गर्ने नेगेटिभ ऊर्जा र मुटुको धड्कन मा उत्पन गरेको असरको न्युनीकरण गर्नेछ।
दुध :
दुध हामीले दैनिक जीवनमा प्रयोग गर्ने पौष्टिक पदार्थ हो । दुधले हाम्रो स्वास्थ्यमा निकै फाइदा पुर्याउनुका साथै मष्तिष्कलाई निकै फाइदा गर्छ । यसको दुध हिन्दु परम्पराअनुसार पूजापाठ जस्तैः रूद्री,सत्यनारायण स्वस्थानी आदि देव कार्यमा देवी देवतालाई चढाउनको निमित्त बनाइने पञ्चामृतमा प्रयोग गरिन्छ , कुल पूजा पितृकार्यमा खिर बनाई देवी देवत लाई चढाउन या अर्पने कार्यमा पनि प्रयोग गरिन्छ ।
दुध सेवनपछि निम्न कुराहरू खानु राम्रो होइन,
कालो दालसँग दुध
दहीसँग दुध
मूला, माछामासु जस्ता पदार्थसँग दुध
नुन र करेलासँग दुध
तिलको सेवनसँग दुध
कागतीसँग दुध
सुत्नु भन्दा अघि तातो दुध
गौ दान:
हिन्दु संस्कारअनुसार विवाहमा कन्या दानसँगै गाई दान रूपमा दाइजो दिने प्रचलन रहेको छ । यसको अर्थ छोरीलाई पराइ घरमा कुनै पनि संकटमा नपरून् भन्ने हो । अर्को कुनै व्यक्ति अन्तिम प्राण जानू पुर्व, मृत्यु संस्कारमा १३ दिने कार्य, वाषिर्की कार्यमा गाईदान दिने प्रचलन रहेको छ ।
साढे र गोरू :
गाईको बाच्छो ठुलो भएपछि साढे र गोरु भनिन्छ । हिन्दु शास्त्रअनुसार यसलाई गोवर्धन भनिन्छ, यसलाई यमपञ्चकको पाचौँ दिन अर्थात कात्तिक शुक्ल प्रतिपदाको दिन पूजा गर्ने गरिन्छ ।
अर्कोतिर शिवभक्तहरूले यसलाई शिवजी सम्झेर पूजा गर्ने गर्छन् । कृषक शब्दमा यसलाई गोरु भनिन्छ । यसलाई कृषक वर्गहरूले जोत्ने काममा प्रयोग गर्दछन् । तर शिवको मन्दिर भएको ठाउँमा गोरूलाई जोत्नु हुँदैन भन्ने मान्यता छ । काठमाडौँ उपत्यकामा पशुपतिको मन्दिर छ, जहाँ भगवान शिवका १०८ ओटा अवतार रहेकोले यहाँ चाहिँ गोरु जोतिँदैन, किन कि साढे शिवका अवतार हुन् । त्यसैले जोत्नु हुदैन भन्ने मान्यता रहेको छ । अन्य पहाडी भेगमा भन्ने जोत्न प्रयोग गरिन्छ ।
मासु:
पश्चिमेली देश जहाँ गैरहिन्दुहरू बस्छन् त्यहाँ उनीहरूले विकशित जातको गाई अर्थात जुरो नभएको गाईपालन मासुको लागि पनि प्रयोग गरिन्छ ।
गाइजात्राको अर्थ र इतिहास :
गाईजात्रा के हो ?
संस्कृतिविद् तेजेश्वर बाबु ग्वंगः पछिल्ला वर्षहरूमा गाईजात्रालाई हास्यव्यङ्ग्यसँग बढी जोडिए पनि यो पर्व त्योभन्दा बृहत् रहेको बताउँछन् । उनले भने, “हिन्दू धर्ममा गाई पवित्र जनावर हो । हाम्रो दिवङ्गत आफन्तको नाममा गाईलाई पूजा गरेर उसको पिठिउँमा पहेँलो वस्त्र लगाइदिएर घुमाउने गरिन्छ । मृतकको आत्माको शान्तिको कामना गर्दै यो पर्व मनाइएको हो ।”
नेवारी भाषामा यो पर्वलाई ‘सापारू’ भनिन्छ । ‘सा’ को अर्थ गाई र ‘पारू’ को अर्थ प्रतिपदा तिथि हो जुन दिन यो चाड मनाइन्छ ।
संस्कृतिविद् ग्वंगःका अनुसार गाईजात्रा मनाउने क्रममा वर्षभरि ज्यान गुमाएका आफन्तहरूको सम्झनामा विम्ब खडा गर्ने परम्परा छ । उनी भन्छन्, “भक्तपुरमा बालबालिकाको मृत्यु भएको छ भने केटा मर्दा केटाको लुगा र केटी मर्दा फरिया डोकोमा बेरेर गाईको चित्र र त्यसमा परालको सिङ गुथेर सिन्दुर, टीका र मालाले पूजा गरिन्छ र नगर घुमाउन लैजाने चलन छ । यमलोकमा कसैले कसैलाई नछेकून् भनेर त्यसलाई मुकाबिला गर्न यहाँको टोलटोलका मान्छेहरू घिन्ताङघिसी भन्ने नाच नाच्छन् ।”
गाईजात्राको इतिहास कस्तो छ ?
संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार अभिलेखहरूले नेपालमा लिच्छविकालदेखि नै गाईलाई उच्च महत्त्व दिने गरिएको देखाएको बताए । उनका अनुसार मध्यकालीन धार्मिक, सांस्कृतिक जीवनमा अलौकिक शक्तिको महत्त्व बढेसँगै चाडका रूपमा गाईजात्राको महत्त्व पनि बढेको थियो । उनी भन्छन्, “लिच्छविकालको अभिलेखमा साँढे जुधाएर गरिने जात्राको उल्लेख भएको हामी पाउँछौँ । मलाई लाग्छ अंशुवर्माको मुद्रामा दुध चुसिरहेको बाच्छो देखाइएको छ । त्यसले हाम्रो धार्मिक सांस्कृतिक जीवनमा गाईको महत्त्व कति छ भन्ने देखाउँछ ।
गाईजात्राः
उनले ६०० वर्षअघिको गोपालराज वंशावलीमा ‘सायात’ भन्ने शब्द उल्लेख गरिएको भन्दै ‘सा’को अर्थ गाई र ‘यात’ को अर्थ जात्रा भएको बताए । त्यसबाहेक भक्तपुर दरबार क्षेत्र परिसरमा रहेको जितामित्र मल्ल र भूपतिन्द्र मल्ल राजाका शिलालेखमा पनि यो जात्राको चर्चा गरिएको उनको भनाइ छ । राजा प्रताप मल्लको पालामा आएर गाईजात्राको विधिविधान थपिदिएको हुनसक्ने उनको विश्वास छ ।
उनले भने, “एउटा धार्मिक आस्था के छ भने गाईजात्राको दिनमा गाईको पुच्छर समातेर वैतरणी नदी पार गर्दा स्वर्गमा पुगिन्छ भन्ने मान्यता पनि छ । बाँचेकाहरूको भलो होस् र मरेकाहरूको पनि मोक्ष प्राप्ति होस् भनेर मनाइने जात्रा हो यो ।”
गाई : पवित्र र समृद्धिको प्रतीक किन ?
गाईलाई हिन्दु समुदायमा माता र लक्ष्मीका रूपमा लिइन्छ । अरु घरपालुवा जनावरभन्दा विशिष्ट मानिन्छ । किन त ? ५ हजार वर्षअघि सिन्धु नदीको आसपासमा अन्य घरपालुवा पशुका साथै गाईपालनको पनि चर्चा गरिएको छ ।
त्यही सिन्धुबाट डाडो भाषामा लिपी मिलाई हिन्दु धर्म भन्न थालिएको थियो, जुन आजसम्म हामी हिन्दु भन्छौँ तर “हिन्दु धर्म” होइन “वैदिक सनातन धर्म ” हो हिन्दुको असली नाम चाहिँ। वैदिक कालमा गाईको आर्थिक र सामाजिक मात्र नभई धार्मिकरूपमा ज्यादै महत्व थियो । त्यसबेला यी पशु नै मानिसको धन दौलत तथा समृद्धि मापनको आधार थिए । जोसँग धेरै पशु हुन्थ्यो उसको सामाजिक प्रतिष्ठा र इज्जत धेरै हुन्थ्यो । धेरै धनी व्यक्तिलाई संस्कृतमा गोपति (अर्थात् गाईहरुको मालिक) भनिन्छ । राजाहरुले हात्ती, घोडा र गाई जस्ता पशु उपहार वा दानको रूपमा दिने गर्थे । दुध, दही, घिउ आदि हिन्दुहरुको सबै प्रकारका धार्मिक कार्यमा नभई हुँदैनथ्यो । वेदमा गाई, गोरु र साँढेको उल्लेख अरु जनावरभन्दा धेरै भएबाट पनि वैदिक कालदेखि नै हिन्दुले गाईलाई विशेष महत्त्व दिने गरेको बुझिन्छ ।
गाईलाई पवित्र मानी पूजा गर्ने चलन भने करिब २५०० वर्षअगाडिदेखि सबल हुँदै गएको मान्न सकिन्छ । छान्दोग्य उपनिषद्मा अहिंसाबारे बयान गरिनु र पुरानो वैदिक विश्लेषण कमजोर हुँदै गएपछि गोवधलाई हिन्दुहरुले निषेध गर्दै गएको देखिन्छ । हिन्दु धर्ममा अहिंसाले थप स्थान पाउनमा बुद्ध, जैन र कृष्णका उपासक तथा अनुयायीहरूले गहिरो प्रभाव पारेपछि भने गोवधलाई जघन्य पापका रूपमा व्याख्या गर्न थालेको प्रतीत हुन्छ । संहारकर्ता शिवको बाहन नन्दी अर्थात साँढे हरेक शिव मन्दिर अघितिर राखिनु, भगवान कृष्णलाई गाईपालक अर्थात गोपालवंशी भनिनु र नेपालको इतिहासमा गाईपालकहरुले राज्य गरेको इतिहास भेटिनुले नेपाली हिन्दु समुदायमा गाईको धार्मिक महत्त्व अत्याधिक रहेकोमा सन्देह रहँदैन । गाईलाई राष्ट्रिय जनावरका रूपमा व्याख्या गरिनुले यसलाई कति महत्त्व दिइएको थियो भन्ने कुरा ज्ञात हुन्छ । अर्कातिर पश्चिमा विद्वान्हरुले प्राचीनकालमा हिन्दुहरुले पनि गाईको मासु खाने गर्थे भन्ने प्रमाण पेश गरेका छन् । रिग्वेद ८.४३.११ मा गाई र गोरुको बलिदिने विषय उल्लेख छ । अमरनाथ पाल (१९९६) का अनुसार उत्तरवैदिक कालमा हिन्दुबीच पाहुनालाई गोरु काटेर खुवाउने चलन थियो । अमरनाथको यो विश्लेषणलाई लोड्रिक (२००५)ले आफ्नो अनुसन्धानमा पुनर्पुष्टि गर्दै हिन्दुहरुले गाईलाई लक्ष्मीको स्वरूप, माता मान्ने प्रचलनको प्रारम्भ इशाको चौथो शताब्दीदेखि प्रारम्भ भएको व्याख्या गरेका छन् । डा. उमेशचन्द्र पाण्डेयले आफ्नो पुस्तक गौतमधर्मसूत्राणी (संवत् २०६९०) मा हिन्दुहरुले गाई र गोरुको मासु खान्थे भन्ने कुराको खण्डन गरेका छन् । जे भए तापनि हिन्दु समाजमा गाईको ठूलो महत्त्व थियो भन्ने विषयमा दुई मत छैन ।
इशाको १००० तिर गाईलाई पवित्र मान्ने चलन ज्यादै सुदृढ भएको बुझिन्छ । यो विश्वास कति बलियो थियो भन्ने कुरा चौधौँ तथा पन्ध्रौँ शताब्दीमा भारतका मुस्लिम शासक बाबर तथा अकबरले समेत गाई काट्ने प्रचलन रोक्ने कानुन निर्माण गरेबाट पनि बुझ्न सकिन्छ । भारतका शासक सिवाजी (ई. १६२७–१६८०) ले गोवध रोक्ने अभियान चलाउँदा उनलाई करोडौँ हिन्दुले समर्थन गरेका थिए । गाईलाई उनीहरुले आफ्नो पहिचान, प्रतिष्ठा र सभ्यताको द्योतकका रूपमा लिएका थिए । गाई सामाजिक/सांस्कृतिकरूपमा विवादित विषय पनि हो । गाईको मासु खानु पाप हो भनेर विश्वास गर्ने हिन्दु र गाईको मासु खाने समुदायबीच हजारौं वर्षदेखि यसले राजनीतिक, साम्प्रदायिक तथा सामाजिक द्वन्द्व सिर्जना गर्ने विषय पनि बनेको छ । नेपालमा पनि गाई मारेको विषयमा हिन्दु र गैरहिन्दुबीच समय /समयमा झडप हुँदै आएका छन् ।
गाईको दूध, घिउका साथै यसको पिसाब अर्थात् गहुँत र गोबरलाई हिन्दुले आफ्नो दैनिक जीवनमा शुद्धीकरण गर्ने वस्तुका रूपमा प्रयोग गरेको देखिन्छ । गोबरले आफ्नो भान्सा वा चुलो दैनिक लिपेर सफाइ गर्ने, कुनै पनि अशुद्ध हुने क्रियाकलाप जस्तै जुठो परेको, सुतक परेको आदि अपवित्र हुने क्रियाकलापपछि गहुँत प्रयोग गरी शुद्धीकरण गर्ने काममा प्रयोग गरिन्छ । गाईलाई मातृत्व, धन र प्रतीकात्मकरूपमा लिने गरिन्थ्यो । यसलाई जे मागे पनि दिनसक्ने वस्तु अर्थात कामधेनुका रूपमा बयान गरिएको पाइन्छ । महाभारतमा वर्णन गरिएअनुसार दक्षले सबै जीवजन्तु सृष्टि गरेपछि खानेकुरा हाहाकार भयो । सबै प्राणीलाई खाना उपलब्ध गराउनका लागि उनले अमृत पान गरेपछि उनको मुखबाट सौरभी नामको गाई सृष्टि भएको उल्लेख छ । कृष्ण भगवानले भन्नुभएको छ– हामी गाईका गोठाला हौँ, गाई नै हाम्रो धन हो र हामी यसैको उपासना गर्छौं । (हरिवंश पुराण २.१६.२) बाल्यकालमा गाईको मख्खन चोरेर खाएको, युवावस्थामा गाईको अगाडि बसेर कृष्णले बाँसुरी बजाइरहेको चित्रहरु जताततै देख्न पाइन्छ । यसबाट पनि कृष्ण र गाईको ज्यादै नजिकको सम्बन्ध प्रष्टिन्छ । यसबाट महाभारतकालमा नेपाललगायत भारत वर्षमा गाईलाई ज्यादै महत्त्व दिइएको पुष्टि हुन्छ ।
गाई संरक्षण र यसको मासु खान गरिएको बन्देज खासगरी माथिल्ला भनेर चिनिने जातिहरुको हकमा मात्र कडाईका साथ लागु गरिएको पाइन्छ । गैरहिन्दु जाति खासगरी बौद्ध, मुस्लिम तथा क्रिश्चियन आदि धर्म मान्ने समुदायसमेत बसोबास गर्ने नेपाली समाजमा गाईको मासु नखाने चलन माथिल्ला जातिका हिन्दुहरुको हकमा मात्र कडाइका साथ लागु गरिएको संकेत मिल्छ। विविधतायुक्त हिन्दु समाजका तल्लो जाति भनेर वर्गीकरण गरिएका व्यक्तिहरुलाई भने गाई र गोरुको मासु खाने प्रचलन कायमै रहेबाट पनि यो कुरालाई बल प्रदान गर्छ । हिन्दुको गाईलाई संरक्षण गर्ने प्रतिबद्धतामा गान्धीले भनेका थिए– हिन्दुहरुको क्षमता उनीहरुको गाई संरक्षण गर्ने क्षमताबाट देख्न सकिन्छ त्यसैले हिन्दुले गाईको संरक्षण गर्नुपर्छ (लोड्रिक,२००५)। फ्रेडरिक एस.सिमोन (१९७९)ले आफ्नो लेखमा मानवशास्त्री मार्भिन ह्यारिसले प्रस्तुत गरेको गाईसम्बन्धी मार्क्सवादी विचारलाई उल्लेख गदै हिन्दुको गाई संरक्षण धार्मिकभन्दा आफ्नो वातावरणसँगको अनुकूलनको प्रक्रियाका रूपमा व्याख्या गरेका छन् । उनले हिन्दुहरु बसोबास गर्ने स्थानमा गाईको उपलब्धता, त्यसको उपयोगिता र मानिसको दैनिक जीवनमा गाईले दिनसक्ने योगदानका आधारमा गाईको संरक्षण गर्ने हेतुले यसलाई पवित्र मानेको तर्क पेश गरेका छन् ।
ऋषिमुनिहरू प्रयोग गरिएको गाई :
आज विश्वमा धेरै थरीका गाईको विकास भएका छन् तर जुन हिन्दु धर्म शास्त्रमा ऋषिमुनिहरूले प्रयोग गरिएको गाईको जुरोवाला,सिङ्भएको र पुच्छर पनि लामो उसको उचाइ जति नै हुन्थ्यो ।
जुन प्राकृतिक रूपमा गर्भधार गरेकोलाई मात्र मान्यता दिइन्छ अहिलेका जुरो नभएका गाईको भने खासै अस्तित्व छैन किनकि अहिले सबै आटिफिसियल गर्भधार र जिनमा पुरै परिवर्तन गरिएको छ । तर हामी आज त्यसैको गहुँत ,गोबर र दुध प्रयोग गर्छौ देवकार्यमा त्यो एउटा कथन “नभएको मामाभन्दा कानो मामा जाती भनेझैँ मात्र हो ।” यो जुन जुरो भएको गाईमा जो जो तत्त्व पाइन्छ अहिलेको होलिस्टे गाईबाट त्यो प्राप्ति हुँदैन किनकि यसमा फटिलाईजेसनमा डिस्अडर गरिको छ ।
गाईको वैज्ञानिक महत्व :
१) गाई धर्ती एकमात्र त्यस्तो प्राणी हो, जसले अक्सीजन ग्रहण गरेर अक्सीजन नै छोड्छ ।
२) गाईको मुत्रमा सुन, तामा, क्याल्सियम, पोटासियम, सोडियम, नाइट्रोजन, फास्फेट आदि लगभग २४ तत्त्व हुन्छन्।
३) गाईको दुधमा रेडियो विकिरणबाट रक्षा गर्ने सबभन्दा अधिक शक्ति हुन्छ ।
४) गाईको दुधले हृदयको रोगबाट बचाउँछ।
५) गाईको दुधले स्मरण शक्ति बढाउँछ ।
६) गाईको गोबरमा हैजाका कीटाणुलाई नष्ट गर्ने शक्ति हुन्छ ।
७) गाईको गोबरको गन्धले अन्य रोगका कीटाणु पनि मर्छन्।
८) गाईको एक तोला घिउबाट यज्ञ गर्दा १६०० किलो अक्सीजन निर्माण हुन्छ ।
९) गाईको दुधमा केरोटिन नामक पदार्थ अधिक हुन्छ जसले आँखाको ज्योति बढ्छ ।
१०) गोबर पिला, दाद, लुतो, घाउ, खटिरामा लाभदायक हुन्छ।
११) केवल एउटा गाईको गोबरबाट प्रतिवर्ष लगभग ३० देखि ४५ हजार किलो बायोग्यास प्राप्त हुन्छ ।
१२) दुध दिने बेला गाईको मुत्रमा लैक्टोसको वृद्धि हुन्छ, जुन हृदय रोगका लागि लाभदायक हुन्छ।
१३) गाईको दुध चिल्लो रहित तर शक्तिशाली हुन्छ, यो जति खाए पनि मोटोपन बढ्दैन र यो स्त्रीहरुको प्रदर रोगमा पनि लाभदायक हुन्छ ।
१४) गाईको गोबरको गुइठा जलाउँदा झिङ्गा, लामखुट्टे आदि कीटाणु भाग्छन् र दुर्गन्ध पनि नाश हुन्छ।
१५) गौ-मूत्र बिहान खाली पेट सेवन गर्नाले क्यान्सर जस्तो घातक रोग पनि ठीक हुन्छ।
१६) गाईको गोबरमा विटामिन बी-१२ प्रचुर मात्रामा पाइन्छ, यसले रेडियोधर्मितालाई पनि सोस्छ।
१७) गाईको शरीरलाई प्रतिदिन १५-२० मिनेट जति हातले मुसार्ने गर्दा उच्च रक्तचाप एकदम ठीक हुन्छ।
१८) गाईको शरीरबाट निस्कने सात्विक तरंगले आस-पासको वायुमण्डललाई प्रदूषण रहित बनाउँछ।
१९) गाईको शरीरबाट प्राकृतिक रूपमा गुगलको सुगन्ध निस्कन्छ।
२०) गाई या त्यसका बाच्छा-बाच्छी रमाउँदा निस्कने आवाजले मानसिक विकृति तथा त्यस्तै खाले रोगलाई नष्ट गर्दछ।
२१) यी सबै तथ्यहरुको पुष्टि जर्मन कृषि वैज्ञानिक डा. जुलिशुस एवं डा. बुक द्वारा गरिसकिएको छ।
२२) अमेरिकन वैज्ञानिक जेम्स मार्टिनका अनुसार गाईको गोबर एवं शर्करा युक्त कार्बनिक पदार्थलाई समुद्रको पानीसँग मिलाएर त्यस्तो रसायन बनाइन्छ जसले बञ्जर भूमिलाई पनि हरा-भरा गरिदिन्छ र सुख्खा पानीको या तेलको कुवामा पनि पुनः पानी या तेल आउन सुरु हुन्छ ।
२३) इटलीका वैज्ञानिक प्रा. जे. ई. बिग्रेडले गाईको गोबरबाट अनेकौं प्रयोग गरेर सिद्ध गरेका छन् कि गाईको गोबरबाट अनेकौं असाध्य रोगहरु ठीक हुन्छन्।
२४) शास्त्रीय मान्यताअनुसार यदि घरको मुल ढोका अगाडि गाई बाधिएको छ भने त्यस घरमा कुनै पनि भुत, प्रेतले प्रवेश गर्दैन भनिन्छ ।
हाम्रा ऋषिमुनिहरुले लाखौँ वर्ष पहिले नै यी सबै प्रयोग गरेर सिद्ध गरेका थिए तर विडम्बना नै भनौँ, हामीले त्यो सब बिर्सियौँ र बेच्यौ सक्यौँ र ऋषि मार्गलाई त्यागिसक्यौँ ..! त्यही ऋषि परम्परालाई पुनः स्थापित गर्नु पर्ने आजको प्रमुख आवश्यकता हो..!
“हाम्रो संस्कार रहेमात्र हाम्रो मौलिक परिचय रहने हो।” मौलिक परिचय रहे मात्र नेपाल हुने हो, नेपाल रहेमात्र नेपाली हुने हो त्यसैले आफ्नो अस्तित्वलाई स्वीकारौँ पहिले, संस्कार र संस्कृति जोगाऔँ । त्यसपछि आफ्नो आफ्नो वर्ग संघर्षको विद्रोह गरौँला । यो संस्कारलाई समापनको निमित्त विश्वमा धेरै प्रोर्जेक सञ्चालन भएका छन् जस्तै: जोसुवा प्रोर्जेक१/ २, एपेक, आर एस एस र अरू धेरैले संस्थाले ठूलै लगानी गरेका छन् । यसलाई हामीले बेलैमा बुझेनौँ भने हाम्रो सभ्यतामाथि नै हमला गर्नेछन् विश्वका पुँजीपतिहरूले । अबको तेस्रो विश्व युद्ध भनेकै सभ्यताको युद्ध हो । यसलाई विश्व जगतका सनातन धर्मालम्बीहरूले मनन गर्नुपर्ने बेला आएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।