भनिन्छ, कलाकृति भावको प्रदर्शन हो, अर्थात आफ्नो संवेदना, आफ्नो विचारलाई रेखा र रङको माध्यमले व्यक्त गर्नु हो। तर कसरी ? हेर्ने हो भने “हेर्नु” कुनै पनि चीजको उत्पत्तिको कारण हुन्छ, त्यो उत्पत्ति जो कसैद्वारा गरिएको हो। कलाकृति होस् वा हाम्रो व्यक्तिगत जीवनको जे पनि। सबै हेर्नबाट प्रारम्भ भै अगडि बढ्छ। ‘नेपालका देवीदेवताहरू’ नामक कला प्रदर्शनी चलिरहँदा नयाँ पुस्ताका युवायुवतीहरू स्वयंसेवकका रुपमा अवलोकनकर्ताहरूको जिज्ञासालाई मेटन मद्दत गरिरहेका थिए। चित्रअगाडि उभिएर ब्रह्माण्ड उत्त्पतिको कथा दर्शकमाझ सुनाइरहेका थिए, “युगौंयुगसम्मका लागि सम्पूर्ण ब्रह्माण्ड र आकाशगंगाहरूमा, अन्धकार, पूर्ण अन्धकार र मौनता थियो। यस शून्यमा प्रकाश र जीवन ल्याउन उत्प्रेरणाको कथा, ॐ को गहिरो गुंजकारी, सुखदायक आवाज उठ्यो र फैलियो ।”
आम जनभावअनुसार हामी कला बुझ्दैनौं, कलालाई कसरी बुझ्ने भने प्रश्न समान्य हुन्। हुन त कला प्रदर्शनीलाई बुझ्न दर्शकलाई प्रदर्शनीलाई विभिन्न खण्ड तथा उपखण्डमा हेर्नुपर्छ। जसले कला र कलाकारको सृजनलाई बुझ्न सहयोग हुन्छ। कलाकारहरूद्वारा आफ्नो रचनात्मकतालाई प्रदर्शन गर्दा, एउटा कथाजस्तो जनसमक्ष आउँछ, जसमा कला रस र कलाको बुझाई दृष्टि आकारको हुन्छ।
कलाकारको रचनात्मक दृष्टिकोणलाई सही परिप्रेक्ष्यमा हेर्न सकोस्। कसैको आगमनको पदचाप बिस्तारै नजिकिदै जाँदा, उसको ठूलो स्वर पनि कानमा गुन्जायमान हुन्छ। हुन त प्रदर्शनी सम्पन्न भएको छ। नेपाल आर्ट काउन्सिल र नेपाल हस्तकला महासंघको वार्षिक उत्सवको अवसरमा काठमाडौँको बबरमहलस्थित नेपाल कला परिषद्मा मध्य मङ्सिर महिनादेखि सुरू भएको प्रर्दशनी मसान्तसम्म चलेको थियो।
अचेल कला प्रदर्शनी तथा आर्ट एन्ड लिट्रेचर फेस्टिभल कार्यक्रमहरुमा, टक शो आयोजित हुने गर्छ। प्रायः सामूहिक र एकल कला प्रदर्शनीलाई प्रत्येक सप्ताह कलाप्रेमी नयाँ -नयाँ प्रारूपमा हेरी आनन्द उठाई रहेका छ्न्। धेरैभन्दा धेरै प्रदशर्नी हेर्दा यो अनुभव हुन्छ कि शुरूदेखि अन्त्यसम्म जब कलाकार, कलाप्रेमी, कला समीक्षक र दर्शक कुनै पनि प्रदशर्नीलाई हेर्दा, उसको बौद्धिक कलात्मकता र रचनात्मकतामा वृद्धि भएको अनुभूति हुन्छ। कुनै प्रदर्शनी वा टक शो हेर्न हामीलाई जुन आनन्द र अनुभव हुन्छ, त्यो प्राप्त गर्न हामीले कति समय खर्चियौं, भन्नेमा निर्भर गर्छ। यदि तपाईं त्यो कला वा प्रदर्शनी हेरेर आनन्द लिँदै हुनुहुन्छ भने, प्रदर्शित कलाकृतिमा ध्यान केन्द्रित गर्दै हुनुहुन्छ र प्रत्येक चित्र र त्यसको चित्र संरचनालाई बुझ्ने कल्पना गरिरहनु भएको छ भने प्रदशर्नी हेर्न र टक शोमा सुनिने त्यो शब्द र रचनात्मकतालाई मात्र समृद्ध गर्दैन, कलात्मक दिमागको रचनात्मक मांसपेशीलाई व्यायाम पनि गराउँछ।
कला दीर्घामा वैष्णव र विष्णु अवतार, शैव, शक्ति, बुद्ध र पञ्च बुद्ध, शाक्यमुनि बुद्धको जीवनसँग सम्बन्धित चित्र प्रदर्शन गरिएको थियो। यस्तै हिन्दू र बौद्ध धर्मका आधारभूत सिद्धान्तहरू, अस्त्र देवताहरू, लोकेश्वर, सम्भर र योगिनी, तारा, सिद्ध पुरुष, महाकाल, भैरव तथा अन्य बौद्ध देवताहरूको प्रतिमा प्रदर्शित थियो।
प्रदर्शनीमा विभिन्न देवीदेवता शीर्षकको कला राखिएको छ। यसले नेपाली कला, संस्कृति र धर्मको संरक्षण तथा सम्वर्द्धन गर्न र नयाँ पुस्तालाई हाम्रो धर्म र संस्कृतिको बारेमा जानकारी दिने यो प्रदर्शनीको उदेश्य थियो। प्रदशर्नीको क्यूरेटर स्वस्ति राजभण्डारीले जानकारी दिइन्। आजको पुस्ताले आफ्नो जेठो पुस्ताबाट सुनेका पौराणिक धर्मग्रन्थ तथा महाकाव्यका कथाहरूलाई सुनेका र किताबमा पढेको र जिज्ञासालाई मेटे। प्रस्तुत कलाकृतिमाथि केहीले स्वयं कलाकारसँग त केहीले स्वयंसेवकसँग विमर्श गरे र मंत्रमुग्ध भै बुझ्ने प्रयास गरे। आफ्नो रुचिअनुसार आफूलाई छुट्टाछुट्टै चरित्रमा छुट्टाछुट्टै कालखण्डमा आफूलाई राखेर हेरे। आफ्नो वरपरको सानो संसारमा, विशाल मञ्चमा चित्रित घटना र पात्रलाई नियाले। काठ, धातु, ढुङ्गा कुँदिएको देवीदेवतालाई संग्रह गरी बुझाइएको विस्तृत इतिहासमा रामायण, महाभारतको दृश्यले आमजीवनमा सृजित विभिन्न व्याख्या, महाकाव्य र उसको पात्रको विश्लेषण गरी बुझ्ने प्रयास गरे।
हुन त प्राचीन पूर्वीय कला र आधुनिक यूरोपीय कलाको दृष्टिकोणमा तथा कलात्मक सृष्टिको तत्त्वमा भिन्नता छ। पूर्वीय कलामा जातीय अभिव्यक्ति र सौन्दर्यानुभूति हुने गर्छ । यहाँ प्रदर्शित चित्रकारहरूको प्रदर्शित चित्रमा तिनको व्यक्तिगत रूपले रचनात्मकता र पहिचान अभिन्न छ। चित्रकारले कलाको सन्दर्भमा संवेदनशील भावको माध्यमले आफ्नो वैचारिक रचनात्मकता चित्रित गरे। प्राचीन एवं मध्ययुगीन कलाको प्रतीकात्मक र पात्रको विभिन्न पक्षमा विस्तृत आधार स्तम्भलाई सजीव अंकन गरी, उसमा निहित भाव र अर्थ हामीलाई बुझाए।
चित्रकार नगेन्द्रप्रसाद पौड्यालको “फिलोसफी” चित्रकृति प्रस्तुत प्रदर्शनीमा उम्दा चित्रकार नगेन्द्रप्रसाद पौड्यालले आफ्नो चित्रकर्मको क्रममा “फिलोसोफी” शीर्षक श्रृङ्खलाअन्तर्गत गरी सन् २०११ मा सिर्जना गरेका चित्रहरूमध्येका हुन् । “फिलोसफी” शीर्षककै चित्रकृति कपडाको चित्रपटमा एक्रेलिक रङ माध्यमबाट सिर्जना गरिएको छ र यो ३३ इञ्च गुणन ४४ इञ्च नापको रहेको छ। पौड्यालको उक्त चित्र समग्रत: खैरो-पहेंलो चित्रपटका रूपमा आएको देखिन्छ।
मूर्तको अर्थ हो जो देखिन्छ, जसलाई हामी हेर्न सक्छौ रअमूर्त? त्यो हो जसलाई हामीले हेर्न सक्दैनौ। जसको कुनै आकर हुँदैन, त्यो निराकार हो। हेर्नको लागि मात्र दुई विकल्प, प्रत्यक्ष र परोक्ष, मूर्त र अमूर्त। प्रत्यक्ष नै मूर्त हो र परोक्ष अमूर्त। मूर्त बाहिर को यात्रा हो, भने अमूर्त भित्रको। भित्रको यात्राको लागि बाहिरकोलाई छोड्नु पर्छ अनि मात्र हामी अमूर्तलाई हेर्न सक्छौँ ।
पौड्यालका चित्रहरू मूलतः पूर्वीय र पाश्चात्य सभ्यता-मान्यताका दार्शनिक तथा तिनद्वारा स्थापित परिभाष्य बिम्ब एवम् प्रतीकहरूलाई ग्रहण गरेर सिर्जना गरिएका पाइन्छन्। उनका यी चित्रहरूमा यथेष्ठ मात्रामा पराशक्तिय पारिस्थितिकी, परावर्तन र सोही अनुरूपको खगोलीय सादृष्य समेतको प्रस्तुति रहेको पाइन्छ। पूर्वीय तथा पाश्चात्य मान्यताका दार्शनिकीहरू, देवीदेवताहरू, तिनले प्रयोगमा ल्याएका प्रतिकाकृतिहरू, बिम्बीय उपकरणहरू तथा हावभावहरू पौड्यालका चित्रीय उर्वराका स्रोतका रूपमा रहेका पाइन्छन्। यी सबै गर्दै यिनै चित्रहरूमार्फत पौड्यालले आफ्नै चिन्तन-कोण र दार्शनिकीको विकासको प्रयास गरेको पाइन्छ।
भनिन्छ, “मूर्तबाट अमूर्तको उत्पत्ति हुन्छ” अमूर्तलाई हेर्ने रहस्य हो। अमूर्त एक उच्च आयाम हो, चौथो आयाम र चौथो आयाम नै समय हो। जसलाई हेर्न सकिन्न। एउटा कुरा अरु, बिना समय ठाउँको कल्पना गर्न सकिँदैन र बिना ठाउँको समयको अवधारणा हुँदैन। तसर्थ समय र ठाउँ यानी टाइम र स्पेस दुवै सँगसँगै रहन्छ। टाइम र स्पेसको सिद्धान्त यसैमा आधारित छ। यसरी पौड्यालले यस श्रृङ्खलाका चित्रहरूमार्फत पूर्वीय तथा पाश्चात्य दार्शनिकीलाई आफ्नो प्राज्ञिक प्रतिभामार्फत मौलिकीकृत र प्रकाशित गर्ने कार्य गरेको पाइन्छ।
प्रस्तुत प्रदर्शनीमा प्रस्तुत पौड्यालको चित्रमा उज्याँलिदो खैरो-पहेंलो रङको पृष्ठाकासमा तीनवटा देदिप्यमान सूर्यलाई प्रस्तुत गरिएको छ, जसको आधार-धरामा कागजका पानाहरूलाई ठूलोबाट साना गर्दै आकासिदो संयोजनमा चित्रित गरिएको छ । लोक कला, चाहे आदिवासी, सांप्रदायिक या शास्त्रीय, सधैं एक सामुदायिक गतिविधिको रूपमा या कुनै विशेष समुदायको शिल्पी द्वारा गरिने अभ्यास, एउटा विशेष शिल्प कौशलको रूपमा देखिएको छ। कलाकारको एक अर्को संग कलाकर्म र धारणा भिन्न हुन सक्छ, यो कला संग रचनाकारको विलय हो। जसलाई व्यापक सामाजिक संदर्भ दिईन्छ। प्रायः सूर्यलाई प्र्स्स्तुत गर्दा एउटा सूर्य मात्र चित्राकित गरिन्छ। तर यहाँ तीन सूर्यका मार्फत चित्रकारले पूर्वीय दर्शनका उत्कर्ष मानकहरू ब्रह्म्ह, विष्णु र महेश्वरलाई सुदृढ आत्मविश्वास तथा परिपक्व रङ्गशिल्पिका साथ परावर्तित गरी प्रस्तुत गरेको देखिन्छ। भने, आधार-धरामा ठूलोबाट साना गर्दै आकासिदो संयोजनमा प्रस्तुत रहेका कागजका पानाहरू पूर्वीय दार्शनिकी-ग्रन्थ र दस्तावेजहरूका रूपमा बिम्बित गरिएको देखिन्छ ।
हुन पनि सूर्यलाई संसारभरीका कुनै पनि धर्म र सम्प्रदायले सर्वोच्च पराशक्तिका रूपमा स्वीकार गरेको पाईन्छ। चित्रमा पौड्यालले सूर्यलाई सभ्यताकै सर्वग्राह्य र पूर्वीय दार्शनिकीको बेजोड बिम्बका रूपमा प्रयोग गर्नुभएको देखिन्छ। यसरी चित्रकार पौड्यालको प्रस्तुत चित्रलाई विश्लेषणा गर्दा विषयवस्तु, परिकल्पना, संरचना, प्रतिकात्मकता, संयोजना, बिम्बात्मकता, रङ्ग प्रयोग, वयन, लयात्मकता, सूरलहर, लेपकिय शैली, प्राकृतिक नियमिकता र आत्मविश्वास ईत्यादी चित्र सिर्जनाका कुनैपनि मानकीय शिल्पिमा पौड्याल उच्च-उर्वर र परिपक्व प्रस्तुत रहनुभएको देखापर्दछ।
नेपालीकला परंपराको प्रति आफ्नो दृष्टिकोण र कलामा धर्मको आवरण कलामा धर्म र लोक कलाको प्रभाव, जो समकालीन कलामा नेपाली समाजलाई जसरी कलाकार पौड्यालले हेरे उनको यो हेराई विशेष छ, एउटा कलाकार कला चिंतक समाज भित्रको वैचारिक परिवर्तलाई बुझन सक्छ। नेपाली कला, जो धर्मको आवरणले बाधिएको छ, देशको आम जन मानसको अंत: पटलमा विद्यमान छ र उसको मनोविज्ञानलाई प्रभावित गर्छ र हामी दर्शकलाई पनि, कलाको यो कथामा कलाको दशर्न हुन्छ। । प्रदर्शित यो प्रदर्शनीले मनमा उठेका यस्तो भावहरुलाई पनि बुझन सकिन्छ, कि नेपाली कलाको मर्म वेद, ग्रंथ, उपनिषद, पुराण र त्यसको शिक्षालाई आत्मसात गरेर आजको सामाजिक परिदृश्यलालाई देखाउने रचनात्मक स्वरूप र त्यसको मूल पुर्वीय दशर्नमा छ। समकालीन कलामा कला, सर्जना र कला चिंतकको जस्तो प्रेरक गर्ने व्यक्तित्व कमै भेटिन्छ्न।
मूर्त र अमूर्तको यात्रा क्रममा पश्चिमी कलाकारहरुले अमूर्त कलाको खोज गरे र पहिलो अमूर्त चित्रण १९ औँ शताब्दीको प्रारम्भमा बनाएको थियो तर अध्यात्ममा परापूर्वकालदेखि अमूर्त छ र यसको प्रचलन रहेको छ। भन्न सकिन्छ,अमूर्तको बिना अध्यात्मको अस्तित्व नै छैन । के तपाईंलाई अध्यात्मको अमूर्त र कलाको अमूर्तमा कुनै अन्तर देखिन्छ ? हेर्दा अध्यात्म र कला दुवैको अमूर्त एउटै हो। हाम्रो देवीदेवता अमूर्त हुन्, जसलाई हामी कलाकारले मूर्त रुप दिन्छ, जसले तपाईंलाई मूर्तताको अनुभूति गराउँछ। ब्रम्हा हाम्रा सर्जक हुन्। कलाकार जीवन राजोपाध्यायको परिचय अमूर्त चित्रकारको रुपमा भए पनि यहाँ कलाकारले ब्रह्मा, विष्णु, महेश्वरको चित्रलाई मूर्तरुपमा क्यानभासमा उतार्नु भएको छ। सुदूर विगतमा ब्राह्मणको कुनै समय अनन्त, सर्वशक्तिमान, निराकार, सबै जान्ने, परम, अस्तित्व, जसले सम्पूर्ण ब्रह्माण्ड व्याप्त छ; यस शून्यमा प्रकाश र जीवन ल्याउन उत्प्रेरित भयो । उहाँको पहिलो सृष्टि ब्रह्ममा मानिसको आकार र रुप थियो, जसमा ब्रह्माण्डको सबै महिमामा ब्रह्माण्ड र अन्तरीक्ष वरिपरि घुम्ने ग्रहहरूको असीमित समय सारणीमा ब्रह्माण्ड सृजना गर्ने शक्तिहरु थिए। ब्रह्माण्ड भित्र ब्राह्माले यो अदभूत संसारको सृष्टि गर्नु भयो र यसलाई जीवनको लागि सौम्य वातावरण, पानीको बहुमूल्य उपहार, सास फेर्ने, सुन्न, हेर्न र गन्ध महसुस गर्न सक्ने प्राणी जीवनको उदय भयो । अन्ततः मानव सृष्टि भयो र उहाँलाई ज्ञान, विवेक र सृजनात्मकताको प्रतिभा प्रदान गरियो।
artistsuman.scd@gmsil.com
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।