तिम्रा गोडा
तिम्रो अनुहारमा हेर्न नसक्दा
म
तिम्रा गोडा हेर्ने गर्छु ।
कलात्मक अस्थिहरूले बनेका तिम्रा गोडा,
तिम्रा दह्रा साना गोडा ।
सहारा दिन्छन् तिनले तिमीलाई
र तिनैमाथि अडिन्छ
तिम्रो सुन्दर शरिरको भार ।
तिम्रो कम्मर र तिम्रा स्तनहरू,
तिम्रा एक जोर बैजनी थूनहरू,
भर्खरै उडेर गएका तिम्रा आँखाका खोपा,
तिम्रो चौडा मुख,
राता धागाले बाँधेको तिम्रो केशराशी,
मेरो चिटिक्कको सानो स्तम्भ ।
तर तिम्रा गोडा मनपराउँछु म
केवल एउटै कारणले-
धर्तीभरि कताकता हिँडिरहे
आँधी र पानीमा भौतारिइरहे तिनीहरू
मलाई नभेटुन्जेल ।
अनुवादः सुमन पोखरेल ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला