अध्यायः २१
फुच्चे राजकुमारले सोध्यो, “को हौ तिमी ? बडो सुन्दर देखिन्छौ त ?”
“म फ्याउरो हुँ ।”
“आऊ, मसित खेल ।” फुच्चे राजकुमारले प्रस्ताब राख्यो ।
फयाउरोले भन्यो, “म तिमीसित खेल्न जान्दिन | म पाल्तु जनावर होइन ।”
केहीबेरपछि राजकुमारले फ्याउरोसित सोध्यो, “पाल्तु भनेको चाहिँ के हो नि ?”
फयाउरोले भन्यो, “यसको अर्थ सम्बन्ध जोड्नु हो । के तिमी मलाई लगेर पाल्छौ ?”
फुच्चे राजकुमारले भन्यो, “पाल्न त हुन्थ्यो तर मसित त्यति धेरै समय नै छैन । मैले अरू धेरै साथीहरू खोज्नु छ | उनीहरूलाई साथी बनाउनु छ | अनि थुप्रै चीजका बारेमा जानकारी हासिल गर्नुछ ।”
“जसलाई पाल्न सक्यो उसकै बारेमा धेरै कुरा जान्न सकिने त हो | मान्छेसित अब केही जान्ने सिक्ने समय नै कहाँ छ र ? तयारी चीज बजारमा छ्यास्छ्यास्ती पाइहालिन्छ क्यारे । साथी किनबेच गर्ने पसल पो पाइँदैन त । त्यसैले मान्छेले अब साथी भेट्टाउन सक्दैन । तिमीलाई साथी नै चाहिने हो भने मलाई लगेर पाल ।”
म कुखुराको शिकार गर्छु । मेरो शिकार मानिसहरू गर्छन् । मानिसहरू र कुखुराहरू सबै मेरा लागि उस्तै हुन् । तिमीले मलाई पाल्तु बनायौ भने मेरो जीवन घाम झैँ उज्यालो हुनेछ । अरूको भन्दा मेरो चेतना फरक हुनेछ । मानिसको अनुभूतिले मलाई दुलोमा लुक्न प्रेरित गर्छ तर तिम्रो अनुभूतिले दुलोबाट बाहिर निस्कन्छ उक्साउँछ ।
“साथी बनाउन के गर्नुपर्छ भन न त । फुच्चे राजकुमारले सोध्यो ।
धेरै धैर्य गर्नुपर्छ । फ्याउरोले भन्यो ।
“पहिला त तिमी मभन्दा अलि परै यसैगरी घाँसमा बस्नेछौ । म तिमीमाथि कटाक्ष गर्नेछु । तिमीले केही बोल्न पाउने छैनौ । भाषा नै सारा वैमनस्यको जड हो, तर दिन-प्रतिदिन तिमी मेरो नजिक-नजिक बस्न पाउनेछौ |
फुच्चे राजकुमारले निकै बेर सोचेर भन्यो, “म तिमीलाई केही समयको लागि मात्र पाल्छु ।
फ्याउरोले फुच्चे राजकुमारको शर्त मञ्जूर गरेपछि फ्याउरोलाई पाल्तु जनावर बनाइयो ।
अन्ततः राजकुमारको बिदाईको समय आयो । फ्याउरोले भन्यो, “मलाई रून मन लागिरहेको छ । तिमीसित छुट्टिनु परे पनि मलाई पालेकोमा धेरै खुसी छु, तिमीसँग सङ्गत गर्न पाएकोमा म तृप्त छु | जानुभन्दा अगाडि एकचोटि गुलाबको बगैँचा हेरेर जा ।’
फुच्चे राजकुमार गुलाबको बगैँचातिर लाग्यो । “तिमी सुन्दर छौ तर के गर्नु, तिमी मेरो गुलाब होइनौ | मेरो गुलाब तिमीसित मिल्दोजुल्दो देखिन्छ
तर त्यो गुलाब तिमीभन्दा धेरै महत्वको छ मेरा लागि । किनभने म आफैले सिर्जना गरेर सिसाको ग्लोबभित्र राखेको छु त्यसलाई । जतिसुकै घमण्डी भए पनि, जतिसुकै गुनासो गरे पनि, चुप लागे पनि आखिर त्यो मेरै गुलाब हो क्यारे ।”
फुच्चे राजकुमारले फेरि भन्यो, “तिमीहरू सुन्दर छौ तर तिमीहरू भन्दा सयौँ गुना मेरो गुलाब सुन्दर छ । तिमीहरूका लागि कसैले ज्यान दिँदैन । तर म मेरो गुलाबको लागि प्रत्येक दिन पानी हाल्छु । उसले नबोलि बस्दासमेत मैले उसँग गुनगुनाउँछु ।
फुच्चे राजकुमार फेरि फ्याउरोकहाँ फर्क्यो र भन्यो । “म तिमीलाई आफ्नो रहस्य बताउँछु । निकै साधारण छ, केबल हृदयले मात्रै महसूस गर्न सकिन्छ ।’
आफ्नो गुलाबका लागि सर्मपण एवम् आस्थासहितको समय खर्चेकाले महत्वपूर्ण लागेको हो मलाई |
फुच्चे राजकुमारले भन्यो, “जसरी तिमी आफ्नो गुलाबप्रति जिम्मेवार छौ त्यसैगरी म पनि आफ्नो गुलाबप्रति जिम्मेवार छु ।“ फ्याउरोले भन्यो ।
“अलबिदा भन्दै फेरि भन्यो, म पनि मेरो गुलाबको लागि जिम्मेबार छु !”
“अलबिदा !” फ्याउरोले भन्यो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।