चार्ली फ्रेजर फ्रान्सेली फोटोग्राफर हुन् । उनी संसारभरका लोकगाथालाई डकुमेन्ट गर्न रूचाउँछन् । अद्भुत लोकगाथाहरूमध्ये भारतका लोकगाथा पनि कम छैनन् । खासगरी लोकगाथामा रङको प्रयोग र पहिरनको संयोजन त विस्मित पार्ने किसिमकै हुन्छन् । अझ विदेशीका लागि उदेक चाहिँ बहुभुजा (धेरै वटा हातहरू) भएका भगवान् फेला पर्नु हो । उनी एक्लै संसार डुल्छिन्, दुर्लभ र हराउँदै जान थालेका यस्ता कथाहरू बटुल्छिन् र विभिन्न उत्सव, महोत्सव, चाडपर्वका बेला सुटुक्क त्यहाँ पुग्छिन् अनि गज्जबका तस्बिरहरू लिन्छिन् । यहाँ हामीले उनले लेख्दै गरेको नयाँ पुस्तकका नयाँ तस्बिरहरू प्रस्तुत गर्दैछाैं । पक्कै पनि तपाईंका लागि सुन्दर हुनेछ ।

१. दक्षिण भारतीयहरूले रूचाउने युद्धका देउता सुब्रह्मन्यले मयूर नृत्य गर्दै । तस्बिरः चार्ल्स फ्रेजर

२. रामायणका एक प्रख्यात पात्र इन्द्रजीत ।

३. दशैंका बेला दक्षिण भारतीय राज्य तमिलनाडुमा एक भक्तले आफूलाई कालीको भेषमा प्रस्तुत गर्दै ।

४.१. भारतको वेंगलुरूको दुरदराज गाउँमा वीरभद्र देउताको भेषमा आफूलाई प्रस्तुत गर्दै ।

४.२. भारतको राजस्थानस्थित उदयपुरमा ४० दिने गाव्री उत्सवका बेला हात्तीमाथि चढेको अभिनय गर्दै ।

४.३. भारतको उडिसा राज्यमा एक युवाले महिलाको पहिरनमा गोटीपउवा नृत्य गर्दै ।

५.१. पश्चिम बंगालको मुर्सिदावादमा बाली भित्र्याउनुअघि मनाइने गजन उत्सवमा कालीको पहिरनमा आफूलाई प्रस्तुत गर्दै एक व्यक्ति ।

५.२. भारतको उत्तरी केरलामा निकै लोकप्रिय रहेको थेयम नामक एक प्रचलित संस्कार, जसमा संगीत, नृत्य, व्यंग्य र हास्यको मिश्रणसँगै सुन्दर पहिरनहरूको संयोजन हुने गर्छ ।

५.३. भारतको व्रज क्षेत्रमा महिलाहरूले टाउकोमा अविश्वसनीय तरिकाले ठूला भाँडा वा यस्तै केही चिज राखेर सुन्दर नृत्य गर्छन् तर कसैगरी पनि टाउकाका सामग्री झार्दैनन् ।

५.४. भारतको तमिलनाडु राज्यमा अर्द्धनारीश्वरको रूपमा आफूलाई प्रस्तुत गर्दै एक भक्त ।

६. भारतको तमिलनाडु राज्यमा दशैंको अवसरमा एक भक्तले आफूलाई हनुमानको स्वरूपमा गदाका साथ प्रस्तुत गर्दै ।

सबै तस्बिरः चार्ल्स फ्रेजर