
नेपाल आर्ट काउन्सिल, बबरमहलमा ‘डेटिज अफ नेपाल’ यानी नेपालका देवीदेवताहरू नामक बृहत कला प्रर्दशनी चलिरहेको छ । मंसिर ११ गतेदेखि शुरु भएको उक्त प्रदर्शनीमा नेपालका देवीदेवताहरुको लोक, परम्परागत र समसामयिक कलाका साथसाथै हस्तकलालाई समेत एउटै धरातलमा राखी प्रस्तुत गरिएको छ।
युगौंयुग सम्मका लागि सम्पूर्ण ब्रह्माण्ड र आकाशगंगाहरूमा, अन्धकार, पूर्ण अन्धकार र मौनता सँगै पृथ्वीको उत्पत्तिको समयलाई झल्काउने कलाकृतिहरू भुइँतलामा प्रदर्शित छ्न् । कलाकार गोविन्द शाह आजादको ब्रह्माण्डमा सूर्यको महत्त्व झल्काउन एक ज्वाजल्यमान सूर्यले जोकोहीलाई आकर्षित गर्छ । त्यसैगरी कलाकार शुष्मा शाक्यले विज उत्पत्तिका केही दृश्यहरूलाई प्रिन्ट मेकिङका माध्यममा प्रस्तुत गर्नु भएको छ ।
कलाकार जीवन राजोपाध्यायको परिचय अमूर्त चित्रकारको रुपमा भए पनि यहाँ कलाकारले ब्रह्मा, विष्णु महेश्वरको चित्रलाई मूर्त रुपमा क्यानभासमा उतार्नु भएको छ । यसरी नै कलाकार संगी श्रेष्ठ विषय “उत्पत्ति र सर्वोच्च ब्राह्मण” को केन्द्रमा रही, नीलो पृष्ठभूमिमा एक कमलको फूलबाट निस्किरहेको ज्योति भौतिक संसारबाट बाहिर अवलोकन गर्नका लागि प्रेरित गरिरहेको छ भन्ने सन्देश दिने खालको क्यानभासमा चित्रकला समावेश छ । तैतरीयउपिनषद्को पंक्त्ति
“आनन्दो बहमेति व्यजानात्
आनन्दादेव खल्विमानि भूतानी जायते
आनन्दे जातानि जीवन्ति
आनन्द प्रयन्त्याभिसंविसन्ति”
कलाकार संगी श्रेष्ठले भन्नुहुन्छ, हामी हाम्रो आत्मालाई चिन्ने प्रयास गर्दैनौँ । आजको भौतिक संसारमा व्याप्त माया, प्रेम, लोभ लालच लगायतका जंजालले हामीलाई हाम्रो आत्मासँग टाढा राखेको छ । हामी सबै समान हौँ तर पनि हामी आफूलाई सधैँ सर्वश्रेष्ठ देखाउन लागिरहन्छौं । अनि त्यही कारणले हामी आफूलाई ईश्वर नै ठान्न थाल्छौं । यी यावत् कुराहरूले म म रहन्नँ, अनि तपाईं तपाईं रहनुहुन्न । हामीले आफूभित्रको वास्तविक तत्त्वलाई चिन्न सक्नुपर्छ । तर हामी कहिल्यै पनि चिन्ने कोसिससम्म पनि गर्दैनौँ । हामी भ्रममा बाँचिरहेका हुन्छौँ । त्यस्ता भौतिक भ्रमका पत्रहरूलाई केलाउँदै आफ्नो वास्तविक अस्तित्वसँग साक्षात्कार गर्न सक्नुपर्छ । त्यही वास्तविक अस्तित्व नै सत्य हो, आनन्द पनि त्यही । आत्मा पनि त्यही हो, अनि ब्रह्मा पनि त्यही हो ।
लोक कला, चाहे आदिवासी, साम्प्रदायिक या शास्त्रीय, सधैं एक सामुदायिक गतिविधिको रूपमा या कुनै विशेष समुदायको शिल्पीद्वारा गरिने अभ्यास, एउटा विशेष शिल्प कौशलको रूपमा देखिएको छ । कलाकारको एकअर्कोसँग कलाकर्म र धारणा भिन्न हुन सक्छ, यो कलासँग रचनाकारको विलय हो । जसलाई व्यापक सामाजिक सन्दर्भ दिइन्छ ।
ॐ नै पृथ्वी उत्पत्तिको पहिलो विज मन्त्रको रुपमा मान्दै ब्रह्माण्ड उत्पत्तिलाई नै दर्शाउँदै कलाकार एससी सुमनले कृतिहरू बनाउँदै आउनु भएको छ । उहाँका कृति मिथिला कलाको दायराबाट अझ पृथक शैलीमा प्रस्तुत गरिएको छ ।
ब्रह्मा, विष्णु र महेशको सम्बन्धमा हिन्दू मानस पटलमा भ्रमको स्थिति छ । हिन्दुहरुले उनलाई नै सर्वोत्तम र स्वयंभू मान्छ्न् तर के यो सत्य हो ? के ब्रह्मा, विष्णु र महेशको कुनै पिता छैनन् ? वेदका अनुसार जो जन्म लिन्छ्न् या प्रकट हुन्छ्न्, त्यो ईश्वर हुन सक्दैन । ईश्वर अजन्मा, अप्रकट र निराकार हो । शिवपुराणअनुसार ब्रह्म नै सत्य हो, त्यो नै अविकारी परमेश्वर हो । जब सृष्टिमा अँध्यारो थियो । जल, अग्नि र वायु थिएन, त्यतिखेर ब्रह्म नै थिए, जसलाई श्रुतिमा सत् भनिएको छ । सत् अर्थात अविनाशी परमात्मा । अविनाशी परब्रह्म (काल) ले केही समयपछि, आफ्नो द्वितीयको इच्छा प्रकट गरे । उसमा एकबाट अनेक हुने संकल्प उदित भयो । त्यसपछि त्यो निराकार परमात्माले आफ्नो लीला शक्तिले आकारको कल्पना गरे, जो मूर्तिरहित परम ब्रह्म हो । परम ब्रह्म अर्थात एकाक्षर ब्रह्म । परम अक्षर ब्रह्म । त्यो परम ब्रह्म भगवान सदाशिव हुन् । अर्वाचीन र प्राचीन विद्वान उनलाई ईश्वर भन्छ्न् । एकांकी रहेर स्वेच्छाले सबैतिर विहार गर्ने सदाशिवले आफ्नो विग्रह (शरीर) ले शक्तिको सृष्टि गरे ।
सुदूर विगतमा ब्राह्मणको कुनै समय अनन्त, सर्वशक्तिमान, निराकार, सबै जान्ने, परम, अस्तित्व, जसले सम्पूर्ण ब्रह्माण्ड व्याप्त छ; यस शून्यमा प्रकाश र जीवन ल्याउन उत्प्रेरित भयो । ॐ को गहिरो गुंजकारी, सुखदायक आवाज उठ्यो र अँध्यारोमा फैलियो । ब्रह्माले ब्रह्माण्ड सृजना गर्न अगाडि बढेपछि ज्योतिहरू देखा पर्यो । उहाँको पहिलो सृष्टि ब्रह्ममा मानिसको आकार र रुप थियो, जसमा ब्रह्माण्डका सबै महिमामा ब्रह्माण्ड र अन्तरीक्ष वरिपरि घुम्ने ग्रहहरूको असीमित समय सारणीमा ब्रह्माण्ड सृजना गर्ने शक्तिहरू थिए । ब्रह्माण्डभित्र ब्राह्माले यो अद्भुत संसारको सृष्टि गर्नु भयो र यसलाई जीवनको लागि सौम्य वातावरण, पानीको बहुमूल्य उपहार, सास फेर्ने, सुन्न, हेर्न र गन्ध महसुस गर्न सक्ने प्राणी जीवनको उदय भयो । अन्ततः मानव सृष्टि भयो र उहाँलाई ज्ञान, विवेक र सृजनात्मकताको प्रतिभा प्रदान गरियो ।
मानव मनभित्र परम् ब्राह्मण र आतमनको यो अवधारणा, तिनीहरुको अन्तर सम्बन्ध हिन्दू धर्म दर्शन बुझ्नको लागि कुन्जी हो, तर यो बुझ्न सजिलो छैन । यस्तो अस्पष्ट निराकार घटनामा आफ्नो मन वा भक्ति केन्द्रित हुन जरुरी छ । पुरातन ऋषिहरूले यस वास्तविकतालाई ध्यान दिएका थिए र विभिन्न रंगीन प्रतीकात्मक आकार र रूपहरूमा देवताहरूलाई मानव कल्पना, अभिव्यक्ति र प्रस्तुतिमा पूर्ण लगाम दिन अवरोध थिएन । सृष्टिकर्ता ब्रह्माको मानव रुपको साथ, सबैभन्दा पहिले प्रकट भएको, विष्णु पालनकर्ता र महेश (शिव) विनाशको शक्तिसहित, दैवी रुपहरूको अग्रणी त्रिमूर्ति गठन गरे । तत्पश्चात कलाकृतिमा विभिन्न अवतारहरू, रूपहरू देवताहरुको आकारहरूको प्रचुरता, हिन्दू देवताहरू छ्न, जुन यस प्रदर्शनी ( Deites of Nepal ) को केन्द्रीय विषयवस्तु यही हो । यसै केन्द्रित विषयमा बसी कलाकारको ‘ब्राह्मण, आत्मा र ॐ आकृति’ शीर्षकको कलाकृतिले प्रष्टयाउनु भएको छ ।
प्राचीन धर्म ग्रन्थ, पौराणिक कथाहरू नृत्यरुपहरूमा देखापरेका विशेष पूर्वीय संस्कृतिका (नेपाल र भारतका ) सबै हिन्दू परिवारहरूमा कला संस्कृति र वास्तवमा जीवनको ढाँचामा प्रभाव पार्छन् । यीमध्ये कुनै एक वा धेरै रुपहरूको भक्ति उपासना र तिनीहरूबाट निस्कने दर्शनका विचारहरू सर्वोच्चका लागि पूर्ण रुपमा मान्य मार्गहरू हुन् ।
“न जायते, म्रियते, वा कदाचित् न अयम्, भूत्वा, भविता वा न, भूयः
अजः नित्यः शाश्वतः अयम्, पुराणः न, हन्यते, हन्यमाने, शरीरे।।
भागवत गीतामा श्री कृष्णले भन्नुभयो, आत्मा न कहिल्यै जन्मन्छ न त कुनै पनि समयमा मर्छ। आत्मा अस्तित्वमा आएको छैन, अस्तित्वमा आएको छैन र आउने पनि छैन । आत्मा आजन्म, शाश्वत, सदा अस्तित्वमा रहिरहन्छ। शरीर मारिएपछि आत्मा मारिएको हुँदैन।”
कर्मको दर्शन – प्रभावको कारण – कलाकारको विश्वासको केन्द्रबिन्दु हो – र एक अद्वितीय कार्य आत्माको यात्रा कालो वृतमा सुनौलो चम्किलो ताराहरूबाट व्यक्त गरिएको छ । के कलाकारले हामीलाई यस जीवनकालमा, भित्र र बाहिर के गर्छौं भन्ने तथ्यलाई प्रतिबिम्बित गर्नको लागि कजोल गर्दैछ ? के कलाकारले हामीलाई यस जीवनकालमा, हाम्रो शारीरिक, भावनात्मक र आध्यात्मिक ठाउँ भित्र र बाहिर जे गर्छौं त्यसले हाम्रो आत्माको यात्रामा प्रभाव पार्छ भन्ने तथ्यलाई प्रतिबिम्बित गर्न प्रेरित गरिरहेको छ ?
मेरो लागि पेन्टिङ कुनै सेतो क्यानभासमाथि कुनै रङ्ग भर्नु वा त्यसमाथि रेखा, आकृतिको समुचित रूपले कोर्नु मात्र होइन । मेरो चित्रले कतिपय स्तरमा हेर्नेलाई कुनै यात्राको लागि आमन्त्रण हो । यस्तो यात्रा जसले बाहिरी लोकबाट भित्र लिएर जान्छ र भित्रबाट बाहिर । यथासम्भव जहाँ स्वयंलाई असल समय र सत्य साकक्षात्कारको अनुभूत हुन्छ ।
नेपाल हस्तकला महासंघको ५० औँ वार्षिकोत्सव तथा नेपाल आर्ट काउन्सिलको ६० औँ वार्षिकोत्सवको अवसरमा दुवै किसिमका कलालाई एकै ठाउँमा प्रदर्शनी गरेको नेपाल आर्ट काउन्सिलका अध्यक्ष सागर शमसेर जबराले जानकारी दिनुभयो । आयोजकले कला प्रदर्शनीको लागि देशभरिका कलाकारहरुलाई केही महिना अगाडिदेखि नै निर्धारित समय र दिइएको शीर्षकभित्र आफ्ना सिर्जनाहरू पठाउन अनुरोध गरेको थियो । जसले गर्दा कलाकारहरूले यही प्रदर्शनीलाई नै केन्द्रविन्दुमा राखी कला सिर्जना गरेका थिए । कलाकारहरूले पठाएका कलाकृतिलाई एउटा समितिले छनौट प्रक्रियामा लगेर विषयवस्तुसँग मेल खाने कलाकृतिहरू छानेको थियो । नयाँ तथा पुराना पुस्ताका कलाकारहरूको कलाकृति समावेश गरिएको यस प्रदर्शनीमा करिब २०० भन्दा बढी कलाकृतिलाई समावेश गरिएको छ । अवलोकनकर्ताका लागि यस कला प्रदर्शनीले नेपाली देवीदेवताका चित्रकलाहरू कस्ता कस्ता बन्दछन् भनेर हेर्न तथा त्यसबाट सिक्ने अवसर समेत मिल्दछ । प्रायजसो चित्रकला प्रदर्शनीमा नदेखिने चित्रकला तथा मूर्तिकलाहरू यहाँ समावेश गरिएको छ । यो प्रदर्शनी २५ गतेसम्म चल्ने छ ।
[email protected]



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

