आज हामी फ्रान्सेली चित्रकार जर्ज पिएरे सेराटका चित्रकलाहरू हेर्ने छौँ ।
१८५९ डिसेम्बर २ मा जन्मिएका उनले पेरिसस्थित प्रख्यात एकोल डेस ब्युक्स आर्ट्समा दुई वर्ष (१८७८‑१८७९) अध्ययन गरे । खासमा यो इकोलले नै नियो इम्प्रोसनिज्म स्थापित गरेका थिए । उनको सो विधा निकै प्रख्यात भएपछि नयाँ पुस्ताका निकै चित्रकारहरू उनीकहाँ धाएर पढ्न थालेका थिए । यही मौकामा जर्ज पनि त्यहाँ पुगे । उनले त्यहाँ नयाँ विधा अध्ययन गरे पनि ल्यान्डस्केपलाई नै मुख्य रूचि बनाए ।
अप्टिकल प्रभाव, रङका नियम र प्रकाशजस्ता कुराहरूमा उनले गहिरो गरी त्यहीँ पढे । उनको कला त्यहीँ छिप्पियो र पछि प्रभावशाली बन्न पुग्यो ।
उनका समकालीन युरोपेली चित्रकारहरूभन्दा उनका चित्रहरू निकै फरक देखिन्छन् । उनका चित्रहरू निकैबेर हेरिसकेपछि मात्र गाढा र प्रकट रूप देख्न सकिन्छ ।
आउनोस्, हामी पनि उनका प्रख्यात चित्रकलाहरू हेरौँः



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

