
अध्याय – उन्नाईस
राजकुमार एउटा अग्लो पर्वतमाथि चढ्यो । उसले आफनो जीवनमा तीन ज्वालामुखी पर्वत मात्रै चिनेको थियो जो उसको घुँडासम्म आइपुग्थ्यो । शान्त ज्वालामुखीलाई र होचो स्टुलका रूपमा प्रयोग गर्थ्यो ।
अग्ला-अग्ला पहाड देख्नासाथ फुच्चे राजकुमारलाई चढूँ-चढूँ लाग्यो । सारा उपग्रह र मान्छे देख्न सक्छु भन्ने लाग्यो उसलाई |
पहाडलाई नमस्ते गर्दा उसले आफ्नो प्रतिध्वनि मात्रै सुन्यो । उसले नमस्ते पहाड भन्दा प्रतिध्वनिले जवाफ दियो | नमस्ते पहाड |
अन्तत: उसले सोच्यो, ‘पृथ्वी त एकदम सुख्खा, एकदम चुच्चो, एकदम रूखो अनि एकदम अनाकर्षक पो रहेछ | यहाँका मान्छेहरू पनि बुद्धु नै रहेछन् । कल्पनाशक्ति पटक्कै नभएको आफूले जे भन्यो खाली त्यही शब्द दोहोर्याउने मात्रै । सिर्जनाशक्ति भन्ने कुरा नै नभएको । खाली अर्काले जे भन्यो त्यही मात्र भन्न जान्ने |



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

तुरुन्त Scan गर्नुहोला
