साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

आधा सगरमाथा

कथा

Chovar Blues Mobile Size

विश्वविद्यालयको पहिलो आधावर्षे सत्र समाप्तिको नजिकै थियो । नयाँ ठाउँको नयाँ परिवेशमा खुबै रमाइलो भइरहेको थियो । यदाकदा परिचय हराउनुको सिवाय अन्य केही हराएको थिएन । बेला बेला देश चिनाइरहनु पर्ने र आफ्नो पहिचान स्थापित गरिरहनु पर्ने समस्याको अलावा त्यस्तो खास समस्या केही थिएन । देशको नाम भन्नेबित्तिकै सबैले अनुहारमा दया भाव देखाउँदै ‘आर्मेस् लाण्ड !’ भन्थे । हुँदाहुँदा कोसोभो जस्तो देशबाट शरणार्थीका रुपमा आएका बस चालकले समेत ‘आर्मेस् लाण्ड’ भनेर भन्थे । ‘आर्मेस् लाण्ड’ अर्थात् गरिब देश । सुन्दा मेरो अभिमान एकछिनलाई चकनाचुर हुन्थ्यो । देशमा छँदा कसैले मलाई गरिब भनेन । गरिखाएकै थिएँ । बाहिर आउँदा देशको नामसँग परिचय जोड्नु पर्ने बाध्यता आउँदा सधैँ गरिब भनेरै चिनिएँ । हो, तिनै घडीहरुमा लाग्ने गर्थ्यो देश भनेको देशै हो । हामी जति पर पुगे पनि या व्यक्तिगत रुपमा जति सफल भए पनि जबसम्म देश बन्दैन हामीलाई चिन्नेहरुले ‘आर्मेस् लाण्ड’का नागरिक भनेरै चिन्छन् । तर पनि केही तिक्तताहरुमाझ पनि हाँसेकै थिएँ । कक्षामा राम्रै परिचय बनाएको थिएँ ।

विश्वविद्यालयको औपचारिक पढाइ सुरु हुनुअघि जर्मन भाषाको दुई हप्ते कक्षामा भाग लिएको थिएँ । त्यसै कक्षाको अन्त-अन्ततिर देशको बारेमा सबैका सामु जर्मन भाषामा प्रस्तुति गर्नुपर्ने बेलामा दौरा सुरुवाल र ढाकाटोपीमा सजिएर जाँदा त खुबै मानमनितो पनि भएको थियो । मसँग फोटो खिचाउन खोज्नेहरुको घुँइचो नै लागेको थियो । त्यसै घुइँचोमा ऊ पनि सामेल थिई ।

‘चिली ड्याङ्ग,’ उसले परिचयका लागि हात बढाउँदै आफ्नो नाम भनेकी थिई ।

‘भरत भूर्तेल,’ ङिच्च हाँस्दै मैले पनि मेरो परिचय सुनाएको थिएँ ।

‘बलत बुल्तेल,’ निकै कसरतपछि मेरो नाम समष्टिमा उच्चारण गरेकी थिई । त्यो पनि ‘र’ भन्नु पर्ने सबै ठाउँमा ‘ल’ उच्चारण गरेकी थिई, अनि ‘भ’का ठाउँमा ‘ब’ले काम चलाएकी थिई । निकै लामो प्रयास गरी सकेकीले मैले थप दुःख नदिने उद्देश्यका साथ उसको उच्चारण सही भएको भनेको थिएँ । बाउआमाले राखेको हुँदा खाँदाको ‘भरत भुर्तेल’ उसका लागि ‘बलत बुल्तेल’ बनेको थियो । त्यति भन्दाभन्दै पनि मुखको हाँसो भने रोकिएन ।

‘हामी आउँदा नै विदेशीका लागि नाउँ उच्चारण सहज होस् भनेर अंग्रेजी नामहरु लिन्छौँ । मलाई यही मन पर्यो अनि यही लिएँ,’ उसले आफ्नो नामको बारेमा कथा सुनाएकी थिई । मेरो नामको कथा त सोझो थियो । बाउआमाले त्यही दिए । प्रमाण–पत्रमा त्यही दरियो । बरु उसले बिगारेकी हो । र, पनि मैले केही नभनी स्वीकारेँ ।

sagarmani mobile size

‘हाम्रो भाषामा तिम्रो देशलाई निःबो अर् भन्छ,’ मैले ‘नेपाल, नेपाल’ भन्दा नचिने पछि तिब्बतको मुनिको देश भनेर चिनाएको थिएँ । प्रविधिको जमाना छ, मोबाइलमा देशको नक्शै देखाउन पनि के गाह्रो भयो र ! त्यति गर्दा उसले मलाई मेरो देशको चाइनिज नाम सिकाएकी थिई । निःबोअर् मलाई कताकता नेवार नेवार भनेको जस्तै लाग्यो । नेवार बस्ने ठाउँ भएकोले निबोअर पो भनेको हो कि जस्तो पनि मानेँ ।

‘हामी हरेक विदेशी शब्दका लागि चाइनिज संस्करण खोज्छौँ ,’ उसले सफाइ दिँदै भनेकी थिई । उसले यसो भनिरहँदा मलाई हाम्रो देशका नयाँ पिँढीको सोचप्रति माया लाग्यो । बूढो पुस्ताले बोलेको अंग्रेजीको खिसी गर्नेदेखि लिएर भाषामा सकेसम्म अंग्रेजी मिसाउनुलाई नयाँ पिँढीले सामान्य मान्थ्यो । त्यो विकसित र सभ्य हुनुको परिचयजस्तै ठान्थ्यो । छेउमै त्यत्रो विशाल अर्थतन्त्र भएको देशमा भने हुँदाखाँदाको देशको नाम समेत स्थानीयकरण गरिन्थ्यो ।

त्यो त जर्मनीमा पनि अंग्रेजी भाषाको मनग्गे प्रभावका बाबजुद थुप्रै अंग्रेजी शब्दको जर्मन संस्करणहरु प्रयोगमा ल्याइन्थ्यो । सबैभन्दा प्रचलित र उल्था नगरिएको कम्प्युटरका लागि रेस्नर भन्ने शब्द प्रयोग गरिन्थ्यो । रेस्नरको अर्थ गणक या हिसाब गर्ने भन्ने हुन्छ । क्याल्कुलेटरलाई टासेन रेस्नर भनिथ्यो । हाम्रा देशमा दुवैको उल्था छैन । एउटा हो कि हो कि भन्ने जस्तो सुशांख्य जटिलताका कारण सामान्य ज्ञानको किताब घोक्नेबाहेक कसैलाई थाहा छैन । नभएका शब्द जन्माउन संस्कृतको साहारा लिनपर्ने भएकाले पनि नेपालीकृत शब्दहरु अलोकप्रिय भएका होलान् । नत्र दैनिक बोलीचालीका भाषाको शब्द टिपेका भए विदेशी शब्दको स्थानीयकरण सजिलो हुन्थ्यो कि ?

‘काठमाडौँलाई के भन्छ ?’ मनका तर्कना पञ्छ्याउँदै अलि रमाइलै होस् भन्नका लागि मैले थप प्रश्न सोधी हेरेँ ।

हुन त मेरो संसार नै कत्ति नै पो ठूलो थियो र ! उही पूर्व र पश्चिमको विभेद, हिमाल–पहाड–तराईको भौगोलिक भिन्नता, उपत्यका र उपत्यका बाहिरको विभेद, जातभातको विभेदमा अल्झेकाहरु माझको बसाइ न थियो !

‘ज्यादमान्दु,’ उसले हौसिँदै काठमाडौँको चिनियाँ संस्करण सुनाई । आफ्नै देशको र राजधानीको नाम पनि फरक ठाउँमा फरक हुन सक्ला भन्ने मैले कल्पना गरेको थिइनँ । हुन त मेरो संसार नै कत्ति नै पो ठूलो थियो र ! उही पूर्व र पश्चिमको विभेद, हिमाल–पहाड–तराईको भौगोलिक भिन्नता, उपत्यका र उपत्यका बाहिरको विभेद, जातभातको विभेदमा अल्झेकाहरु माझको बसाइ न थियो !

चिलीलाई भेटेपछि मेरो देश प्रतिको माया झन्झन् बढेर आयो । उसले हरेक कुरामा देशको बारेमा सकारात्मक कुरा मात्रै गर्थी । देश र देशका शासकका बारेमा उसले कहिल्यै नराम्रो कुरा गरिन ।

‘म पनि चिनीयाँ कम्युनिष्ट पार्टीको सदस्य हुँ । आस्थाले होइन, पछि काम पाउन सजिलो हुन्छ भनेर सदस्यता लिएकी हुँ,’ उसले आफ्नो राजनीतिक आस्थाका बारेमा सोध्दा जवाफ दिएकी थिई ।

छिमेकी देशकी हुनाले ममा पनि उसप्रति अलि आत्मियता जाग्यो । देशमा दक्षिणी छिमेकी प्रतिको भावना उति राम्रो छैन । विदेशमा त्यत्तिकै त थिएन र पनि सकेसम्म दक्षिणी भन्दा उत्तरी छिमेकीको संगतमै म बढी लहसिएँ । उसले त्यो दिन हामी दुवैको फोटो आफ्नो फोनमा कैद गरी । त्यही बहाना थियो मैले उसालाई फेसबुकमा फोटो पठाउन अनुरोध गरिहालेँ ।

‘हाम्रोमा फेसबुक प्रतिबन्धित छ, वीच्याट चलाउँछौँ हामी त !’ उसले फेसबुक नभएको कुरा सुन्दा अचम्म लाग्यो । विकासमा हामीभन्दा उति अगाडि भएको देशको मान्छेको फेसबुक खाता नहुनु मेरो लागि अचम्मको कुरा थियो । त्यतिबेलासम्म मैले सम्पन्नता र विकासको परिचायक फेसबुक खातालाई पनि मानेको थिएँ । मैले आफ्नै खाता खोलेको दुई तीन वर्ष भएको थियो ।

‘इमेल ? इमेल गर्दा पनि हुन्छ । इमेल त चलाउलान् नि तिम्रामा ?’ मैले खिसी गरेझैँ गरेर उसलाई सोधेँ ।

‘हाहाहा… त्यो त चलाउँछन्, वीच्याटकै इमेल पनि हुन्छ,’ उसले जवाफ फर्काई ।

चिली ड्याङ्ग आधा वर्षे सत्रका लागि जर्मनी आएकी थिई । प्रत्येक आधा वर्षे सत्रमा ऊजस्ता थुप्रै चिनियाँहरु जर्मनी आएर पढ्दा रहेछन् । जर्मनीका अन्य विश्वविद्यालयहरुमा जस्तै हाम्रो विश्वविद्यालयले पनि विदेशी छात्रछात्राहरु सट्टाबट्टा गर्दोरहेछ । जर्मनीबाट चाइना जाने पनि उत्तिकै हुँदा रहेछन् । यो सब देखेर त मनमा नेपाली विश्वविद्यालयहरुसँग पनि यस्तै समन्यवय गर्न पाए त यिनले पनि नेपाल देख्दा हुन्, नेपालका विद्यार्थीहरुले पनि जर्मनी पढ्ने अवसर पाउँदा हुन् भन्ने भयो । फेरि यहाँको पढाइ आधा वर्षे सत्रहरुमा हुने नेपालको पढाइ एक वर्षे सत्रमा हुने हुँदा गाह्रो पो होला कि झैँ पनि लाग्यो । तर चाह्यो भने त शैक्षिक सत्र नै पनि आधा वर्षे बनाउन त किन सकिँदैनथ्यो ! देशको त्यत्रो राजनीतिक परिवर्तन भइसक्दा पनि शिक्षा क्षेत्रमा विश्वमा चलिआएको जस्तो व्यवस्था ल्याउँदा शैक्षिक अदलाबदलीका कार्यक्रमहरु पनि सहज हुने ।

विदेशमा छँदा यस्तै हो । जे राम्रो देख्यो, त्यो देशमा पनि भएको भए कस्तो हुन्थ्यो होला भन्ने लाग्दो रहेछ । यहाँका दुईतिर रुख भएका सडक देख्दा हाम्रा देशको दुईतिर तारका खम्बा र जालोहरुलाई यिनै हरिया रुख र तिनका पातले विस्थापित गर्न मन लाग्छ । यहाँको जस्तै फोहरमैलालाई कुहिने र नकुहिने मात्रै होइन, प्लास्टिक, जैविक, कागज, विद्युतीय औजार, लगायतको फरक-फरक वर्गमा छुट्याएर फोहरबाटै पैसो कमाउने योजना लागू गर्न मन लाग्छ ।

विदेशमा छँदा यस्तै हो । जे राम्रो देख्यो, त्यो देशमा पनि भएको भए कस्तो हुन्थ्यो होला भन्ने लाग्दो रहेछ । यहाँका दुईतिर रुख भएका सडक देख्दा हाम्रा देशको दुईतिर तारका खम्बा र जालोहरुलाई यिनै हरिया रुख र तिनका पातले विस्थापित गर्न मन लाग्छ । यहाँको जस्तै फोहरमैलालाई कुहिने र नकुहिने मात्रै होइन, प्लास्टिक, जैविक, कागज, विद्युतीय औजार, लगायतको फरक-फरक वर्गमा छुट्याएर फोहरबाटै पैसो कमाउने योजना लागू गर्न मन लाग्छ । अत्याधुनिक राजनीतिरहित विश्वविद्यालयका कक्षाहरु देशमा पनि होऊन् भन्ने लाग्छ । यहाँका गाउँघरका छानामा सोलार पाताले छाएजस्तै र खेत–खेतमा वायुमिल चलाएजस्तै नेपालमा पनि वैकल्पिक ऊर्जा श्रोतबाट देश उज्यालो बनाउन मन लाग्छ तर मन मात्रै लागेर नहुने !

चिली ड्याङ्गसँग पछिल्ला दिनमा पनि भेटहरु हुँदै गरे । जर्मन भाषाको कक्षाहरुमा त भेट हुन्थे नै, त्यसका अलाबा मेरा केही कक्षाहरुमा पनि ऊ उपस्थित हुन्थी । प्रायः चिनियाँ साथीहरुकै झुण्डमा बस्ने ऊ कहिलेकाहीँ भने मेरो छेउमा समेत बस्न आइपुग्थी । नभए म सधैँ एक्लो हुन्थेँ । सधैँ पहिलो बेन्चमा बस्ने भएकाले कक्षा कोठा नभरिँदाको अवस्थामा म एक्लै हुन्थेँ । कक्षा कोठा भरिएका बेला भने सबैभन्दा पछि कहीँ कतै विकल्प नपाएकाहरु र ढिला आएकाहरु मेरो साथी बन्न आइपुग्थे । चिली अन्य बेलामा पनि आइरहन्थी ।

आधा बाँडिएको सगरमाथाको नक्सा
सन्धि गरिएको छाप
सन्धिमा राजा महेन्द्र र चिनियाँ पक्षको हस्ताक्षर

पछिल्लो बेच्नमा नबस्नुको पनि कथा छ । पछिल्लो बेन्चमा बस्ता कक्षाकोठाका सबैतिर ध्यान जाँदो रहेछ । कसले के गरिरहेको छ भन्ने चासोका कारण पढाउनेले के भनिरहेको छ भन्ने कुरामा कमै ध्यान जाँदोरहेछ । त्यसको अलाबा पहिलो बेन्चमा बस्दा न प्राध्यापकले केही भनी पो हाल्छन् कि भन्ने डरैले मात्रै पनि ध्यान दिन या ध्यान दिएजस्तै गर्न मन लाग्ने हुँदोरहेछ । त्यसैले मैले निकै पट्यार लाग्ने विषयहरुमा बाहेक अन्य विषयहरुमा सधैँ पहिलो बेन्चमै बसेँ । चिली बरु अलि अप्ठेरो मान्थी ।

‘हामी चिनीयाँहरु अलि बढी नै लजालु हुन्छौँ, त्यसैले होला मलाई पहिलो बेन्चमा बस्न खासै मन लाग्दैन,’ ऊ पहिलो बेन्चमा सधैँ नआउनुको कारण भन्थी ।

‘पछिल्लो बेन्चमा बस्यो भने म पढ्नै सक्दिनँ, अरुलाई हेरेरै समय कट्छ,’ म मेरो अघिल्लो बेन्चमा बस्ने कारण सुनाउँथे ।

‘बाठा छौ है !’ ऊ मुस्कुराएर मलाई फुर्क्याउँथी ।

‘तिमीलाई नेपाली खाना खुवाउँछु, आज फुर्सत छ ?’ हामी अलि निकै झ्याम्मिइसकेपछि मैले उसलाई खानाको निम्ता दिएको थिएँ । उसले सहर्ष स्वीकार्दै मेरोमा खाना आउने जानकारी दिई ।

‘किन नआउनु ? खानको लागि त म जता पनि आउँछु,’ उसले हाँसो गर्दै भनेकी थिई ।

बोलाई त हालेँ तर के खुवाउनु के खुवाउनु भयो । भात त खुवाउने तर भातसँग के खुवाउने भन्ने भयो । अनि यसो जुक्ति निकालेँ । सामान्य दाल भात खुवाउँदा उसले भारतीय खाना भन्ली भनेर मैले पश्चिमको चोतोपल्यो खुवाउने निधो गरेँ । मुलाका गाना टर्किसका पसलमा जत्ति पनि पाइन्थे । तिनैलाई थिचेर भुट्यो अनि पीठो र बेसार पानीमा घोलेर बनाएको घोललाई हालेर उमाल्यो, गज्जब मीठो हुन्थ्यो । नुन, मसाला र खुर्सानी ठिक्क परेको बेलामा चौपट्टै मीठो हुन्थ्यो । अँ पाकी सक्दा चुक पनि हाल्नु पर्थ्यो । आउँदा ल्याएको गुन्द्रुक भिजाएर आलुसँग पछि फ्राई गरिँदिँदा पनि राम्रै तरकारी बन्थ्यो । त्यसमाथि दुई गेडा टमाटरलाई हल्का उमालेर नुन, चुक, खुर्सानी र हल्का मुम्फलीका दाना हालेर मिक्सरमा घोल्यो भने गज्जबको चट्नी तयार हुन्थ्यो ।

‘ओ हो, यस्तो मीठो खाना मैले कहिल्यै खाएको थिएन,’ उसले खाना खाइसकेर प्रशंसाका पुल बाँध्दै भनेकी थिई ।

मैले खाँदा हरेकमा केही न केही कमी त महसुस हुँदै थियो तर उसले खाना स्वादिलो भएको घोषणा गरेपछि भने ढुक्कैले मीठै त भएछ भन्ने भयो ।

‘पख म पनि तिम्लाई एकदिन खान बोलाउँछु,’ उसले मैले ख्वाएको तिरो तिर्नकै निम्ति भए पनि बोलाउने भई । ‘कैले बोलाउँछु भन्ने मलाई नै थाहा छैन, अलि कुर्नु पर्छ है ?’

चिली ड्याङ्ग चीनको एक सन्तान नीतिको उत्पादन थिई । बाबुआमाको एक्ली छोरी भएकाले उसलाई खर्चको कुनै समस्या हुँदैन थियो । बाबुको क्रेडिट कार्ड बोकेर ऊ बेलाबेला युरोपका विभिन्न देशहरुमा डुलिरहन्थी । कहिलेकाहीँ त उसको जीवन देखेर ईर्ष्या पनि लाग्थ्यो ।

‘तिमी त अब लामै बस्छौ, जहिले गए पनि भैगो नि !’ ऊ मलाई सान्त्वना दिँदै भन्थी । म भने उसको जस्तै घुम्न पाए हुन्थ्यो भनेर कल्पिरहन्थेँ ।

नेपालका बारेमा जर्मन भाषाको कक्षामा जहिले जहिले नेपालका पर्यटकीय गन्तव्यका फोटोहरु गुगलबाट साभार गरेर देखाएँ, त्यहिले त्यहिले मलाई मैले आफ्नो देशका ती सुन्दर ठाउँहरुमा जान नपाएको मा ग्लानि महसुस भयो । दशौँ हजार परको युरोप यात्रा गर्ने आँट र साहस भएको मेरा लागि झापा र महेन्द्रनगरको करिब ११ सय चानचुन किलोमिटरको दुरी पनि निकै ठूलो बन्यो ।

हुँदो के रहेछ भने कुनै ठाउँमा लामो बस्यो भने त्यो ठाउँको वरपर पछि पनि घुमिन्छ भनेर नघुमिँदो रहेछ । नजिकको तीर्थ हेला भन्छन् नि, त्यस्तै हुँदोरहेछ । पछि कुनै दिन जाउँला नि भनेर टाढाकै ठाउँको सुर्ता मात्रै लिइँदोरहेछ । नेपालका बारेमा जर्मन भाषाको कक्षामा जहिले जहिले नेपालका पर्यटकीय गन्तव्यका फोटोहरु गुगलबाट साभार गरेर देखाएँ, त्यहिले त्यहिले मलाई मैले आफ्नो देशका ती सुन्दर ठाउँहरुमा जान नपाएको मा ग्लानि महसुस भयो । दशौँ हजार परको युरोप यात्रा गर्ने आँट र साहस भएको मेरा लागि झापा र महेन्द्रनगरको करिब ११ सय चानचुन किलोमिटरको दुरी पनि निकै ठूलो बन्यो ।

‘औसतमा १५० किलोमिटर चौडा मेरो देशमा हिमाल, पहाड र तराई सबै किसिमका भूबनोट छ । दक्षिणबाट उत्तर तर्फको डेढ सय किलोमिटरको आकासे दुरी पार गर्दा ती सबै भूबनोट देखिन्छन्,’ विदेशीहरुलाई भने म सगौरव सुनाउँथे । आफैँ भने धनगढीबाट गोदावरीसम्म पुगेको थिएँ । अनि जर्मनीका लागि प्रक्रिया थाल्न काठमाडौँसम्म पुगेको थिएँ । त्यसबाहेक एक पटक क्याम्पसको भ्रमणका क्रममा पोखरासम्म पुगेको थिएँ । देश दर्शनका नाममा त्यत्ति हो ।

‘पख न देश फर्कन त पाउँ, पचहत्तरै जिल्ला टेकेर आउँछु,’ मुस्किल छ भनेर जाँन्दाजान्दै मनमनै प्रण  गर्थेँ । असम्भव त म भन्दैन किनभने पूर्व पश्चिम राजमार्ग गर्दै तराईका २२ जिल्ला त त्यसै छोइन्छन् । पहाडी जिल्ला पनि जाउँ भने मोटरसाइकलमा आँट्यो भने धेरैसम्म सकिन्छन् ।

‘तिमीलाई खानाका लागि बोलाउने भनेको त्यसै भयो । माफ गर ल ! बरु यो शुक्रबार तिमी फुर्सदिला छौ भने एउटा निम्ता छ,’ उसले एक दिन विश्वविद्यालयमा भेट हुँदा भनी ।

आधा वर्षे शैक्षिक सत्र त हो ! बितेको के पत्तो हुन्थ्यो ? त्यो पनि जीवनमा यति धेरै कुराहरु एकसाथ भइरहेका थिए कि कहिले बित्यो पत्तै भएन । उसको पनि चीन फर्कने बेला हुन लागिसकेको थियो । म पनि परीक्षाको तयारीका लागि जुटेको थिएँ । अरु कोही भएको भए सायद म निम्ता स्वीकार्थिन हुँलाः चिली ड्याङ्गले बोलाएकी थिई । सहर्ष स्वीकार गरेँ । काम गर्ने ठाउँमा पनि अबेरसम्म कक्षा हुने भएकाले ढिलो आउने खबर गरेँ । काम त्यही त हो, दक्षिणी मित्रराष्ट्रको एक जनाको होटेलमा भाँडा धस्काउने थियो ।

‘जर्मन भाषा आउँछ ?’ काम खोज्दै जाँदा उसले नेपाली भन्ने बित्तिकै अलि दयाभावका साथ सोधेको थियो ।

‘त्यसो भए भान्सामा भाँडामाझ्ने काम मात्रै मिल्छ होला । हुन्छ ?’ उसले दया देखाउँदै विकल्प दिएको थियो ।

भाँडा माझ्ने काम किन नहुनु । जत्ति पनि हुन्थ्यो । दिनानुदिन युरो सकिँदै गइरहेको बेलामा खाना खाँदा समेत एक युरो बराबर सय रुपैयाँ भनेर हिसाब लाउँथे । हुन त अलि बढी नै हुन्थ्यो तर सयले गुणन गर्न सजिलो हुने भएकोले सयकै हिसाब चल्थ्यो । त्यसैले हिसाब धेरै बिग्रिनुअघि नै मस्काउने चम्काउने धन्दामा लागेको थिएँ । शुक्रबारका दिन कामको चाप अलि बढी नै हुन्थ्यो तर भाँडा मस्काउनेका लागि अलि ढिलो जाँदा समस्या पर्दैनथ्यो । आखिर होटेलका भाँडा आउने भनेको खाइसकेपछि हो । खाना खाने नै ६ बजे भन्दा अघि आउँदैनथे । त्यसैले साहुले पनि सकेसम्म चाँडो गर्नु भनेर मञ्जुरी जनायो ।

चीनबाट एक अर्धवार्षिक सत्रका लागि जर्मनी आएका चिनियाँ विद्यार्थीहरुले चिनियाँ साँझको आयोजना गरेका थिए । चिनियाँ नाचगान र प्रस्तुतिहरुका साथसाथै चिनियाँ परिकारहरु पनि राखिएको थियो । त्यसैमा उसले आफूले गरेको बाचा राख्नका लागि निम्ता गरेकी थिई । कार्यक्रममा चीनमा पढ्नका लागि गएका जर्मन विद्यार्थीहरुले समेत प्रस्तुतिहरु राखेका थिए । अरु धेरै कुरा याद नभए पनि उनीहरुले भनेको एउटा कुरा भने याद भयो, चीनमा जाँदा कण्डम बोकेर जानु पर्छ । उनीहरुले चीन जाने सुटकेसमा केके हाल्ने भन्दा कण्डम पनि सूचीमा राखेका थिए । शब्द देख्दै हेर्नेहरुको खित्का छुटेको थियो । पछि बुझ्दा त्यो अलि गहिरै मजाक थियो । चिनियाँ सामानको टिकाउपना माथि सधैँ प्रश्न खडा गर्ने गरिन्छ । त्यसैले जर्मनहरुले स्वदेशी कण्डम नै बोकेर जाने सल्लाह दिएका थिए । चिनियाँ प्रयोग गर्दा समस्यामा पार्न सक्छ भन्नेतर्फ संकेत गरेका हुनाले पनि हाँसो निकैबेर लम्बिएको थियो ।

प्रस्तोताले संसारको सर्वोच्च शिखर पनि चाइनामै रहेको भनेर बताउँदा बल्ल म निद्राबाट बिउँझिएको जस्तो भएँ । आफैँलाई होइन होला भन्दै मैले फेरि उसले देखाएको चित्रतर्फ नजर डुलाएँ । हैन भनेको त सगरमाथालाई नै हो । एकछिन त उठेर होइन भनौँ लागेको थियो । त्यत्रो भिड माझको एक्लो नेपाली भएकाले पनि बोलिहाल्ने आँट चाहिँ आएन । त्यसैले मनमनै भुट्भुटिँदै बसिरहेँ ।

सबै ठीकै चलिरहेको थियो । कार्यक्रमको अन्तिममा चीनका बारेमा चिनियाँका तर्फबाट प्रस्तुतिको पालो आयो । चिनियाँहरुको सदाचारबाट सुरु भएर चीनको भूगोलसम्म कुरा पुग्यो । संसारकै पुरानो सभ्यताका रुपमा आफ्नो सभ्यतालाई चिनाउन चाहने चिनियाँहरु आफूलाई संसारकै केन्द्र मान्दारहेछन् । त्यसैले चीनको चिनियाँ भाषाको नाम च्वङ्गो रहेछ । प्रस्तोता चीनका बारेमा अन्य थुप्रै जानकारी दिइरहेका थिए । पट्यारजस्तै पनि लागिरहेको थियो अनि भोक पनि लागिरहेको थियो । प्रस्तुतिको पुछारतिर प्रस्तोताले संसारको सर्वोच्च शिखर पनि चाइनामै रहेको भनेर बताउँदा बल्ल म निद्राबाट बिउँझिएको जस्तो भएँ । आफैँलाई होइन होला भन्दै मैले फेरि उसले देखाएको चित्रतर्फ नजर डुलाएँ । हैन भनेको त सगरमाथालाई नै हो । एकछिन त उठेर होइन भनौँ लागेको थियो । त्यत्रो भिड माझको एक्लो नेपाली भएकाले पनि बोलिहाल्ने आँट चाहिँ आएन । त्यसैले मनमनै भुट्भुटिँदै बसिरहेँ ।

खाना खाने बेलामा चिली ड्याङ्ग पनि बाँड्नेहरुसँगै उभिएकी थिई । मलाई देख्नेबित्तिकै अलि बढी झुकेर अभिवादन र स्वागत गरी ।

‘नि हाऊ !’ उसले चिनियाँ भाषामा अभिवादन गर्दा मलाई आज किन हो किन कर्कश सुनिन थाल्यो । ढाडे बिरालोले म्याउ गरेको जस्तो लाग्यो । सधैँ सुन्दर लाग्ने व्यक्ति एकाएक रिस उठ्दो लाग्यो । मेरो देशको गौरव चोरेकोमा ऊसित साह्रै रिस उठ्यो । सधैँ मेरो शीरको टोपी बनाएर राखेको सगरमाथामा आज एकाएक उसले र उसका साथीहरुले हमला गरेकी थिई ।

देशभक्तिको भावलाई एकछिनलाई पाखा लाएर पेटभक्तिमा लागेँ । भिडभाड हुनाले त्यो दिन खासै केही कुरा गर्न भ्याइएन तर मनमा भने गाँठो परि नै रह्यो । त्यै गाँठो फुकाउन एक जनासँगै उभिएर खाइरहेको चिनियाँलाई भनी थाहा गरेँ ।

‘त्यो प्रस्तुतिमा अन्तिममा गल्ती भएको थियो, सगरमाथा नेपालमा छ । चीनमा होइन,’ मैले उसलाई चिनिया साँझका बारेमा प्रतिकृया दिने क्रममा सुरुमा प्रशंसा गर्दै अन्तिममा लगेर मेरो असन्तोष पोखेको थिएँ । पूरै दाँत देखाएर निश्चित अन्तरालमा टाउको ढिकिच्याउँ जस्तो झुकाउँदै गरिरहेको उसको मुहारको हाँसो मेरा अन्तिम कुराले उडाएको थियो । ‘साम्राज्यवाद मुर्दावाद! कमरेड माओ जिन्दाबाद !’ भन्ने नारा गाउने मुलुकका मान्छेले नै मेरो देशको सिमानामा गिद्दे नजर लाउलान् भन्ने सोचेकै थिएन ।

‘हैन, त्यो त चीनमा छ,’ उसले जबर्जस्तीको हाँसो मुहारमा थोपर्दै मेरो जवाफ दियो ।

मैले पनि प्रविधिको फाइदा उठाउँदै एक हातमा कागजे प्लेट बोकेर अर्को हातको मोबाइलमा सगरमाथाको नक्सा उघारेँ ।

‘देख्यौ नेपालमा छ, सानैदेखि त्यही पढिआएको आज एकाएक चीनमा पुर्याइदिएर !’ सिमानाको सगरमाथा देखाउँदै मैले उसलाई भनेँ । उसको पाहुना बनेर उसैको खाना खाइरहेको बेलामा अझ बढी अभद्र हुन मेरो नैतिकताले दिँदैन थियो । त्यसैले तिनै शब्दमा आफ्ना सारा रिस समेटेर व्यक्त गरेँ ।

‘सिमानामा छ, नेपालभित्र त छैन!’ उसले नक्साको मेरो बुझाइलाई पनि चुनौती दिँदै भन्यो।

मैले फेरि नक्सा हेरेँ । सिमानामै थियो । मलाई त्यो दिन गुगलदेखि रिस उठ्यो । मेरो देशको गौरव सिमानामा सारिदिनुमा पक्कै पनि कुनै ठूलो षडयन्त्र छ भन्ने निर्क्योल निकालेँ । कञ्चनपुरको महाकाली पारिको सिमाना पनि महाकाली वारि देखाएको जस्तै भएको हुनुपर्छ भन्ने भयो । भारतीय विस्तारवादी नीतिका कारण भारतीय सीमामा फेरबदल आएको भन्ने लाग्थ्यो । उत्तरको सीमामा पनि त्यस्तो समस्या छ भन्ने मैले कहिल्यै सोचेको थिइनँ । चिली ड्याङ्गले नबोलाउँदी हो त म त्यो दिन पनि थाहा पाउँथिनँ ।

स्वाद नमानी-नमानी पनि खाना सकेँ । चिनियाँ पोशाकमा सजिएकी चिलीलाई अन्तिममा भेटेर बिदा मागेर काममा गएँ । किनकिन ऊप्रति सदाझैँ आत्मिय बन्न सकिनँ । अलिअलि मनमा ग्लानि पनि भयो । आखिर सगरमाथा चोरेको कुरालाई म सहजतापूर्वक कसरी लिन सक्दो हुँ ?

सगरमाथामा हमला भएकै भए पनि काम त गर्नु पर्थ्यो । त्यसैले मस्काउने र धस्काउने काममा आधा मन लाएरै भए पनि सक्काएँ । घर आउँदासम्म मानसिक र शारीरिक दुवै तरिकाले थाकेको थिएँ । ओछ्यानमा उत्तानो परेर सुत्दा भने मलाई फेरि उही साँझकै घटना सम्झना भयो । चिली ड्याङ्गले मबाट मेरो सगरमाथा खोसेकी थिई । वर्षौं मेरो भनी पढेको चुचुरो उसले आफ्नो नाममा गराएकी थिई । मन त्यसै किन मान्थ्यो ? त्यसैले ल्यापटप उघारेर फेरि नक्सा हेर्न थालेँ ।

ल्यापटपमा नक्सा मोबाइलमा देखिने नक्सा भन्दा फरक देखिएन । सगरमाथा सिमानामै थियो । चुचुरोको बीचबाट नेपाल-चीन सीमा छुट्याउने रेखा कोरिएको थियो ।

‘सगरमाथा हाम्रो हो तर यी चिनियाँहरु आफ्नो भन्छन्,’ मैले एक दिन भान्सामा सँगै खाना पकाउन आएकी नोएमीसँग गुनासो पोखेको थिएँ ।

‘कहाँ पर्छ र सगरमाथा?’ उसले प्रतिप्रश्न गरेकी थिई ।

‘नेपालको उत्तरी सिमानामा पर्छ,’ मैले जवाफ फर्काएको थिएँ ।

‘सिमानामा पर्ने त साझा हुन्छ होला, हाम्रो दक्षिणको बोडेन जे जस्तै,’ उसले मेरो पक्ष लिएको जस्तै गरी भनेको थिई ।

‘तर सगरमाथा त हाम्रो हो, मैले सानोदेखि किताबमा पनि त्यही पढेँ । आजसम्म कसैसँग नबाँडेको सगरमाथा कसरी साझा हुन्छ ?’ म केही भाभुक बनेको थिएँ ।

जर्मनहरुका अघि व्यक्तिगत भावना राख्नु उति उचित मानिँदैन । न त उनीहरु नै सार्वजनिक ठाउँमा भावावेशमा आउने गर्छन् । सकेसम्म आफ्ना भावना गोप्य राख्न रुचाउँछन् । सार्वजनिक परिवेशमा उनीहरु भावना प्रकट गर्नु व्यक्तिगत गोपनीयता विरुद्धको कदम ठान्छन् । उसले मेरो भावुक प्रश्नको उत्तर दिइनँ । बरु केही नबोली त्यहाँबाट उम्किइ ।

बोडन जे भन्ने ठाउँमा त म पनि बेलाबेला गएकै हुँ। कन्स्टान्च ताल भनेर पनि चिनिने सो ताल जर्मनीको दक्षिणी सिमानामा पर्थ्यो। ताललाई जर्मनी, अष्ट्रिया र स्वीजरल्याण्डको साझा मानिन्थ्यो । तालको किनारै किनार दौडँदा यी तीनै देशको सिमाना टेकिन्थ्यो । सोही तर्कअनुसार नोएमीले सगरमाथालाई साझा बनाएकी थिई । म भने सगरमाथा बाँड्ने कल्पनासम्म गर्न सक्तिनथेँ ।

सम्झौतासँगै नेपाल चीन बीचका सीमासम्बन्धी सबै विवादको अन्त्य भएको भनेर नेपाल–चीन सम्बन्धको कोशेढुङ्गा भन्ने शीर्षकमा सम्झौता सहितको लेख नै लेखिएको रहेछ । सम्झौताको पुछारमा नेपालका राष्ट्रवादी छवि बनाएका राजा महेन्द्रको नाम थियो । त्यो सन्देश पढ्दा मलाई चिली ड्याङ्ग एकाएक नराम्री लागेको थियो ।

‘तिम्रो देशको राजा र हाम्रो देशको प्रधानमन्त्री ली साओछी बीचमा भएको सम्झौतामा सगरमाथा बाँडिएको हो,’ चिली ड्याङ्गले मेरो आपत्तिको जवाफमा भनी । उसका साथीहरुले सगरमाथा माथिको धावा नबोलेसम्म मलाई ऊ साह्रै मिजासिली लाग्थी । ऊसँगको सम्बन्ध नबिग्रियोस् भनेरै मैले निकै जतनसाथ आफ्नो आपत्ति उसलाई सुनाएको थिएँ । मैले सगरमाथा बाँडेको कुरा नपढेको जस्तै उसले पनि सगरमाथा बाँडेको कुरा पढेकी रहिनछ । तर झट्टै निचोडमा पुगेर प्रतिवाद गर्नुको साटो उसले सन् १९६१ अक्टोबर २० को पेकिङ्ग रिभ्युको ४२ औँ अंकको विद्युतीय कापीसहित मलाई सन्देश पठाएकी थिई । राजा रानीको १८ दिने चीन भ्रमणका बेला सो सम्झौता गरिएको रहेछ । सम्झौतासँगै नेपाल चीन बीचका सीमासम्बन्धी सबै विवादको अन्त्य भएको भनेर नेपाल–चीन सम्बन्धको कोशेढुङ्गा भन्ने शीर्षकमा सम्झौता सहितको लेख नै लेखिएको रहेछ । सम्झौताको पुछारमा नेपालका राष्ट्रवादी छवि बनाएका राजा महेन्द्रको नाम थियो । त्यो सन्देश पढ्दा मलाई चिली ड्याङ्ग एकाएक नराम्री लागेको थियो ।

चिली ड्याङ्गको त्यो सन्देश पढेर मेरो छटपटी निकै बढ्यो । मैले पनि सकेसम्मका स्रोतहरु जुटाउँदै नेपालको दाबी कायम गर्ने प्रयास गरेँ । एरिक हायरको ‘द प्राग्म्याटिक ड्रयागनः चाइनाज् ग्रयाण्ड स्ट्रयाटेजी एण्ड बाउण्डेरी सेटलमेन्टस्’ नामको पुस्तकमा पनि चिली ड्याङ्गले पठाएकै जस्तो कुरा लेखिएको पाउँदा मन झनै खल्लो भयो । बिपीको चाइना भ्रमणकै क्रममा माओले सगरमाथा बाँड्ने प्रस्ताव राख्दा सगरमाथा देशको लागि एकदमै संवेदनशील कुरा भएको भन्दै बिपीले पन्साए । पछि महेन्द्रले बिपीलाई अपदस्त गर्दै पञ्चायती व्यवस्था थालेपछि गरेको चीन भ्रमणका क्रममा बिपीसँगै आग्रह महेन्द्रसँग पनि गरिएछ । भारतीय दबाबको पूर्वाभासका कारण अन्तिम समय सम्झौताबाट बच्न खोजेका महेन्द्रले अन्तिममा गएर अक्टोबर ५, सन् १९६१ मा सम्झौतामा हस्ताक्षर गरेछन् । फरक फरक अनुमानहरु गरिए पनि नेपालले विवादित भूमिको ३०० वर्गमिल प्राप्त गर्यो भने चीनले ५६ वर्गमिल प्राप्त गर्यो । सगरमाथा भने माओले सुझाएअनुरुप दुई देशका बीच बाँडियो ।

२१ जनवरी, सन् १९६३ मा बेजिङ्गमा गएर अन्तिम सन्धि नियममा हस्ताक्षर गरियो तर पनि सगरमाथाका हकमा नेपालले अलि ढाकछोपको नीति नै लिइरह्यो । हङकङबाट नेपाल आउँदै गरेका तात्कालीन परराष्ट्रमन्त्रीले सगरमाथा सम्पूर्ण रुपमा नेपालको हो भनेर सार्वजनिक रुपमै भने ।

चीन सधैँ नेपालको हित चिताउँछ भन्ने सोच्थेँ । सगरमाथा खोसेको पढ्नेबित्तिकै मन नै कुँडियो । चीनले सगरमाथा खोसेर बनाएको घाउमा मलम लाउनलाई नै नेपाललाई सडक निर्माणका लागि आर्थिक सहयोग गर्यो । केरुङ क्षेत्रको रसुवागढी हुँदैको बाटो र कोदारी हुँदै कुती तर्फको बाटोको प्रस्तावमा राजा महेन्द्रले चिनियाँ पक्षलाई गाह्रो होस् भन्नको लागि कठिन भू–बनोट भएको कोदारी हुँदै कुती तर्फको बाटो रोजेछन् । चिनियाँले त्यो अप्ठ्यारो बाटो पनि बनाइछाड्यो । भारतमा खैलाबैला भयो । नेहरुले समेत सामान्य असन्तुष्टि प्रकट गरे । बचाउमा महेन्द्रले ट्याक्सी चढेर कम्युनिज्म नेपाल नआउने कुरा गरे । भारतलाई भने चीनले सो बाटो हुँदै भारतसम्म बख्तरबन्द गाडीहरु नल्याओस् भन्ने थियो ।

यति धेरै कुराहरुबाट आफू अनभिज्ञ हुँदा मनमा अर्कै पीडा भयो । झूटो गौरबमा बाँचेकोमा कस्तो थकथक महसुस भयो । त्यस मितिसम्म भारतप्रति गुनासाहरु भए पनि चीन त हितैसी नै लाग्थ्यो । त्यसैले भारतीय भन्दा चिनियाँहरुसँगै नजिकिन मन लाग्थ्यो तर सगरमाथा खोसिएको कुराले मन नै कुँडियो ।

चिली ड्याङ्गसँग त्यसपछि त्यति साह्रो भेटहरु भएनन् । परीक्षा अवधिभर पनि आक्कल-झुक्कल मात्रै भेटहरु भए । ऊ ती भेटहरु पनि हाँसो साटेरै टुङ्ग्याउँथी । म मनमा ऊ प्रतिको एउटा गुनासो बोकेरै भए पनि उसलाई साथ दिन्थेँ । चिनियाँहरु त्यसै पनि पढ्ने कुरामा एकदमै गम्भीर हुन्छन् ।

‘हाम्रो विश्वविद्यालयको छात्राबासमा कोठाको बत्ती बन्द गरेर सिरकमुनि बत्ती बालेर पढ्ने विद्यार्थीहरु कत्ति हुन्छन् कति,’ ऊ चीनको उच्च प्रतिस्पर्धाको उदाहरण दिने क्रममा भन्थी । कोठाका अन्य साथीहरुभन्दा अब्बल नतिजा ल्याउन अरु सबै सुतून् भन्नका लागि आफू अघि नै सुतेको जस्तो गर्ने र पछि सबै सुतिसक्दा सिरकभित्रै बत्ती बालेर पढ्ने काम आफैँले पनि कत्ति गरेको भनेर ऊ सुनाउँथी ।

‘त्यसैले त प्रायः चिनियाँहरुका आँखामा चस्मा हुन्छन्,’ ऊ चिनीयाँहरुले चस्मा लाउनुको रहस्य खोल्थी, ‘म भने लेन्स लाउँछु ।’

हाँस्दै थप्थी ।

परीक्षाहरु सकिएपछि केही फुर्सदिलो भएँ । ऊ बाँकी रहेका भ्रमणहरु टुङ्ग्याएर स्वदेश फिर्तीको तयारी गर्न थाली । म बिदाको बेला कुनै गतिलो कम्पनीमा काम गरेर थप पैसा जुटाउने ध्याउन्नमा लागेँ । अन्तिम दिन उसले कोठा सार्न सहयोग गर्न बोलाएकी थिई । त्यही अन्तिम भेटमा मैले उसलाई मनमनै भए पनि मेरो मनको गुनासो सुनाएको थिएँ ।

‘चिली ड्याङ्ग, तिम्रो माओले हाम्रो सगरमाथा खोस्यो अनि तिम्रै माओका अनुयायीले मेरो किशोरावस्थाको दश वर्षे शान्ति पनि खोसे।’

 

(कथाकार जर्मनीमा तथ्याङ्क विश्लेषणको क्षेत्रमा कार्यरत छन्)

प्रतिक्रिया
Loading...