Chovar Blues Mobile Size

म झ्याल उघार्नेछु

धेरैबेरसम्म बाँधिइरह्यो हाम्रो अँगालो ।
हामीले एकअर्काका अस्थिसम्म पसेर माया गर्यौँ
हड्डीहरू घोटिएको सुनेँ मैले
मैले हामी दुबैका अस्थिपञ्जर देखेँ ।

अहिले भने
तिमी कति बेला जाने हौ भनेर सोचिरहेकी छु म
कति खेर तिम्रो पदचाप सुनिन छाड्ला भनेर पर्खिरहेकी छु ।
यतिखेर मौनता मात्र बाँकी छ यहाँ ।

अन्ना स्विर

एक्लै सुत्ने छु, आज म
स्वच्छताको ओछ्द्यानमा ।
स्वास्थ्यको पहिलो सूचक हो एक्लोपन ।
एकान्तिकताले
फराकिलो पार्नेछ कोठाका भित्ताहरूलाई ।

म झ्याल उघार्नेछु
र वियोग जत्तिकै स्वस्थ चिसो सिरेटो
सरर पस्नेछ झ्यालबाट भित्र ।
मानव विचारहरू पस्नेछन्‌,
मानवीय चासोहरू,
अरूका दुर्भाग्यहरू र साधुत्वहरू पस्नेछन्‌ ।
कहिले साउती मार्नेछन्‌ आपसमा तिनीहरू
र कहिले कड्केर बोल्नेछन्‌ एकअर्कासँग ।

अबदेखि नआउ तिमी ।

आक्कलझुक्कल मात्र पशु हुने गर्छु ।

सुमन पोखरेल