नजन्मिएकी नारी
अझै जन्मिन बाँकी छु म,
जन्मनुभन्दा पाँच मिनेट अघिकी छु अहिले ।
त्यसभन्दा अझै उता पनि जान सक्छु मेरो अजन्मतिर ।
अहिले, दश मिनेटअगाडिकी भएँ,
अहिले, जन्मनुभन्दा एक घन्टाअगाडिकी भएँ ।
पछाडि फर्किन्छु म
दौडन्छु
आफू जन्मनुभन्दा पहिलेतिर ।
मेरो अजन्मतिर बिब्ल्याटो हिँड्छु म कुनै सुरूङमा झै ।
दश वर्षअगाडि,
एक सय पचास वर्षअगाडि ।
पाइला बजादैँ
पूरै कालखण्डभरि
म एउटा स्वैर यात्रा गर्छु
आफूलाई अलिकति पनि नलिई ।
जन्मभन्दा अघिको मेरो जीवन
जति लामो छ,
त्यति नै अजम्बर छ अनस्तित्व ।
जहाँ म पूर्णतया वैयक्तिक हुन सक्छु,
जहाँ एउटा हिँस्रक लोग्नेकी
कुरूप र माया नगरिएकी स्वास्नी हुन सक्छु ।
मध्यकालमा पुगोर म कुवाबाट पानी ओसार्न सक्छु ।
अझै हिँड्छु म
समयको उद्रामतिर ।
हिँड्छु, पाइला बजादै
मेरो माइनस जीवनतिर,
जीवनको उल्टोतिर ।
म आदम र इभसम्म पुग्छु ।
जहाँ केही देखिँदैन, अँध्यारोबाहेक ।
त्यस बेला मेरो अनस्तित्व आफैँ नै
गणितीय काल्पनिकताको थकित मृत्यु मरिसक्नेछ,
जसरी मृत्यु भएथ्यो मेरो अस्तित्वको ।
के म साँच्चै नै जन्मिएकी थिएँ ?
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।