अध्याय – सत्र

पृथ्वीका प्रौढ व्यक्तिहरूले आफूलाई जतिसुकै गतिलो ठाने पनि र ठूलै ठाउँ ओगट्छौँ भनेर घमण्ड गरे पनि सारा मानिस थुप्रिँदा प्रशान्त महासागरको एउटा सानो टापु पनि भरिँदैन । तर यो कुरा प्रौढ व्यक्तिहरूलाई सुनायो भने उनीहरू फिटिक्कै पत्याउँदैनन्‌ ।

एन्टाेनी डे सन्त एजुपेरे

फुच्चे राजकुमार जब पृथ्वीमा आइपुग्यो, त्यहाँ कसैलाई नदेखेपछि आश्चर्यचकित भयो । कतै गलत ठाउँमा पो आइपुगियो कि भन्ने लाग्न थाल्यो उसलाई |

त्यति नै बेला उसले सुनौलो रङको सर्प मरूभूमिमा कुनै जीव देख्यो |

‘नमस्ते ! म कुन उपग्रहमा आइपुगे ?’

फुच्चे राजकुमारले सर्पसित सोध्यो ।

‘नमस्ते ! पृथ्वीको अफ्रिका महादेशमा ।” सर्पले जवाफ दियो ।

‘ओहो ! खै, पृथ्वीमा मान्छे छैनन्‌ त ?”

‘यो त मरूभूमि हो | मरूभूमिमा को बसोस्‌ । पृथ्वी विशाल छ ।” सर्पले भन्यो ।

कुराकानीकै क्रममा राजकुमारले सर्पलाई भन्यो, ‘तिमी निकै विचित्र खालका प्राणी रहेछौ । औँला जस्तै पातलो ।’

“तर म राजाको औँलाभन्दा पनि शक्तिशाली छु ।” सर्पले भन्यो ।

फुच्चे राजकुमार अलि मुस्कुरायो ।

‘तिमी त्यति धेरै शक्तिशाली छैनौ है । हिँड्डुल गर्न त सक्दैनौ तिमी ।’

‘म तिमीलाई कुनै जहाजले भन्दा पनि टाढा लैजान सक्छु ।” सर्पले भन्यो ।

अनुवादक: बद्रीप्रसाद घिमिरे

सर्पले फुच्चे राजकुमारलाई गर्व गर्दे गर्दै भन्यो,

‘तिमी साँचो बोल्ने,-निर्दोष व्यक्ति, रहेछौ म तिमीलाई मद्दत गर्न सक्छु | यदि तिमीलाई घरको सम्झनाले न्यास्रो लाग्यो भने, मलाई भन्नू, म मद्दत गरौँला ।’

धन्यवाद |

कुनै बेला मद्दत चाहिएमा अवश्य तपाईंलाई सम्झछु भन्दै गमक्क पर्दे फुच्चे राजकुमार अगाडि लम्के ।