गएको साता जेके रोलिङ पुनः विवादमा परिन्। उनले एउटा वेबसाइटमा महिलाहरूको पहिचान नापेट पार्ने किसिमको शब्द राखिएकोमा असन्तुष्टी पोख्दा विवादमा परेकी हुन्।
उनले एउटा वेबसाइटमा पिपल हु मेन्सचुरेट अर्थात् महिनाबारी हुने व्यक्ति लेखेकोमा उनले असन्तुष्टि व्यक्त गरेकी हुन्।
उनले महिलाको सबैभन्दा सुन्दरतम पक्ष उसको शुद्धताका लागि हुने महिनावारीलाई मान्दै महिलाहरूको एक मात्र पहिचानलाई सो वेबसाइटले खोस्न खोजेको अनुभूति भएको उनले टिप्पणी गरेकी थिइन्।
उनले साढे तीन हजार शब्दको एक आलेख लेख्दै ट्रान्स जेन्डर हुनु वा त्यसको अस्तित्वमा आफूलाई कुनै समस्या भए पनि विभिन्न अधिकारका नाममा महिलाकै अस्तित्व संकटमा पार्ने गतिविधिप्रति असन्तुष्टि व्यक्त गरेकी थिइन्।
उनको यस भनाइपछि ह्यारी पोटर शृंखलामा अभिनय गरेका कलाकारहरू एकपछि अर्को गर्दै रोलिङको सो भनाइले आफूहरू आहत भएको र ट्रान्स व्यक्तिहरूको अधिकार कुण्ठित पार्ने किसिमको सोच उनको रहेको बताएका थिए।
ह्यारी पोटरका ह्यारी अर्थात् ड्यानियल रेडक्लिफ, त्यस्तै एमा वाटसन र पछि रूपर्ट ग्रिन्टले पनि रोलिङप्रति रोष प्रकट गरेका छन्।
हुन त रोलिङले आफ्नो प्रतिक्रिया लेख्नेबित्तिकै उनको सो भनाइप्रति ४५ हजार वटा प्रतिक्रिया आएका थिए। अधिकांशले रोलिङप्रति आक्रोश व्यक्त गरेका थिए। उनको सो भनाइलाई भने २ लाख २० हजार भन्दा बढीले लाइक गरेका थिए भने ३५ हजार बढीले रिट्विट गरेका थिए।
प्रतिक्रिया जनाएकामध्ये अधिकांशले यसअघि उनले नै ट्रान्स व्यक्तिहरूमाथि उनले व्यक्त गर्ने न्याना शब्दहरूको धज्जी उडाएको भन्दै उनका अनेकन् ट्रोल बनाइएका छन्।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।