साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

फोटो कविता प्रतियोगिता ४ को नतिजा प्रकाशित

Chovar Blues Mobile Size

साहित्यपोस्ट डटकम र विमलफोटो डटकमको संयुक्त तत्वाधानमा हरेक साता फोटो-कविता आह्वान गरिएकाेमा याे साता निर्णायक मण्डलले प्राप्त कविताहरूमध्ये सर्वोत्कृष्ट चयन गरेको छ ।

तीन सदस्यीय छनोट समितिले तस्बिरका भावनासँग मिल्ने कविताहरू मध्येबाट सर्वोत्कृष्ट कविताहरू चयन गरेको हो ।

प्रतियोगिताको रीत पुर्याई १६ वटा मात्र कविता प्राप्त भएका थिए भने नियमविपरीत १७ वटा थप सिर्जनाहरू प्राप्त भएका थिए । नियम विपरीतका सिर्जनालाई भने प्रतियोगितामा समावेश नगरिएको निर्णायक मण्डलले जनाएको छ ।

राम्रामध्येका सबैभन्दा राम्रा कविताहरूको छनोट ज्यादै दुरूह भएकाले यस पटक सर्वोत्कृष्ट तीन छनोट गरिएको छ ।

कवितालाई प्रथम, द्वितीय र तृतीय भनी वर्गीकरण नगरिएको निर्णायक मण्डलले बताएकाे छ । सबै उत्कृष्ट भएकाले यसाे गरिएकाे निर्णायक मण्डलको भनाइ छ।

sagarmani mobile size

याे साता प्रचण्ड भाष्करको ‘फूलकुमारी’, लीला ब्लोनको ‘नियति’ र चन्द्र जि एमको ‘जति सुन्दर हुन्छ फूल’ सर्वोत्कृष्ट चयन भएका हुन्।
छनोटमा परेका यी कविताहरू आगामी वर्ष साहित्यपोस्टको पहिलो वार्षिकोत्सवमा प्रकाशन हुने फोटोकविता संग्रहमा समावेश गरिनेछ ।

अर्काे फाेटाे-कविता प्रतियाेगिता आइतबार साँझदेखि शुरू हुनेछ ।

यस्ता छन् पुरस्कृत कविताहरू…।

प्रतिक्रिया
Loading...