अध्याय – पन्ध्र

छैटौं उपग्रह फुच्चे राजकुमारले भ्रमण गरेको सबैभन्दा टाढाको उपग्रह थियो । पाँचौ उपग्रहको तुलनामा दशगुणा ठूलो थियो छैठौँ, उपग्रह । त्यहाँ एकजना विद्वान्‌ बस्थे जसले ठूला ठूला पुस्तकहरू लेखेका थिए ।

फुच्चे राजकुमारलाई देख्नासाथ उसले भन्यो, “ल, यो त कुनै अन्वेषकजस्तो पो देखिन्छ त

“कहाँबाट आएको तिमी ?” वृद्ध विद्वान्‌ले फुच्चे राजकुमारसित सोध्यो ।

यो मोटो किताब के हो ? तपाईं यहाँ के गर्नुहुन्छ ?” फुच्चे राजकुमारले उसलाई सोध्यो ।

ती वृद्ध विद्वान्‌ले भने, “म भूगोलविद्‌ हुँ ।”

एन्टोनी डे सन्त एजुपेरे

“भूगोलविद्‌ कस्तालाई भनिन्छ ?”

“भूगोलविद्‌ यस्तो विद्वान्‌ हो जसलाई समुद्र, नदी, पर्वत, सहर एवं मरूभूमि कहाँ-कहाँ पर्छ भन्ने कुरा सबै थाहा हुन्छ ।

“तिमीले उपग्रहभित्र पर्ने कुनै नदीनाला, पर्वत, सहर, समुद्र, मरूभूमि देखे-भेटेका छौ त ?”

“अहँ छैन ।’ वृद्ध विद्वान्‌ले भन्यो ।

“तर तिमी त भूगालेविद्‌ होइनौ र भन्या ? फुच्चे राजकुमारले भन्यो ।

बैल्कुल ठीक ।’ भूगोलविद्ले भन्यो । ‘तर म अन्वेषक होइन । यहाँ अन्वेषकको कमी छ | नगर, नदीनाला, पर्वत, समुद्र, महासागर एवं मरूभूमिको हिसाब राख्ने काम कमै गर्छ भूगोलविद्ले । ऊ यताउता घुमफिर गर्दैन । आफ्नो ठाउँ छोड्दैन | यो सबै काम अन्वेषकको हो | भूगोलविद्को काम अन्वेषकबाट पाएको जानकारी जम्मा गरी विश्लेषण गर्नु हो ।”

भूगोलविद्ले भन्यो, “तिमी टाढाबाट आएका छौ । हेर्दा अन्वेषक जस्तो पनि देखिन्छौ | तिमी आफ्नो उपग्रहको विवरण मलाई देऊ ।” फुच्चे राजकुमारले भन्यो, ‘मसित तीनवटा ज्वालामुखी छन्‌ | दुईवटा सक्रिय अर्को सुसुप्त । फूल पनि छ मेरो उपग्रहमा त ।

“हामी फूलको बारेमा केही लेख्दैनौँ ।’

“किन ?“ फुच्चे राजकुमारले सोध्यो |

“किनकि फूल क्षणभङ्गुर हुन्छ ।

के हो नि यो क्षणभङगुर भनेको चाहिँ ?”

जस्तो फूल । हामी त कहिल्यै रूप परिवर्तन नहुने चीजको मात्र अभिलेख राख्छौं ।’

भूगोलविद्को कुरा सुनेर फुच्चे राजकुमार फूलको विषयलाई लिएर निकै चिन्तित भए ।

उसले मनमनै भन्यो, “मेरो फूल क्षणभङ्गुर छ । “के त्यसो हो भने मेरो फूल नाश भएर जान्छ । उसले भन्यो, “हो पक्कै नाश हुन्छ । भविष्यमा उसको अस्तित्व हुँदैन ।

अनुवादक: बद्रीप्रसाद घिमिरे

आफ्नो रक्षाका लागि ऊसित खाली चारवटा काँडा मात्रै छ भन्दै आफैंलाई बेकारमा मैले आफ्नो ग्रह छोडेर आए भन्दै पछुतो मनाउन थाले | फुच्चे राजकुमारले भन्यो ।

भूगोलविद्सित सोध्यो, “तिमी मलाई कहाँ जाने सल्लाह दिन्छौ त अब ? म त अब हिँड्छु ।”

“पृथ्वी नाम गरेको ग्रहमा । भूगोलविद्ले जवाफ दियो ।