म र मेरो म

कुनैकुनै क्षण त्यस्ता हुन्छन्‌
जसबेला
सँधैभन्दा ज्यादा स्पस्टसँगले अनुभव गर्ने गर्छु म
आफैँसँगको साथको ।
त्यस्तो हुँदा मलाई खुसी लाग्छ, आँट आउँछ ।
त्यसले मलाई साहस दिन्छ
मेरो त्रिआयमी शरीरलाई
मेरो आफ्नै छायाले साहस दिए झैं ।

अन्ना स्विर

कुनैकुनै क्षण यस्ता हुन्छन्‌
जब म साँच्चै नै सँधैभन्दा स्पष्टसँगले अनुभव गर्दछु
मेरो स्वसँगको साथको ।

दोबाटामा उभिन्छु म, देब्रेतिर जानलाई
र सोच्दछु,
मेरो स्व दाहिनेतिर हिँड्यो भने के होला ?

अहिलेसम्म त्यस्तो भैहालेको त छैनः
तर, त्यसो भन्दैमा
त्यस्तो कहिल्यै हुँदै हुने छैन भनेर
ढुक्क हुन कहाँ सकिन्छ र !

सुमन पोखरेल