Chovar Blues Mobile Size

 


सन् १८४७ अक्टोबर २० मा जन्मिएका फ्रित्ज टुलोभ प्रख्यात चित्रकार थिए । उनी १९ औँ शताब्दीका चित्रकलाका महत्त्वपूर्ण प्रतिनिधिहरूमध्ये एक थिए ।

उनको निधन १९०६ नोभेम्बर ०५ मा भएको थियो । उनी ल्यान्डस्केप, स्थिर जल र तीव्र गतिका नदीका चित्र बनाउन रूचाउँथे ।

त्यसो त उनले यथार्थवादी चित्रहरू पनि पर्याप्त बनाएका थिए । सन् १८८० को दशक सकिनै लाग्दा उनले बनाएका चित्रहरूमा प्रतीकवाद अर्थात् सिम्बोलिज्ममा निकै काम गरेका थिए । टुलोभ नर्वेका त्यस्ता सीमित चित्रकारमध्येमा पर्छन्, जसले अन्तर्राष्ट्रिय ख्याति बटुल्न सफल भएका थिए ।

हिजै मात्र उनी जन्मेको १७५ वर्ष पूरा भएको छ । यस अवसरमा हामी उनका उम्दा ल्यान्डस्केपहरू अवलोकन गर्नेछौँ । ✒