पच्चीस अंशः १ 

तिनीहरूले मलाई भित्र पस्नै दिन्नथे ।

म देख्छु कि तिनीहरूले उसलाई घचेटेर दुईवटा ढोका भित्र पसाउँछन्‌ र म पछिपछि लाग्छु | म हावा झैँ कोठाभित्र छिर्छु । आयोडिन र परोक्साईडको गन्ध आउँछ, तर मसँग सर्जिकल क्याप लगाएका दुई जना मान्छे र एक जना महिला हता हतार एउटा हिवल स्ट्रेचरमाथि निहुरिएको हेर्ने बाहेक अरू थोक गर्ने समय छैन | स्ट्रेचरको दायाँबायाँ सेतो तन्ना लत्रिन्छ र रङीन टायललाई बढार्छ । तन्नाको मुनिबाट एक जोडि रगत लागेका गोडाहरू बाहिर निस्केका छन्‌ र म देख्छु कि देब्रे खुट्टाको बूढी औँलाको नङ्ग टुक्रिएको छ | अनि एउटा अग्लो, सबैभन्दा मोटो, त्यो नीलो लुगा लगाएको मान्छेले हत्केलाले मेरो छातीमा अँठ्याउँछ र मलाई पछाडि घचेटेर ढोका बाहिर निकाल्दै छ । उसको बेडिङ्ग व्यान्डले मेरो छालामा छुँदा चिसो हुन्छ | म उसलाई धक्का दिएर अघि बढ्छु र उसलाई गाली दिन्छु, तर उसले मलाई “तपाईं यहाँ बस्न पाउनुहुन्न भन्छ” । अलि कडा, तर नम्र स्वरमा उसले यो अंग्रेजीमै भन्छ | मलाई पर्खेर बस्ने ठाउँतिर डोर्याएर फर्काउँदै उसले भन्छ, “तपाईंले पर्खनै पर्छ |! अनि उसको पछाडिका दुईवटा ढोकाहरू सुइँअँ गरेर आफैँ बन्द हुन्छन्‌ । त्यो ढोकाको सानो त्रिकोणाकार प्वालबाट मैले मात्र ती मान्छेका सर्जिकल क्याप देख्न सक्छु ।

उसले मलाई झ्याल पनि नभएको कोरिडरमा छोडिदिन्छ जहाँ भित्तामा लाइनै मिलाएर राखिएका फलामे फोल्डिङ्ग चेएरमा मान्छे खाँदिएर बसेका छन्‌ भने केही कुर्चीहरू च्यातिएको कार्पेटमा छन्‌ | मलाई फेरि पनि च्याँठिएर रून मन लाग्छ र म सम्झन्छु कि मलाई अन्तिम पटक यस्तै अनुभूति त्यही तेल बोक्ने ट्यांकीभित्र अन्धकारमा बसेर अरू पनि शरणार्थीहरूसँग जाँदाखेरि भएको थियो । म यो ठाउँबाट भागेर जान चाहन्छु | यो यथार्थबाट भाग्न चाहन्छु र बादल जस्तैमाथि उडेर परसम्म पुग्न चाहन्छु । यो ओसिलो गर्मीको रातमा पग्लिएर बर्षिन चाहन्छु र पर कतै पहाडमाथि घुल्न चाहन्छु, तर म यहाँ छु | मेरो गोडै लाग्दैन, मेरो फोक्सो रित्तो भएको र, मेरो घाँटी जलिरहेको छ | उडेर पर जाने कुनै उपाय छैन | आज राति त्योभन्दा बाहेक अरू कुनै वास्तविकता हुने छैन | म आँखा बन्द गर्छु र मेरो नाकमा करिडरको गन्ध, पसिना, अमोनिया, ‘घाउ सफा गरेको स्प्रीट र दालको गन्ध आउँछ । सिलिङ्गमा करिडर जत्तिकै लामो मैलो ट्युबलाइटमा पुतलीहरू हाम फाल्छन्‌ र म तिनले पखेटा चलाउँदा कागज बजे जस्तो फर्र गरेकी सुन्छु | म मान्छेका गफगाफ, मन्द आवाजको सुँक्क सुँक्क, सिँगान तानेको आवाज, कोही रोएर बिलौना गरेको आवाज, कोही लामो सास तान्दै गरेको, एलिभेटरको ढोका खुल्दा ‘बिङ्ग’ गरेको आवाज र त्यो अपरेटरले कसैलाई उर्दुमा पेज गरेको सुन्छु ।

म फेरि आँखा खोल्छु र म बुझ्दछु मैले कै गर्नुपर्ने छ | म वरिपरि हेर्छु । मुटु मेरो छातीमा ड्रिलिङ्ग गरेजस्तो गरी भड्किएको छ भने ढुकढुकी कानमै सुनिन्छ | मेरो देब्रेपट्टि एउटा सानो अँध्यारो सप्लाई रूम छ | मलाई जे चाहिएको छ म त्यसमै पाउँछु । यो भए हुन्छ । पट्टयाएर राखिएको तन्नाहरूको चाङबाट एउटा सेतो बेडसिट च्याप्प थुतेर कोरिडरमा लिएर जान्छु । मैले रेष्टरूम नजिकै एउटा नर्स एउटा पुलिससँग बोलिरहेको देख्छु । म त्यो नर्सको कुहिनोमा समातेर तान्छु । म जान्न चाहन्छु कि पश्चिम कतापट्टि हो । उनले कुरो बुझ्दिनन्‌ र जब उनले झर्को मान्छिन्‌ उनका चाउरिएका रेखाहरू अझ गहन हुन्छन्‌ | मेरो घाँटी दुख्छ र आँशुले मेरो आँखा चहन्याउँछ । सास फेर्न आगो निल्न जत्तिकै गाह्रो हुन्छ र मलाई लाग्छ कि म रुँदै छु | म फेरि सोध्छु | म मरिहत्ते गर्छु । मलाई त्यही पुलिसले पश्चिम दिशा देखाइदिन्छ ।

म मेरो पट्याएर राख्न मिल्ने जाई-नमाज, मेरो प्रार्थना गर्दा ओछ्याउने रग, भुइँमा सर्र ओछ्याउँछु, घुँडा टेक्छु र निधार भुइँमा टेकाउँछु । आँशुले तन्ना भिज्छ | म पश्चिम फर्केर ढोग्छु अनि मैले पन्ध्र बर्षभन्दा अझ बढीसम्म प्रार्थना गरेको छैन भन्ने कुरा सम्झन्छु । मैले ती शब्दहरू बिर्सेको पनि धेरै भइसक्यो, तर पनि त्यसले केही फरक पार्दैन । म तिनै शब्दहरू फलाक्ने छु जुन म अझैसम्म सम्झन्छु | म: फलाक्छु – ला ईल्लाह इल अल्लाह, बहस्मद रसुल अल्लाह । अल्लाह बाहेक अरू कुनै पनि भगवान्‌ छैन र मुहम्मद भगवानूको दूत हुन्‌ । म अहिले बुझ्छु कि बाबाले भनेको कुरा गलत थियो | भगवान्‌ छर सधैँ थियो पनि ! म अहिले उनलाई यहीँ देख्छु । यही करिडोरमा बसेका उदास मान्छेहरूका आँखामा । भगवान्‌को खास घर यही हो । भगवान्‌ गुमाएकाहरूले उनलाई पाउने ठाउँ यही हो न कि चम्किलो बत्तीहरू बलेको, अग्ला बुर्जाहरू भएको त्यो सेतो मस्जिदमा । एउटा भगवान्‌ छ र हुनुपर्छ । म अब उनको प्रार्थना गर्ने छु । मैले प्रार्थनामा भन्ने छु कि यत्रा बर्षहरूसम्म मैले उनलाई बेवास्ता गरेकोमा उनले मलाई माफ गरिदिउन्‌ । मैले दिएको धोका, ‘झूट बोलेकोमा र चाहिएको बेलामा मात्रै उनको शरणमा पर्ने जस्तो अन्जानमै गरिएको पापको लागी क्षमा गरून्‌ ! मैले प्रार्थना गर्छु कि उनी कुरानमा भनिएजस्तै दयावन, दिनदयालु र महान्‌ छन्‌ । म पश्चिमतिर टाउको भुइँमा टेकाएर जमिनमा चुम्बन गर्छु । र वाचा गर्छु कि, म जकात गर्ने छु, रमादानमा उपवास बस्ने छु र जव रमादान सकिन्छ म उपवास बसिनै रहनेछु र उनको पवित्र किताबको प्रत्येक शब्द कन्ठ पार्नेछु र म त्यो मरूभूमिको गर्मीले धपधप बलेको शहरमा तीर्थाटन गर्न जाने छु र कहाबको अगाडि शिर निहुन्याउने छु । म यो सबै गर्ने छु र म आजको दिनदेखि फोजनिकलेपहेलर दिन सम्झने छु यदि उनले मेरो यो एउटा ईच्छा पूरा गरिदिन्छन्‌ भने- मेरो हातहरूमा हसनको रगतको दाग छँदै छ र म भगवान्‌सँग प्रार्थना गर्छु कि फेरि मेरो हातमा उनको छोराको रगतको पनि दाग लाग्न उनले दिने छैनन्‌ ।

मैले लेघ्रो तानेर रोएर आवाज सुन्छु र बुझ्छ कि यो मेरै हो । अनुहारबाट चुहिएको आँशुले मेरो ओठ नुनिलो भएको छ । म ठान्छु कि करिडोरमा बसेका सबैका आँखा ममाथि परेका छन्‌ र म अझैसम्म पश्चिमतिर शिर झुकाउँछु | म प्रार्थना गर्छु । म प्रार्थना गर्छु कि मेरा पापहरूले मलाई पछ्याएका छैनन्‌ जसरी तिनले पछ्याउने छन्‌ भनेर म सधैँ डराएको थिएँ ।

तारा बिनाको अँधेरी रातले ईस्लामावादलाई ढाक्छ । केही घन्टा पछि म ईमर्जेन्सी वार्डतिर जाने करिडोर पर पट्टिको एउटा सानो लाउन्जको भुइँमै बसिरहेको छु । मेरो अघिल्तिर एउटा मैलो, खैरो रङको कफी टेबल छ जुन लथालिङ्ग खबर पत्रिकाहरू र बीट खुन्चिएका म्यागेजिनहरूले भरिएको छ | टेबलमाथि टाइम पत्रिकाको १९९६ को अंक, एक हप्ता अघि रेलले ठोकेर मरेको एउटा केटोको अनुहार भएको पाकिस्तानी पत्रिका र हलिउडका हँसिला हिरो र हिरोइनका तस्विरहरू भएको एउटा मनोरन्जनात्मक पत्रिका थियो ! मेरो सामुन्ने पारिपट्टि हिविल चेयरमा हरियो सलवार कमिज र कुरूसले बुट्टा भरेको सल ओढेकी बूढी आईमाई उँघेर बसेकी छ । घरिघरि त्यो बूढी आइमाई झस्केर बिउँझिन्छे र नसुनिने स्वरमा अराबिकमा प्रार्थना गर्छे । आजको रात कसको प्रार्थना सुनिएला उनको कि मेरो ? म थकित भएर आश्चर्य मान्दै सोच्छु । मेरो आँखाअगाडि शोहरबको तस्बिर छर्लङ्ग आउँछ – चुच्च परेको च्यापु, कुचुक्क परेका कान, उसको बाबुको जस्तै चिम्से आँखा । उँघेरी रात जस्तै दुःखको कालो बादलले मलाई ढाक्छ र मलाई कसैले घाँटी अँठ्याएजस्तो लाग्यो । मलाई हावा चाहिन्छ । मलाई उकुस मुकुस हुन्छ ।

क्रमश…..

नोटः उपन्यासको यो भाग धेरै लामो भएकोले यस्लाई अंश अंशमा विभाजन गरेका छौँ, धन्यवाद ।