अध्याय – चौध

पाँचौं उपग्रह बडो विचित्र खालको थियो, सबैभन्दा सानो ।

सडक बत्ती र बत्ती बाल्ने मान्छेमात्रै अट्ने खालको उपग्रह |

यो सबै परिवेश अनौठो लाग्यो फुच्चे राजकुमारलाई | उसले मनमनै भन्यो, “हुनसक्छ यो वाहियात मान्छे हो, तैपनि यो राजा, घमण्डी, जँड्याहा र व्यापारीभन्दा चाहिँ कमै वाहियात हो जस्तो लाग्छ । कमसेकम उसको कामको केही अर्थ त छ । जब उसले खम्बाको बत्ती बाल्छ, यस्तो लाग्छ, मानौं उ तारा वा फूललाई जन्म दिइरहेछ । जब ऊ
खम्बाको बत्ती निभाउँछ | मानौं यस्तो लाग्छ कि ऊ तारा वा फूललाई सुताउँदै छ ।

फुच्चे राजकुमार खम्बाको बत्ती निभाउने व्यक्ति भएको ठाउँ पुगेर अभिवादन गर्यो, “नमस्ते ! तिमीले भर्खर-भर्खर खम्बाको बत्ती निभायौ, किन ?” 

‘नियमै यस्तै छ ।” उसले जवाफ दियो ।

“कस्तो नियम ?”

खम्बाको बत्ती निभाउने, गूड इभिनिङ ।” उसले फेरि बत्ती बाल्यो |

“बत्ती किन बालेको फेरि ?”

बत्ती बाल्नेले भन्यो, ‘नियमै यस्तो छ, गूड मर्निङ्ग !

राजकुमार अलमल्लमा पर्यो । बत्ती बाल्ने व्यक्तिलाई प्रष्ट पार्न आग्रह गर्यो ।

उसले भन्यो, “मेरो काम नै राती बाल्ने अनि बिहान निभाउने हो ।“

उपग्रह प्रत्येक वर्ष तीब्र गतिमा घुम्दै छ तर नियम बदलिएको छैन । यहाँ त एक मिनेटको दिन अनि एक मिनेटको रात हुन्छ । आराम गर्न त “एक सेकेण्ड पनि पाउँदिन मैले । हरेक मिनेटको अन्तरालमा बत्ती बाल्ने र निभाउने गरिरहनुपर्छ । कहिल्यै काम सिद्धिदैन ।”

उसले भन्यो, “हामी दुईजनाले कुरा गर्दागर्दै झन्डै एक महिनाको समय बितिसक्यो । एक महिना क्या गजब, मैले भने |

फुच्चे राजकुमारले उसलाई आराम गर्न सघाउने विचार गर्यो । राजकुमारले भन्यो, “तिम्रो उपग्रह यति सानो छ कि तिमी तीन पाइलामै यसको वरिपरि घुम्नसक्छौं । बस्‌, तिमी यति ढिलो हिँड कि घाम लागिरहोस्‌ | जति तिमी चाहन्छौ दिन उति नै लामो हुँदै जानेछ ।”

यस योजनाबाट बत्ती निभाउनेलाई केही फाइदा भएन । उसले सुत्न पाएन ।

“अनौठो छ यो मान्छे ।” आफ्नो यात्रा जारी राखेको फुच्चे राजकुमारले दुःखी हुँदै लामो सास फेर्यो र मनमनै भन्यो, “बस्, यही एउटा मान्छे थियो जसलाई म आफ्नो साथी बनाउन सक्थेँ । राजकुमारलाई दुःख लाग्नुको कारणचाहिँ के थियो भने चौबीस घण्टामा १,४४० पटक सूर्यास्त हुने उपग्रह छाडेर हिँड्दै थियो ऊ ।

अनुवादक: बद्रीप्रसाद घिमिरे