सुमन विश्वकर्मा जम्मा १९ वर्षका भए तर उनको रुचि देख्दा मानिसले उनको उमेर बिर्सन्छन् । म्यानेजमेन्टमा प्लस टु गरिरहेका सुमन पढाइमा अब्बल छन् । यो पहिलो कुरा भयो ।
संगीतमा पनि उनको गहिरो रुचि छ । उनी सुरिला छन् । तर उनको उद्देश्य भने राष्ट्रिय फुटबल खेलाडी बन्ने छ । उनको अध्ययन, उनको गायन र उनको फुटबल कौशल चाँडै देखिने छ तर अहिलेलाई हेरौँ उनले बनाएका चित्रहरु ।
चित्रकलाको औपचारिक अध्ययनबिना नै उनका पेन्सिल चित्र निकै खुलेको देखिन्छ । कक्षा पाँचदेखि नै चित्र बनाउन थालेका उनीसँग भएका कलामध्ये कुन कला भविष्यमा बाहिर आउने हो, त्यो भने हेर्न बाँकी नै छ । अहिलेलाई उनका चित्रहरूकै स्वाद लिऔँः
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला