
साहस
हामीलाई थाह छ,
इतिहासको नापोमा कहाँनिर पर्छ यो समय भनेर
यसबेला दुनियाँमा के भइरहेछ, बुझ्दछौं हामी ।
साहसको समयले हाम्रो घडीको हात समात्नेछ
घुँडा टेक्ने छैन हाम्रो आँटले ।

अन्ना आख्मातोभा
कोही डराउँदैनौं गोलीमा थापिएर मर्न
कोही दुखित हुँदैनौं घरबारविहीन हुनपरे पनि…
र हामी तिमीलाई जोगाउनेछौं, ए महान रूस,
ए महान रसियन संसार, जे परेको गर्नेछौं हामी ।
बतासका तरङ्गजस्तै सुकिलो र उन्मुक्त बनाएर,
स्वतन्त्र गराउने छौँ, हामी तिमीलाई ।
दिनेछौं हाम्रा सन्तानलाई तिम्रो स्वामित्व
सधैँका लागि मुक्त गरेर तिमीलाई
दासताबाट !

सुमन पोखरेल



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
र यो पनि पढ्नुहोस्...
सुमन पोखरेल
२०७९ पुष ४ १०:०१
पाब्लो नेरूदाको अनुवाद कविताः आजको रात सर्वाधिक दु:खद पङ्क्ति लेख्न सक्छु
सुमन पोखरेल
२०७९ आश्विन १० ०४:०२
३० पुष २०८२, बुधबार 








