४. भकुन्डे भाइ र उसको चिप्लेटी

घुम्ने धरतीबाट आएको बाँसुरीको धुनमा ‘हाराबारी तोरी’ को लय अझै गुन्जिँदै थियो । त्यसैको तालमा भाले खरायो रूखको हाँगामा झुल्दै थियो । अकस्मात्‌ उसको हात फुस्केएर तल खस्यो । सबैको सातो गयो । तर खरायो फुर्तिलो भएकोले तल्लो हाँगा च्याप्प समात्यो ।

खरायो मामा त झन्डै पाताल पुगेका !’ गीताले हाँस्तै भनी ।

‘आजको खेल त बडो रमाइलो भयो हगि दाइ ?’ आशिषले पनि चहकिँदै भन्यो ।

“अर्कोको बिचल्ली तिमीहरूलाई रमाइलो’ अमरले अलि रिसाएझै भन्यो ‘हिंड अब घर जाऔं । उहाँ आमा कति पिरोलिनु भयोहोला ।’

एनिड ब्लाइटन

“हो दाइ, बा पनि पिरोलिनु भयोहोला’ गीताले भनी । अनि सबै तल ओर्लन थाले । तर गीता चाँडै नै थाकेर रुन थाली दाइ, म त ओर्लन सक्तिनँ । मेरो हात गलिसक्यो । चिप्लिन लाग्यो ।’

अमरले डराएर तलतिर हेर्यो । तल त कता हो कता, अत्तोपत्तो छैन । गीताको हात चिप्लेर ऊ तल खसी भने ?… अमरको आङ सिरिड्ङ गर्यो । गीता झन्‌ जोडले रुन थाली त्यस स्वरले नजिकैको हाँगोका एक जोडी चरा डराएर उडे । त्यसै बेला तल्लो हाँगाको एउटा पहेँलो ढोका खुल्यो । त्यसबाट एउटा डल्लो टाउको भएको मानिसले चियायो । उसको अनुहार जूनजस्तै उज्यालो र चम्किलो थियो । तर उसले झोक्किदै भन्यो “केको हल्ला हो यो ! एकैछिन मज्जासँग सुत्न पनि दिँदैनन्‌ ।’

गीता डराएर चुप लागी । त्यो जूनजस्तो अनुहारको भकुन्डे उसको नजिकै आएर उसलाई मुसार्न लाग्यो ‘सानी तिमी किन रोएकी ?’ ।

मेरो हात गल्यो ।’ गीताले फेरि रुँदै भनी ‘म हात चिप्लेर तल खस्छु अब ।… तर तिमीलाई उठाइदिएँ, मलाई माफ गर।’

“केही छैन !’ भकुन्डे भाइले भन्यो ‘अँ तिमीहरू कसैसँग मिठाई छ ?… मलाई मिठाई दिन्छौँ भने म आफ्नो चिप्लेटीबाट तिमीहरूलाई तल ओरालिदिन्छु ।’

‘चिप्लेटी !’ गीताले अचम्म मानेर भनी ‘के त्यसमा चिप्ली खेल्दै तल जमिनमा जान सकिन्छ ?’

‘किन नसक्नु !’ भकुन्डे भाइले सेखी गर्दैभन्यो “म सघैँ त्यही चिप्लेटीबाट त तल-माथि गर्छु । तर मिठाई…’

अमरले निराश भएर अरूका मुखमा हेत्यो । उनीहरू कसैसँग पनि मिठाई थिएन । खरायोसँग पनि अरू खेलौनाहरू थिए, मिठाई थिएन । “हामीसँग मिठाई त छैन । मकैको खजुरी र खेलौनाहरू मात्र छन्‌ ।’

‘त्यसो भए त …’भकुन्डे भाइले भित्र पसेर ढोका लाउन खोज्यो ।

“पख, पख’ अमरले झटपट उसको हात समातेर भन्यो ‘म भोलिपर्सि आउँदा तिमीलाई मिठाई ल्याइदिउँला । अहिले हामीलाई तल जान देऊ, हुन्छ ?’

‘पक्कै ल्याइदिन्छौ त ?’ भकुन्डे भाइले बाचा गरायो । अमरले पक्का-पक्का भनेपछि उसले सबैलाई भित्र कोठामा लग्यो । भकुन्डेको कोठा पनि भकुन्डैजस्तो गोलो थियो । त्यहाँका सबै कुरा भूगोलजस्तै गोला थिए । कोठाको माझमा चिप्लेटीको मुख थियो । त्यो चिप्लेटी रूखको टोड्को भित्रभित्रै घुमाउरो हुँदै तल धरतीसम्म पुगेको थियो । त्यहाँ नजिकै रङबिरङका भुवाका गद्दाहरू थिए ।

भकुन्डेले सबैलाई चिप्लेटीको मुखतिर लाँदै भन्यो ‘लौ तिमीहरू आफूलाई मनपर्ने रङको गद्दा छान ।

भाले खरायोले गाजर रङको गद्दा छानेर चिप्लेटीको मुखमा राख्यो र आफू त्यसमा बस्यो । तर ऊ यति माथिबाट चिप्लेटी खेल्न डराइरहेको थियो । त्यो देखेर भकुन्डे भाइले धकेलिदियो । खरायो बेतोडसँग चिप्लँदै तलतिर झर्न थाल्यो । हावामा उसका जुँघाका रौंहरू र कान फरफराइरहेका थिए । …त्यसपछि अमर नीलो गद्दा छानेर बस्यो । अनि ऊ गोली छुटेझैं चिप्लेटीमा तलतिर हुर्रियो, त्यसपछि आशिष, अनि गीता पनि गुलाफी रङको गद्दा रोजेर चिप्लेटीमा बसे । सबैभन्दा पछाडि पोथी खरायो दुबो रङको गद्दामा बसेर चिप्लिई । घुमाउरो चिप्लेटी अँध्यारोमा कता हो कता, पाताल पुगेकै लाग्थ्यो । त्यसमा चक्कर खाँदै तल झर्दा मज्जा पनि लाग्थ्यो र अँध्यारो हुनाले कहाली पनि लाग्थ्यो । उनीहरूलाई तल पुग्न निकै बेर लागेझैं भान भयो । उनीहरू गएर चिप्लेटीको आखिरी छेउको घोप्टोमा ठोक्किए । त्यसको बोझले घोप्टेको खापा जोडले खुल्यो । उनीहरू गद्दासमेत धरतीमा खसे । तर झ्याउको गद्दामा खसेकाले उनीहरूलाई कुनै चोट लागेन । यो एउटा रमाइलो चिप्लेटी थियो । सबै मुखामुख गरेर हाँसे । ‘कति रमाइलो भयो, हगि दाइ ?’ गीताले भनी ।

‘अब हामी आफ्नो घर जान्छौ ।’ खरायाको भालेले नमस्तै गर्दै भन्यो तिमीहरूसँग भेटेर बडो रमाइलो भयो । । हामी फेरि भेटौंला ।

खरायाका भाले पोथी झाडिपछिल्तिर उफ्रँदै आफ्ना दुलामा पसे । अमरहरू पनि घर जान भनेर उठे । गीता फेरि पनि यसै गरी चिप्लेटिमा सगर बाट झर्न पाए कति रमाइलो हुन्थ्यो भनेर गम्दै थिई । तर आशिष भने यति अग्लोबाट झर्दा कहालिएको थियो । ‘म त अब यस्तो चिप्लेटि खेल्दिनँ ।’

अब यी गद्दाहरू के गर्ने दाइ ? जाने बेलामा गद्दाहरू देखेर गीताले भनी । अमर पनि के गर्ने भनेर अलमलियो । तर त्यसै बेला एउटा बूढो लाहुरेजस्तो पुरानो र घाँसे जर्सी लाएको खैरो लोखर्केले रूखको टोड्कोबाट चियाउँदै भन्यो,’खोइ ती गद्दाहरू यता ल्याऔ ।’

“के तिमी यी गद्दाहरू बोकेर माथि पुर्याउन सक्छौ ?’ गीताले छक्क पर्दै सोधी । तर लोखर्केले जवाफ दिनै नपाई रूखको टुप्पोबाट एउटा पहेँलो डोरी झर्यो । अमरले सबै गद्दा बटुलेर लोखर्केलाई दियो । उसले डोरीको एक छेउमा सबै गद्दालाई बाँध्यो र डोरीलाई झट्कार्यो । डोरी गद्दाहरूसहित माथितिर गयो ।

“कस्तो बाठो काइदा !” गीताले खुसीले ताली पिट्दै उफ्री । अनि सबैजना झ्याउको गद्दाबाट ओर्लेर घरतिरको बाटो लागे । बाटाभरि आज दिनभरिको रमाइलोको बारे कुरा गर्दै गए । घर पुग्दा अँध्यारो भइसकेको थियो । उनीहरू डराई-डराई पछाडिको ढोकाबाट लुसुक्क पसे । तै त्यति बेला बा-आमा आफ्नै कोठामा हुनुहुँदो रहेछ । र उनीहरू चाल मारेर आफ्नो कोठामा पसे ।

रमेश विकल

ज्यादै थकाइ लागेकोले उनीहरू केही नखाई सुत्ने सुरले लुगासुगा फुकालेर ओछ्यानमा पल्टे । तर पेटमा भोक पनि त लागेको थियो । त्यसैले गीता खुसुक्क भान्छाकोठामा पसी । त्यहाँ उनीहरूको भाग दूध-रोटी राखिदिएको रहेछ । खुसुक्क त्यो ल्याएर खाए र गुटुमुट भएर सुते ।

अब कहिले मोहिनी वनमा जाने दाइ ?’ गीताले निद्रालु बोलीमा सोधी ।

“म त जान्नँ ।’ आशिषले भन्यो, ‘गए पनि त्यो रूखमा त चढ्दै चढ्दिनँ ।’

“तर म त नगई हुन्न ।’ अमरले भन्यो ‘भकुन्डे भाइलाई मिठाई लगिदिने कबुल गरेर आएको होइन ? उसको घरसम्म त जानै पर्छ ।’

‘ए हो साँच्चै त’ गीताले भनी “कबुल गरेपछि त पुर्याउनै पर्छ । तर दाइ, त्यो घुम्ने धरतीमा त नजानू नि । …बाबै नि झन्डैझन्डै त्यही थुनिएको ।’

त्यसपछि उनीहरू कुन बेला निदाए, पत्तै भएन । बा-आमा हेर्न आउँदा त उनीहरू मस्त सपना देखिरहेका थिए । तर सनामा पनि उनीहरू त्यही इन्द्रजाली रूखमा चढेर अनेक किसिमका अनौठा अनौठा कुराहरू देखिरहेका थिए । त्यसैले उनीहरूका अनुहार निद्रैमा कहिले हाँसेका, कहिले कहालिएका देखिन्थे।