साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

अस्कर अवार्डका लागि नेपालको छनोट ‘ऐना झ्यालको पुतली’

Chovar Blues Mobile Size


नेपालको अस्कर अवार्ड छनोट समितिले नेपाली चलचित्र ‘ऐना झ्यालको पुतली’लाई प्रतिस्पर्धाका लागि पठाउने भएको छ । ९५ औँ अस्कर अवार्डका लागि विदेशी भाषाका चलचित्र विधामा यो फिल्मले संसारभरका अन्य फिल्मसँग प्रतिस्पर्धा गर्नेछ ।

यो फिल्म यस वर्ष बनेका नेपाली फिल्महरूमध्ये ज्यादै सराहना गरिएको फिल्म हो ।

बक्स अफिसमा यो फिल्मले त्यति धेरै राम्रो व्यापार गर्न नसके पनि बालापन झलझली याद दिलाउन सफल भएको फिल्मका रूपमा गनिएको छ ।

सुजित बिडारीको लेखन तथा निर्देशन रहेको यो फिल्मले दुई जना दिदीभाइको कथामा घुमेको छ । दिदी विद्याको माध्यमिक विद्यालय पढ्ने धोको र त्यसको अधुरोपनलाई मनछुने गरी बनाइएको छ । ९० मिनेटको यो फिल्मले धेरैको आँशु झार्न सफल भनेको छ ।

यसअघि यो फिल्म दक्षिण कोरियाको बुसान इन्टरनेसनल फिल्म फेस्टिभलका लागि पनि छनोटमा परेको थियो । पुरस्कार भने हात पार्न सकेन ।

यो फिल्म सुजितको प्रथम पूरा लेन्थको फिल्म हो । यसअघि उनले १४ मिनेटको लघु फिल्म सावित्री निर्देशन गरेका थिए ।

sagarmani mobile size

यो फिल्मको बजेट एक करोडभन्दा बढी रहेको थियो । यसमा अभिनय गर्ने मुख्य कलाकारहरूमध्ये सिरू विष्टबाहेक अन्य सबै नयाँ कलाकार रहेका छन् ।

प्रतिक्रिया
Loading...