साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

आन्तोन छेखफको कथाः काँडा

सिपाहीले अन्त्यसम्म पढिसिद्ध्यायो । उसले आफू छेउ भएकाहरूतिर हेर्यो । कुर्तले सुइय गर्यो । कार्लले सुइय गरेन । फ्रिच् ङिसिक्क हाँस्यो । फ्रान्सले मुसुक्क गर्यो । अरू सिपाहीहरूले हल्ला खल्ला गरे ।

Chovar Blues Mobile Size

कथा पढ्नुअघि

समय खेर जान नदिन मैले छोटा-लामा रूसी कथा मूल भाषाबाट अनुवाद गरेँ । रूसी भाषाको सन्दर्भमा यहाँ लाटो देशको गाँडो तन्नेरी जो म आफूलाई ठान्छु । यी कथाहरूको छनोटको आधार चाहिँ यिनले दिने सन्देशहरू हुन् । म रूपलाई भन्दा सारलाई अलिकति भए पनि बढी महत्त्व दिनुपर्छ भनी ठान्छु ।

यी अनुवादहरू मूल कथाबाट टाढिएका छैनन् । अनुवादमा मैले मूल कृतिका संरचना र भावलाई सकेसम्म उतार्ने प्रयास गरेको छु । अर्थात् यहाँ भएका कथाहरू अनुवाद हुन्, व्याख्या होइनन् । मूल कृतिलाई व्याख्या गरेर गरिएको अनुवाद, जुन भाव अनुवादले बढी चिनिन्छ, मा लेखकको उपस्थिति कम हुन्छ, अनुवादकको बढी । यो मेरो निजी धारणा हो । रूसीमा यी कथाहरू पढ्दा सरर सर्छन् । यहाँ त्यसो नभएकोमा मेरो कमजोरी हो ।

आन्तोन पाभ्लभिछ छेखफ

अगाडि तपाईंले यो कथाको लेखकको नाममा एन्टन चेखभको ठाउँमा आन्तोन छेखफ नाम देख्नुभएर अचम्म मान्नुभयो होला । यसो गर्नु म ठीक ठान्दछु किनकि हामी अंग्रेजीका सबै खाले नाम-पदहरू पनि त्यसैगरी रूपान्तर गर्छौं । रूसीका चाहिँ किन यसो गर्न नहुने ? अर्थात् रूसीको ताल्स्तोइलाई हामीले टाल्स्टाय किन भन्नु पर्ने ? आलोचना स्वीकार्छु, त्यो पनि सहर्ष ।

sagarmani mobile size

यसअघि मैले शिसम प्रकाशन बालाजुबाट २०७५ मा ‘बसिबियाँलो’ किताब निकालेको थिएँ । त्यही बसिबियाँलोका कथाहरू नियमित रूपमा साहित्यपोस्टमा प्रकाशन हुनेछन् । कथा पढेर प्रतिक्रिया पाउनेछु भन्ने आशा गरेको छु ।

डा. बलराम अर्याल

काँडा
९Колючее слово

बेलारूसी जमिनमा युद्ध चल्दै छ । सङ्घर्षको आगो पछाडितिरबाट उठिरहेको छ । फासिवादीहरू अघि बढिरहेका छन् । अब उनीहरूसामुन्ने बिरिजिना छे – बेलारूसी मैदानहरूकी एक अप्सरा ।

बिरिजिना कुदिरहेकी लाग्छे । कि त एउटा व्यापक बाढीको मैदानमा फैलिएको लाग्छे ऊ, अनि फेरि नहरतिर पुगेर साँघुरिएको लाग्छे, अब दलदल भएर बलात् निस्किएको लाग्छे बिरिजिना, फेरि गडगडाहटसाथ अघि बढेकी लाग्छे ऊ, वनको आडै आड, फाँटहरूको छेवै छेउ गाउँका दयालु झोपडीहरूतिर गएर पाउमा पर्छे ऊ, पुल, शहर अनि गाउँहरूलाई मुस्कुराउँछे ऊ, बिरिजिना ।

आन्तोन छेखफ

फासिवादीहरू बिरिजिनामा निस्के । एउटा टोली चाहिँ स्तुज्यान्का तिर लाग्यो । स्तुज्यान्कामा लडन्त भयो । फासिवादीहरू सन्तुष्ट छन् । अर्को एउटा नयाँ मोर्चामाथि कब्जा जम्यो उनीहरूको । स्तुज्यान्का एउटा पहाडी ठाउँ हो । यहाँ जुराहरू दायाँ वायाँ दुबै किनारामा छन् । बिरिजिना अब सम्म ठाउँमा बग्छे, सलल मैदान ।

फासिष्टहरू डाँडामाथि उक्लिए । यहाँको इलाका हत्केलामै पल्टेको जस्तो लाग्छ । मैदान र वनहरू सिङ्गै आकाशछेउ उक्लिएका छन् । फासिवादीहरू बढ्दै छन्, अघि ।
गीत १ – कम्याण्डरले उर्दी गर्यो ।
सिपाहीहरूले गीत गाउन लागे ।
फासिष्टहरू बढिरहेका थिए, अचानक देखे – एउटा शालिक । बाटाको छेउ, डाँडाको टाकुरामा स्मारक खडा थियो । शालिकमा, तलतिर शीलालेख थियो ।

फासिवादीहरू रोकिए । गीतले घोक्रो सुकाउन छोडे । स्मारकतिर, अनि शीलालेखमा हेर्दै छन् सबजना । उनीहरू रूसी बुझ्दैनन् । परन्तु मनोरन्जन्, यहाँ के लेखिएको छ होला ? एकले अर्कालाई सम्बोधन गर्छन् ।

त्यहाँ के छ, कुर्त ?
यहाँ के छ, कार्ल ?

कुर्तहरू, कार्लहरू, फ्रिच्हरू आदोल्फहरू हान्स्हरू उभिइरहेका छन्, अनि हेरिरहेका छन् शीलालेखमा ।

अन्ततः एकजना फेला पर्यो , रूसी पढ्न सक्नेवाला ।

“यहाँ, यही ठाउँमा, सिपाहीले पढ्न थाल्यो । अघि भन्दै गयो, यहाँ, बिरिजिनाको स्तुज्यान्का गाउँमा सन् १८१२ मा रूसी सेनाले फिल्ड मार्शल मिखाइल इल्लारिओनभिछ् कुतुजफको कमानमा हाम्रो देशलाई जित्न चाहने फ्रान्सिसी सम्राट नेपोलियनको भीडलाई परास्त गरेको थियो, र अतिक्रमणकारीहरूलाई रसियाको सहरबाट लखेटिदिएको थियो । हो, यो ठ्याक्कै यही ठाउँमा भएको थियो । यहीँ, बिरिजिना छेउ, स्तुज्यान्काको गाउँमा ।

सिपाहीले अन्त्यसम्म पढिसिद्ध्यायो । उसले आफू छेउ भएकाहरूतिर हेर्यो । कुर्तले सुइय गर्यो । कार्लले सुइय गरेन । फ्रिच् ङिसिक्क हाँस्यो । फ्रान्सले मुसुक्क गर्यो । अरू सिपाहीहरूले हल्ला खल्ला गरे ।

अँ, कहिले भएको थियो रे यो !
नेपोलियनको त्यस बेला त्यो ताकत थिएन !

सिपाहीहरू अघि बढे । पुनः गीत गाउन थाले ।

मात्र खै के भएको हो ? गीत अब गीत रहेन । गीत कम कम सुनिने हुँदै थियो ।

ठूलो स्वरले ! ठूलो स्वरले ! – अफिसर कमान दिन्थे ।

ठूलो स्वर आइरहेको थिएन । बरू गीत त सामसुम पो हुँदै गयो ।

सिपाहीहरू हिँडिरहेका थिए । अनि साथमा खेलिरहेका थिए उनीहरूका दिमागमा सन् १८१२, स्मारक, स्मारकको तलको शीलालेखका कुराहरू । हुन त हो, यो धेरै पहिले भएको थियो, अनि नेपोलियनको ताकत पनि साँचो हो, खासै त्यस्तो केही थिएन, तर एकाएक फासिवादी सैनिकहरूको मुड बिग्रेर गयो । हिँड्थे र बार बार एउटै दोहोर्याउथे ।

डा. बलराम अर्याल

बिरिजिना !
काँडादार नै हुन गयो एक्कासी यो शब्द ।

प्रतिक्रिया
Loading...