साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

द काइट रनर, भागः २४, अन्तिम अंश,

"एक पटक म साँच्चिकै बच्चै छँदा एउटा स्याउको रूखमा चढेँ र ती हरियो अमिलो स्याउ खाएँ | मेरो भुँडी फुलेर ड्रमजस्तै साह्रो भयो र असाध्य दुख्यो । आमाले भन्नुभयो कि यदि मैले त्यो स्याउ पाक्ने बेलासम्म कुरेको भए म बिरामी हुने नै थिइन । त्यसैले जब म कुनै चीजको असाध्य चाहना राख्छु, म आमाले त्यही स्याउको बारेमा भनेको कुरा सम्झने कोसिस गर्छु ।'

Chovar Blues Mobile Size

भागः २४, अन्तिम अंश,

“अँ कुरा त्यही हो । अलि बेर लाग्न सक्छ, । तर उसले भनेको छ कि यो सम्भव छ र उसले हामीलाई सहयोग गर्ने पक्का छ ।” मैले उसको गर्धनको पछाडि हात राखेँ । बाहिरबाट प्रार्थनाको समयको जनाउ दिँदै माइकले सडकै थर्कायो ।

“कति बेर ?” शोहरबले सोध्यो ।

“मलाई थाहा छैन । अलि बेर लाग्ला ।”

शोहरबले “ख्वै के हो’ भन्दै कुम हल्लायो र यसपाली अलि खुलेर मस्कियो । “मलाई मतलब छैन | म पर्खन सक्छु तर यो पर्खिने काम अमिलो स्याउ खान जस्तो
गाह्रो हुन्छ !”

sagarmani mobile size

“अमिलो स्याउ रे ?”

“एक पटक म साँच्चिकै बच्चै छँदा एउटा स्याउको रूखमा चढेँ र ती हरियो अमिलो स्याउ खाएँ | मेरो भुँडी फुलेर ड्रमजस्तै साह्रो भयो र असाध्य दुख्यो । आमाले भन्नुभयो कि यदि मैले त्यो स्याउ पाक्ने बेलासम्म कुरेको भए म बिरामी हुने नै थिइन । त्यसैले जब म कुनै चीजको असाध्य चाहना राख्छु, म आमाले त्यही स्याउको बारेमा भनेको कुरा सम्झने कोसिस गर्छु ।’

“अमिलो स्याउ“ मैले भनेँ । “मासाल्लाह, मैले आजसम्म भेटेको यति चलाख फुच्चे त लगभग तैँ मात्रै हो, शोहरब जान ।” लाजले उसको कान रातो भयो ।

“के तपाईंले मलाई त्यो रातो पुल देखाउन लगिदिनुहुन्छ त ? त्यही कुहिरो लाग्ने चाहिँ ?’ उसले भन्यो ।

“एकदम मजाले,“ मैले भनेँ । “मज्जाले ।’

“र हामी ती सडकहरू मा पनि गाडी लिएर जाऔंला । त्यही सडकहरू जहाँ कारको हुड र आकाश बाहेक केहीपनि देखिन्न , हुन्छ ?”

“किन नहुनु । प्रत्येकमा जाऔँला,“ मैले भनेँ । मेरो आँखा आँशुले चहर्यायो र मैले परेली झिम्क्याएर टारेँ ।.

“के अंग्रेजी सिक्न गाह्रो छ ?”

“म त भन्छु कि एक बर्षभित्र तैँले अंग्रेजी फारसी जत्तिकै राम्रो बोल्ने छस्‌ ।’

“हो र ?”

“हो ।” मैले एउटा औंला उसको च्यापु मुन्तिर राखेर उसको अनुहार म तिर फर्काएँ ।

‘अझै एउटा कुरा छ, शोहरब ।’

“के कुरा ?”

“कुरा के भने नि फैसलको अनुसार हामीले यसो गर्न सके — यदि तैँले हामीले भने जस्तै केही समयका लागि बच्चाहरू बस्ने घरमा बस्न मानिदिने भए ?”

“बच्चाहरू बस्ने घर रे ?” मुस्कान कम गर्दै उसले भन्यो । “तपाईंको मतलब अनाथालयमा ?”
“यो मात्र थोरै समयका लागि हो ।”

“नाईं, उसले भन्यो । “म बस्दिनँ । कृपया त्यसो नभन्नुस ।’

“शोहरब, यो मात्रै थोरै समयका लागि हो | म बाचा गर्छु ।’

“तपाईंले मसँग तलाइँ त्यस्तो ठाउँमा कहिल्यै पनि छोड्दिन भनेर बाचा गर्नुभएको थियो, अमीर अगा” उसले भन्यो । उसको स्वर रून्चे थियो भने गहभरि आँशु भरिएको थियो । मलाई च्वास्स काँडाले मुटुमा घोचेजस्तो भयो ।

यो त पहिले बसेको जस्तो ठाउँ हैन । तँ बस्ने भनेको यहाँ ईश्लामाबादमा हो, काबुलमा होइन । हामीले तँलाई त्यहाँबाट निकालेर अमेरिका लैजान नसक्ने बेलासम्म । म तँलाई सधैँ भेट्न आइरहने छु ।”

“कृपया ! कृपया त्यसो नगर्नुस !” उसले रुँदै भन्यो । “मलाई त्यो ठाउँ देखेर डर लाग्छ | तिनीहरूले मलाई दुख दिन्छन्‌ ! म जान चाहन्न ।

“तँलाई कसैले चोट पुर्याउने वाला छैन । फेरि त्यस्तो कहिल्यै हुने छैन ।’

“हो । तिनीहरूले पक्कै त्यसो गर्ने छन्‌ ! तिनीहरूले गर्दैनौ भन्छन्‌, तर झूटो बोल्छन्‌ ! कृपया, हे भगवान्‌ !”

उसको गालामा भल बगेको आँशु मैले बूढी औँलाले पुछिदिएँ । “अमिलो स्याउ, याद छ ? यो पनि अमिलो स्याउ जस्तै छ,“ मैले विस्तारै भनेँ ।

“होइन, म त्यो ठाउँमा जान्न । हे भगवान्‌ मलाई बचाऊ ! कृपया म जान्न !” र थरथरी काम्दै थियो भने सिँगान र आँशु उसको अनुहारमा लतपतिएको थियो । “स्स्स्स ।” मैले उसलाई मेरो छेउमा तानेँ र कामिरहेको उसको सानो शरीरलाई : अङ्गालो मारेँ ।”स्स्स्स | सब ठीक हुन्छ | हामी सँगै घर जाने हो । तैँले देख्ने छस्‌ अब सब ठीक हुन्छ ।”

मेरो छातीमा उसको मुख टाँसिएकोले स्वर अस्पष्ट थियो तर पनि त्यसमा कति त्रास थियो भन्ने मैले सुनेँ । “कृपया, बाचा गर्नुस कि तपाईंले त्यसो गर्नुहुन्न ! है भगवान्‌, अमीर अगा ! कृपया वाचा गर्नुस कि तपाईंले त्यसो गर्नुहुने छैन !”

मैले कसरी पो बाचा गर्न सक्थँ र ? मैले उसलाई च्याप्प दह्रोसँग समातेर अघि, पछि हल्लाएँ । उसको आँशु नसुकुन्जेल, थर्थरी काम्न नछोडुन्जेल र उसले बौलाउँदै गरेको अनुरोधको स्वर घटेर बुझ्नै नसकिने गरी मुखमात्र नचलुन्जेल, र मेरो सर्ट भिज्ने गरी रोइरह्यो । मैले एकैछिनसम्म पर्खिएँ र उसको सास फेराइ ढिलो र शरीर अलि लूलो नहुन्जेल उसलाई फुल्याइरहेँ । धेरै बर्ष अगाडि मैले कतै पढेको कुरा मलाई याद आयो : बच्चाहरुले डरसँग व्यवहार गर्ने तरिका यही हो । उनीहरु न मैले उसलाई ओछ्यनमा लगेँ र पल्टाइदिएँ । अनि म आफ्नै ओछ्यानमा पल्टिएँ र झ्यालबाट साँझको ईस्लामाबादको गुलाबी रङको आकाश हेरिबसेँ ।

मलाई फोनको घन्टीले खङ्ग्रङ्ग पारेर बिउँझाउँदा खेरि आकाश अँध्यारो भइसकेको थियो | मैले आँखा भिज्दै ओछ्यानको छेउको बत्ती बाल । समय साडे दशभन्दा अलिकति बढी भएको रहेछ । म निदाएको झन्डै तीन घन्टा भैसकेको रहेछ । मैले फोन उठाएँ ।

‘हेलो ?”

“अमेरिकाबाट फोन आएको छ,“ फैयाजको उदास स्वर आयो ।

धन्यवाद,“ मैले भनें । बाथरूममा बत्ती बलेकै थियो । शोहरब नुहाउँदै थियो । दुईपालीसम्म ‘क्लीक क्लीक आवाज आयो अनि बल्ल शोरायाको स्वर :

“सलाम ” उनको स्वर खुसीले अत्तालिए जस्तो सुनिन्थ्यो ।

“हाई ।”

“त्यो वाकिलसँगको भेटघाट कस्तो रह्यो त ?”

मैले उनलाई ओमार फैसलले दिएको सल्लाह सबै सुनाएँ । “ठीक छ, अब तिमीले यो सब बिर्से पनि हुन्छ,” उनले भनिन्‌ । “हामीलाई त्यसो गर्न जरूरी छैन ।”

म बसेँ । “रावस्ती ? किन के हुँदै छ र ?”

“काका शरिफले मलाई फोन गरेका थिए । उनको अनुसार साँचोले अब शोहरबलाई अमेरिका जाने ढोका खोल्दै छ रे । जब र यहाँ आइपुग्छ, उसलाई यहाँ राख्ने अनेकौं उपाय छन्‌ । उनले आफ्ना आईएन.एस.का साथीहरूलाई केही फोन कल गरे | आज राति उनले मलाई फोन गरेका थिए र भनेको थिए कि शोहरबले ह्यूमानिटरिएन भिसा पाउने कुरा लगभग पक्कापक्की जस्तो भइसकेको छ रे ।”

“ठट्टा गरेको त होइन नि ?” मैले भनेँ | “भगवानलाई धन्यवाद ! बूढा शरिफ जान कति जाती रहेछन्‌ !”

‘मलाई थाहा छ । जे होस्‌ हामी स्पोनसोर गर्ने वाला बन्नुपर्छ । यो सबै अलि छिटो हुँदा राम्रो हुन्छ । उनले भनेका छन्‌ कि एक बर्षसम्म भिसाले काम गर्छ रे एडोष्सनका लागि बिन्तीपत्र हाल्न थुप्रै समय पाइन्छ रे ।’

‘हाम्रो काम साँच्चिकै हुने नै भयो त शोराया, हँ ?’

“होला जस्तै छ,” उनले भनिन्‌ । उनको स्वरमा खुसी थियो । मैले “म तिमीलाई माया गर्छु भने र उनले पनि “मलाई माया गर्छु’ भनिन्‌ | मैले फोन राखेँ ।

“शोहरब !” ओछ्यानबाट उठ्दै मैले भनेँ । “खुसीको खबर छ !’

भैले बाथरूमको ढोका ढकढकाएँ । “शोहरब, शोराया जानले भर्खरै अमेरिकाबाट फोन गरेकी थिइन्‌ | अब हामीले तँलाई अनाथालयमा राख्न नपर्ने भयो, शोहरब |
हामी अब अमेरिका जाँदै छौँ, तँ र म । मेरो कुरा सुनिस्‌ । हामी अमेरिका जाने भयौँ !

मैले धकेलेर ढोका खोलेँ । बाथरूममा पसेँ ।

अचानक म त घुँडा टेकेर च्याँठिएर रूँदै थिएँ । दाह्वा किटेर रुँदै थिएँ । मलाई लाग्थ्यो घाँटी चिरिएर छाती फुट्ने बेलासम्म पनि म रोइनै रहने छु |

पछि उनीहरूले भनेको थिए कि एम्बुलेन्स आईपुग्दासम्म पनि म रूँदै थिएँ रे ।

लेखक परिचय

प्रेम सिग्देल अनुवादकका रूपमा परिचित हुनुहुन्छ । उहाँ अनुवादसँगै प्राध्यापनसमेत गर्नुहुन्छ ।

प्रतिक्रिया
Loading...