५. घुम्ने धरतीमा 

रूखको सबैभन्दा माथिको एउटा मोटो र ठूलो हाँगोमा चढेर अमरले तलतिर हेर्यो । आम्मै नि ! तलतिर त सबै कुइरोले छोपेको ! कतै केही देखिँदैन । उसको शिरमाथि पनि बादलको बाक्लो खातको माझमा एउटा बैजनी रङ्गको प्वाल थियो । त्यसै प्वालबाट त्यो रूखको हाँगो छिरेको थियो ।

केटाकेटीहरू बादलको त्यसै प्वालबाट पसेर माथि पुगे । त्यहाँ एउटा सानो भर्याङ उक्लेर तिनीहरू एउटा बिचित्रको धरतीमा उभिए । त्यहाँ झलमल्ल घाम लागेको थियो । केटाकेटीहरू उभिएको ठाउँ एउटा हरियो चौरको चप्लेटो थियो । बाँसुरीको मोहिनी स्वर त्यहाँ प्रष्टसँग सुनिन्थ्यो ।

एनिड ब्लाइटन

“कति मीठो बाँसुरी !’ गीताले भनी ‘दाइ, यो लय त हाराबारी तोरी गीतको जस्तो छनि!’

“हो, हो, हाराबारी तोरी” आशिषले खुसीले उफ्रँदै भन्यो ‘हाराबारी तोरी, हाराबारी ! तोरीको फूल फुल्यो’ …तर उसले गीत सिध्याउन नपाउँदै त्यो धर र ती त जाँतेपीङझैँ घुम्न थाले । केटाकेटीहरू झन्डै-झन्डै मुन्टिन पुगेका ।

‘दाइ, मलाई रिङ्टा लाग्यो’ गीता कराई । सबैलाई रिङाउन थालेको थियो। टाढा-नजिकका सबै कुरा डाँडा-काँडा, रूख, घर सबै सँगसँगै घुम्न लागेभझैँ देखिन्थे । देख्दादेख्दै बादलको त्यो छिद्र र भर्याङ कता पुग्यो कता । सबैले आँखा चिम्ले ।

“अब के गर्ने ? घर कसरी जाने ?’ आशिषले रुँदै भन्यो । त्यो प्वाल पनि कता पुग्यो कता । रूखको टुप्पो पनि हरायो ।

‘नआत्तिऊ’ अमरले भन्यो कुनै मानिससँग सोधौँला ।’

“कोसँग सोध्ने गीता पनि रुन थाली । ‘कोही मान्छे छैन ।’

अमरले केही भन्न सकेन । धरती घुम्दा उसलाई पनि रिङटा लागेको थियो । गोडा भनेको ठाउँमा पर्दैनथे । उसलाई अनौठो लाग्यो । धरतीलाई यसरी घुमाउने कल कहाँ होला । कसले त्यो चलाउँदोहोला !

त्यसै बेला उनीहरूले एउटा बिचित्रको लुगा लगाएको बाँसजस्तो अग्लो मानिसलाई अनौठो राग ढाल्दै त्यतै आउन लागेको देखे । त्यो मानिस अनौठो स्वरमा गाउँदै थियो ‘चच चच हुइया ! चच हुइया अम्मल डुम्मल खैरे पात आसाकुटी महाद्यौ नुन ढिकी झार…

‘ए दाइ !’ अमरले उसलाई बोलायो । तर त्यो मानिस आफ्नै सुरमा राग ढाल्दै हिंडयो । अमरले फेरि उसलाई रोक्न खोज्यो ‘ए दाइ, यता सुन्नोस्‌ न । हामी यो धरतीबाट कसरी आफ्नो घर फर्कने ? बताइदिनोस्‌ न ।’

‘हामीले तल ओर्लने बाटो नै हरायौँ’ गीताले रुँदै भनी “हामीलाई घर पुग्ने बाटो देखाइदिनुहोस्‌ न ! बिन्ती छ । यो ठाउँको नाउँ पनि थाहा छैन ।’

‘यो घुम्ने धरती हो ।’ त्यस मानिसले च्याँठ्ठिएर भन्यो ‘त्यति पनि मलाई नै सोध्छन्‌ । मलाई नै बिथोल्छन्‌ । यस धरतीबाट तिमीहरू तल जान सक्तैनौ, बुझ्यौ ! किनभने यो धरती सधैं घुमिरहन्छ ।’

“के यो कहिल्यै अड्दैन ?’ गीताले निराश भएर सोधी ‘अब के गर्ने ?’

‘महिनामा एकपल्ट औंसीको रातमा मात्रै अड्छ ।’ त्यस मानिसले भन्यो र आफ्नै सुरमा राग ढाल्दै हिंडयो अम्मल डुम्मली खैरे पात…”

“कस्तो जङ्गली मान्छे । सोझो मुखले कुरा पनि नगर्ने” आशिषले नाक चेप्य्राउँदै भन्यो । गीता पनि ठुस्स परी ‘अब घर कसरी जाने ? आमा कति पिरोलिनु भएको होला !’

“पख कुनै न कुनै जुक्ति फेला परिहाल्ला नि !’ अमरले भन्यो । सबै जना त्यहीं नजिकैको एउटा रूखमुनि छहारीमा गएर बसे । बाँसुरीको स्वर अझै आइरहेको थियो । त्यसको लयमा माथि आकास र तल धरती, त्यसका डाँडा-काँडा, रूख बुट्यान र घर-खेत सबै घुमिरहेका थिए । त्यसै बेला उनीहरू बसेकै रूखका जराको एउटा प्वालबाट एक जोडी राम्रा खरायाले चियाएर हेरे ।

गीतालाई खरायो खुब मन पर्थ्यो । उसले आफ्नो एक टुक्रा रोटी भाँचेर खरायातिर फ्याँकी ।

पोथी खरायोले त्यसलाई हावामै समातेर दाँतले कोतर्न थाली ।

“धन्यवाद !’ त्यसले खुसी भएर भनी तिमीहरू बडो असल केटाकेटी रहेछौँ । तर तिमीहरू यहाँका मानिस होइनौँ ! भन कहाँबाट आएका ? तिमी किन रोएकी ?’

‘हामी तलको धरतीबाट, इन्द्रजाली हिउँको रूख चढेर आएका’ अमरले भन्यो । ‘यहाँ आएर हामीले बाटै हरायौं

“अब हामी कसरी घर जाने ?’ गीता फेरि रुन थाली ‘आमा…’

‘ तिमीहरू अब यहाँबाट उम्कन सक्तैनौ, हा-हा-हा…’ भाले हाँस्यो ।

“नकराऊ तिमी, बिचराहरूलाई’ पोथी खरायोले मायालु स्वरमा कान फट्कार्दै सोधी ‘के तिमीहरूको रूखले यस धरतीलाई भेट्छ !’

भेट्छ,’ अमरले भन्यो “नत्र हामी कसरी आउन सक्थ्यौं ?’

“त्यसो भए धन्दा नमान,’ पोथीले भनी ‘तिमीहरूले हामीलाई माया गर्यौ, हामी तिमीहरूको मद्दत गर्छौँ । हेर, तिमीहरू अगि उभिएको त्यो अलि गाढा हरियो चौंडिलो छ नि हो त्यसमा प्वाल पारेर हेर ! त्यसबाट तल रूख भए अवश्य देखिन्छ ।’

‘दुलो हामी नै खनिदिऔंला’ भालेले भन्यो । अनि दुवै भाले-पोथी मिलेर दुलो खनिदिए । त्यसबाट तल बादलको थुप्रो र भर्याङ देखियो ।

“लौ अब यहीं पर्खेर बस, पोथीले भनी जुन बेला त्यस रूखको हाँगो ठीक यस प्वालको मुनि आइपुग्छ, तिमीहरू त्यसमा ओर्लनू ।’

केटाकेटीहरू खुसी हुँदै पर्खेर बसे । रात पनि पर्यो, रात अँध्यारो थियो । नभन्दै एकैछिनपछि धरती टक्क अडियो । त्यतिखेर इन्द्रजाली रूखको माथिल्लो हाँगो ठीक त्यो प्वालमुनि आएर रोकिएको थियो । तर त्यो हाँगो निकै तल थियो ।

त्यो हाँगो त धेरै तल छ दाइ’ गीताले फेरि निराश भएर भनी “हाम्फालेर जान सकिन्न, कसरी त्यसमा ओर्लने ?’

“पख ।’ भाले खरायोले आफ्नो खल्तीबाट एउटा पहेँलो डोरी झिकेर त्यसको एक छेउमा सुर्केनी बनाउँदै भन्यो “यहाँबाट खस्यो भने त हाडखोड पनि फेला पर्दैन । यस डोरीबाट सुरेली खेल्दै ओर्लनु पर्छ।’

यति भनेर उसले त्यो डोरी तल हाँगामा ताकेर हुर्य्यायो । डोरीको सुर्केनी गएर एउटा बलियो चोकेमा कसियो । खरायोले आफ्ना दाँत ङिच्याउँदै भन्यो “लौ, अब यसैमा सुरेली खेल्दै ओर्ल । म यसको अर्को छेउ यस रूखको फेदमा बलियोसँग बाँधिदिन्छु ।’

खरायोले भनेजस्तै सबैभन्दा पहिले गीता डराई-डराई ओर्ली । ऊ, डोरीमा सुरेली खेल्दै हाँगामा उत्री । त्यसपछि आशिष उत्र्यो । आखिरमा अमर उत्रन सुरु गर्दैथियो ‘हाराबारी तोरी’ गीतको स्वर फेरि बज्न थाल्यो ।

‘छिटो गर’ खरायोले अमरलाई प्वालबाट धकेल्दै भन्यो, ‘धरती फेरि घुम्न थाल्यो, हामी पनि तिमीहरूकै धरतीमा आउँछौँ ।’

अमर हत्त र पत्त डोरीमा झुण्डियो । खरायोका भाले-पोथी पनि झुण्डिए, धरती फेरि घुम्न थाल्यो । प्वाल टाढा-टाढा हुँदै गयो । अब पूरै बादलले ढाक्यो । अमर र खरायाको जोडी बल्लतल्ल एउटा हाँगो समातेर भुण्डिए । गीताले तलतिर हेरी, तल अँध्यारो र अथाह गहिरो थियो । दाजुको हात हाँगाबाट खुस्क्यो भने ?… हाँगा समातेर झुण्डिएको अमरलाई हेरेर गीता आत्तिई, उसलाई खलखली पसिना आयो । रौं सबै ठाडाठाडा भए, आँखा चिम्लेर कराई ‘दाइ !… अमर दाइ !’

रमेश विकल

अमर बल्लतल्ल एउटा मोटो र बलियो हाँगामा चढ्यो । खरायोहरू पनि चढे । अमरले निधारको पसिना पुछ्यो । ‘बाफ रे बाफ !… हात खुस्केको भए…!’

गीताले आँखा खोली । अमर बलियो हाँगामा बसेर हाँसिरहेको थियो । गीता हाँसी । अनि सबै हाँसे । खरायोहरू त झन्‌ मरीमरी हाँस्न थाले । त्यसो गर्दा तिनीहरूका ओठै च्यात्तिए ।