अध्याय – एघार

दोस्रो ग्रहमा एकजना घमण्डी मान्छे बस्थ्यो । टाढाबाट आफूतिर आउँदै गरेको राजकुमारलाई देखेर ऊ करायो, “वाह ! यहाँ कोही प्रशंसकको आगमन भइरहेछ ।“

फुच्चे राजकुमारलाई देख्नासाथ घमण्डी मान्छे टाढैबाट कराउन थाल्यो किनभने घमण्डीले सबै मान्छेलाई आफ्नो प्रशंसक नै ठान्दथ्यो ।

एन्टोनी डे सन्त एजुपेरे

“नमस्ते !” भन्दै फुच्चे राजकुमारले भन्यो, “तपाईंको ह्याट त विचित्र खालको देखिन्छ त !”

“ह्याट भनेकै अरूलाई अभिवादन गर्नका लागि हो ।’ घमण्डी मान्छेले फुच्चे राजकुमारलाई भन्यो |

‘थपडी बजाऊ त !” घमण्डी मान्छेले उसलाई आदेश दियो ।

राजकुमारले थपडी बजाउनासाथ घमण्डी मान्छेले आफ्नो ह्याट फुकालेर विनयपूर्वक अभिवादन गर्यो ।

राजालाई भेट्दाको भन्दा अझ बढी रमाईलो भयो यो भेट ।’ मनमनै यस्तो सोच्दै राजकुमारले फेरि थपडी बजायो ।

घमण्डी मान्छेले ह्याट उचालेर फेरि अभिवादन गर्यो ।

तर पाँच मिनेट नबित्दै यस्तो निरस कार्यदेखि फुच्चे राजकुमारलाई वाक्क लाग्न थाल्यो ।

के तिमी साँच्चै मेरो प्रशंसा गर्छौ ? फुच्चे राजकुमारसित उसले सोध्यो ।

“प्रशंसा भनेको के हो ? कृपया प्रष्ट पारिदिनुहुन्छ कि ?” फुच्चे राजकुमारले भन्यो ।

“प्रशंसा गर्नु भनेको म यस उपग्रहको सबैभन्दा सुन्दर, पैसावाल, अनि बुद्धिमान्‌ व्यक्ति हुँ भनेर मान्नु हो ।’ घमण्डी मान्छेले भन्यो ।

‘तर तिमी त सारा उपग्रहमा एक्लै छौ त, तिमी सबैभन्दा सुन्दर कसरी हुन सक्छौ ?”

घमण्डीले भन्यो, “जसरी हुन्छ मेरो प्रशंसा गर, बस्‌, भैगो नि ।’

अनुवादक: बद्रीप्रसाद घिमिरे

“भयो, अब म तिम्रो प्रशंसा गर्दिन । आफ्नो काँध उचाल्दै फुच्चे राजकुमारले भन्यो । अनि त्यहाँबाट भाग्यो ऊ ।

म प्रौढ व्यक्तिहरू वास्तवमै विचित्रखालका हुँदारहेछन्‌ ।’ आफ्नो यात्राको दौरान उसले मनमनै भन्यो ।