
अनायोजित अनिता पन्थीको पहिलो उपन्यास हो । यो उपन्यासले बजारमा निकै चर्चा पाएको छ । उपन्यास क्षेत्रमा कलम थोरै चलाउनेहरु मध्ये परेकी छन् अनिता पन्थी । साधारण व्यक्ति भए पनि उनको अध्ययनमा गहनता छ । हरेक साहित्यिक पक्षमा उनको लगाव प्रसस्त भेट्न सकिन्छ । उनी साहित्यलाई गर्नू पर्छ भन्ने व्यक्तिभित्र पर्छिन । उनको विचारमा गहनता छ भने भाषामा सरलता छ । अध्ययनमा लगनशीलता छ । कुरा थोरै गरे पनि काम धेरै गर्नुपर्छ भन्ने मान्यता राख्छिन् उनी । सबथोक मिहेनतबाट प्राप्त गर्न सकिन्छ । अनुहारको बनोटबाट कसैले कसैको आँकलन गर्न सक्दैन । मान्छेलाई मान्छेले चिन्ने उसको बानी व्यवहार र प्रवृत्तिबाट हो भन्ने विचार प्रकट गर्छिन् उनी । मान्छे घमण्डी हुनु हुँदैन । घमण्डी मानिसले जीवनमा कहिल्यै पनि जस पाउँदैन । बृक्ष फलले लटरम्म भएपछि झुकेको हुन्छ । घमण्ड मानिसको शत्रु हो । त्यसैले भन्ने गरिन्छ संस्कार भन्ने विषयवस्तु घर परिवारबाटै सिक्नु पर्छ भनेर । घर परिवार व्यवहारिक ज्ञानको पाठशाला हो । मिठोबोली र नम्र व्यवहारबाट व्यक्ति परिचिय झल्किन्छ । अनिता पन्थीमा यी उपर्युक्त उद्धरण गरिएका पङ्तिसँग मेल खान्छ । अब म यस उपन्यासभित्र प्रवेश गर्न चाहन्छु ।
सुरुको प्रसङ्गमा उन्नति र आर्जनको बारेमा प्रेम संवाद भएको देखिन्छ । यहाँ उन्नति भन्ने एउटी शसक्त पात्रसँग उन्नति गर्नुपर्छ भन्ने कुरा जोडीएको छ । यस उपन्यासको प्रमुख भूमिका उन्नति र प्रयासले खेलेका छन् । यसरी सोझो अर्थ लगाउँदा के देखिन्छ भने उन्नति नै प्रयास हो प्रयास नै उन्नति हो भन्ने कुरा बुझ्नु पर्ने हुन्छ । प्रयास गरिँदैन भने उन्नति विफल हुन्छ ।
उन्नति गर्नेहरुकोलागि सर्वत्र उन्नति नै उन्नति छ । यहाँ यस उपन्यासको प्रमुख भूमिका निभाएकी प्रमुखपात्र उन्नति भिडभाडमा हराएको भनिएको छ । उनलाई खोज्न फोन गर्नुपर्यो भन्दा गोजीमा फोन पनि नभएको र पर्स पनि नभएको कुरा गरिएको छ । अब यी दुवै चिजको अभावमा कसरी कोठामा पुग्ने भन्ने प्रश्न अगाडि तेर्साइएको देखिन्छ ।
यहाँ भन्न खोजीएको के भने जो व्यक्तिले प्रयास गर्छ उसले जीवनमा उन्नति गर्न सक्छ । उन्नति विनाको प्रयास असफल हुन्छ । जहाँ प्रयास त्यहाँ उन्नति जहाँ उन्नति त्यहाँ प्रयास हुनु अति वान्छनीय देखिन्छ । उन्नति र प्रयासको प्रेम संवाद हुन्छ । उन्नति र प्रयास प्रेमी र प्रेमीका बनेर वार्तालाप गरेको क्षण छ । उनीहरु एक आपसमा अलग हुन चाहन्नन् । उन्नति प्रगतिपथमा लम्किएको देख्दा प्रयास आफैं दङदास पर्छ वास्तवमा भन्ने हो भने उन्नति सफलता हो । उन्नतिको सफलता प्रयासबाट नै सुरु हुन्छ । उन्नति र प्रयास एक अर्को विच घुलनशिल शब्द हुन् जस्तो लाग्छ । उन्नतिमा प्रयास पानीमा चिनी घुले सरह भएको छ । उन्नतिद्वारा समयलाई जति बुझ्ने कोसिस भएको छ प्रयासले त्यति बुझ्न सकेको छैन । उन्नति र प्रयास विचको तादम्यता गहिरो देखिन्छ । उन्नति र प्रयासको प्रेम मात्र होइन यसभित्र कतै केही लुकेको छ भन्ने आभाष झल्किन्छ । यो लुकेको विषयवस्तुलाई उपन्यास पढ्दै र केलाउँदै जाँदा अवश्य नै थाहा पाउन सकिन्छ ।
अनिता पन्थी एउटी महिलाद्वारा गरिएको उन्नतिले उपन्यास तैयार गर्दैछिन् भन्ने कुरा बुझ्न केही गाह्रो पर्दैन होला । प्रयासमा उन्नति छ र त उन्नतिमा प्रयास छ । प्रयासले उन्नतिको कुरा बुझ्न सकेको छैन । आफैले उन्नति गर्ने प्रयासको यथार्थ रुप अनिता पन्थीलाई नै जान्छ । अनिता पन्थी एक लगनशील र कर्मठ साहित्य साधिका हुन् । अनिता पन्थी आफै उन्नति र प्रयास बन्ने कोसिस गरेकी छन् । उन्नति र प्रयासको संयुक्त रुप नै अनिता पन्थी हुन् । मैले यो अनायोजित उपन्यासका प्रमुख पात्रलाई यस रुपमा लिने कोसिस गरेँ । यी पात्रहरुप्रति मैले जुन कुरा गरेको छु यसमा अवश्य नै अन्याय हुने छैन ।
गाऊँ घर पाखामा खेल्दै गरेका आनन्दहरुले यो प्रसङ्गमा ठाउँ पाएका छन् । अब यहाँनेर आएर एउटा अर्को पात्र प्रशन्न भन्ने देखा पर्छ । त्यसपछि देखिने गरेका अन्य पात्रहरुमा विकल्प, आर्जन, कृति, स्मृति, धृति अनि पल्ला घरकी कान्छी । उपन्यासकार सानो छँदा केटाकेटीले खेल्ने खेल बढो रोमाञ्चित मुद्रामा राखीएको देखिन्छ । समयलाई फल र फूलको क्षणिक जीवनसँग तुलना गरिएको छ । हामी यो धरातलमा रित्तो हात आएका हौँ र जाने बेलामा पनि रित्तै जाने हो भन्ने कुरा छन् । उन्नति पथमा लम्किरहेकालाई अवरोध गर्ने बाधक मात्र नभएर हत्यारा हो समेत भनिएको छ । अब यहाँ आएर उन्नतिको विश्वासिला पात्र प्रसन्न र प्रयास दुइ मध्ये कुन चाहिँ हो भन्ने कुरा तेर्सिएको छ । हरेक शीर्षकमा क्रम संख्या उल्लेख गरेको भए पाठकलाई पढ्न सजिलो हुने थियो कि ?

खिमानन्द पोखरेल
जो प्रयास गर्छ त्यस्ता व्यक्तिलाई शिशिर योगीको कालजयी गीतले छुन्छ । यस्ता गीतले मन नै चंगा बनाइदिन्छ । उपन्यासको विच विचमा अनेक पात्रहरु जोडिए पनि उन्नति आफैं द्रिढ र शंकारहित पात्रको रुपमा देखा परेकी छन् । उन्नति एक महिलाको नाम मात्र होइन उनको भावना, भविष्यको योजना सब उन्नतितर्फ लम्किएको देखिन्छ । यहाँ त केवल औपन्यासिक प्रमुख पात्रको रुपमा मात्र जोडिएका छन् यी दुइ पात्रहरु । तर भित्रि चक्षुले हेर्ने हो भने यस्तो कदापी देखिँदैन । उन्नति गर्नेलाई प्रयासको खाँचो छ । यहाँ उन्नति महिलासँगको जीवनमा खेल्ने पात्र बनेकी छन् भने प्रयास चाहीँ पुरुष । कसैले कसैलाई हेर्नुको पछाडि समान दृष्टि हुनुपर्छ । हामी सबैको शरीरभित्र खेल्ने रगत रातो छ । जो जहाँ बसे पनि भूमि एउटै हो । हामीले कसैप्रति हिनता बोध, इर्ष्या गर्नु हुँदैन । इर्ष्याले जीवनमा ठूलो धोका दिन्छ । जीवनलाई फरक दिसातर्फ मोड्नु हुँदैन । मान्छेको सोँचले फरक काम गर्नु हुँदैन । फरक मान्छेको कृयाकलाप बुझ्न सकियो भने त्यस्ता व्यक्तिसँग सङ्गत नगर्नू नै बेस हुन्छ होला । प्रकृतिको बक्षमा पुगेर प्रकृतिको काखमा रमाइरहेका पंक्षीहरुको ध्वनीबाट पवित्र बनेका कानहरुसँग सामिप्यता जोडिरहेका ध्वनिहरुले पनि यहीँ आवाज निकालेको सुन्न पाइन्छ ।
यो उपन्यासको मूख्य पात्र भनेका उन्नति र प्रयास हुन् । यहाँ अन्य सहायक पात्रहरु पनि छन् । तर यी सहायक पात्रहरु उन्नति र प्रयासको तुलनामा दुब्ला र पातला छन् । यहीँ भएर नै ती पात्रहरु यहाँ सक्रिय छैनन् । मेरो भने यस उपन्यासप्रतिको दृष्टिकोण अलिक भिन्न रहेको छ । उन्नति र प्रयासलाई केवल प्रेम गर्ने पात्रको रुपमा मैले लिएको छैन । उन्नति विना गरिएको प्रयास सफल हुन नसक्ला । विना प्रयास गरिएको उन्नतिलाई लेखा जोखा गर्न नमिल्ला । प्रयास गरे नहुने के छ र ? प्रयास नै उन्नति गर्नेहरुकोलागि प्रसस्त छ । मैले यसलाई यसरी नै बुझ्न पुगेँ र आफ्नो कलमलाई यसतर्फ मोडेँ ।
यो प्रसङ्ग मलाई फेरि नौलो लाग्यो । यस प्रसङ्गले यो भनिरहेको छ कि प्रयास उन्नतिलाई प्रेम गर्दा गर्दै सुस्मितातर्फ मोडिएको छ । यसै विचमा प्रयासले दाजुको आज्ञापालन गरेर भरतपुर छोड्दै काठमाडौंतर्फ लागेको छ । काठमाडौं प्रवेशपछि सुस्मिता धेरै टाढा हुन्छिन् भने उन्नतिलाई भेट्ने प्रयासको सजीव चित्रण ताजा बन्ने छ । यसरी प्रयासको भित्रि चहानाले मात्र काम गर्नेछ । संसाररुपी सुख दुःखको धरातलीय डुङ्गामा टेकेपछि डुङ्गा ढलपल नगर्दासम्म एकाग्र चित्तले निस्फिक्रिसँग काम गर्ने जाँगर पलाउँछ । नदीको विच बाटोमा डुङ्गालाई हावाले नियन्त्रणभन्दा बाहिर लैजान्छ कि भन्ने भयले मन विचलित पार्छ । सुस्मिताको अर्को केटासँग बिहे भएपछि प्रयासमा अरु नैरास्यता प्रकट हुन्छ । सुस्मितालाई फोन गर्छ । फोन सुस्मिताको श्रीमान्ले उठाउँछ । अनि पछि प्रयास चाहिँ झन् आगो आगो बन्न पुग्छ र फोनमा सुस्मितालाई आफूले फोन गरेको कुरा सुनाइदिनु भन्छ ।
गाउँघरमा खेतबारी सम्याउँदा चलाउने कोदालो, हलो, झम्पाल, गैटीजस्ता औजारहरू अहिले चलेका आधुनिक मेसिन डोजर, लोडरका कारण लोप हुने अवस्थामा पुगेका छन् । फेरि पनि आधुनिक मानिसको दिमागले क्याल्कुलेटर मेसिन चलाएर छिटो छरितो गर्ने कार्यलाई तीव्रता दिएको कुरा उल्लेख गरिएको छ । यन्त्र औजारहरुले मानवसँग भिडन्त गरेर मानिस पराजय गर्न खोजेको कुरालाई प्राथमिकता दिएर उपन्यासको यो खण्डलाई यसरी अगाडि बढाइएको छ । यहाँ मैले सन् २०८० हुनु पर्नेमा अन्यथा भएको देखेँ कतै प्रुफ हेर्दा ध्यान नपुगेको हो कि ? यसरी खेत बारी र बाटो घाटो बनाउँदा बढी प्रयोगमा आउने मेसिनहरुले आफ्नो आधिपत्य जमाउँदै जान थालेका कुराहरु यहाँ स–विस्तार व्याख्या गर्न छुटाइएको छैन । यस्ता अत्याधुनिक औजारहरुले गर्दा हाम्रा पुर्खाले चलाउँदै आएका हलो, जुवा, गोरु विस्थापित हुन थालेको कुराले उपन्यासकारलाई दुःखी बनाउँछ । विकासको अन्तिम विन्दू नै विनास रहेछ भन्ने कुराको व्याख्या गरिएको छ । कमिलाले प्वाँख हालेर कसरी आकाशमा उड्छ र पखेटा झरेपछि कसरी पृथ्वीमा नै रहन्छ भन्ने कमिलाको उदाहरण दिएर यो भागको अन्त्य गरिएको छ ।
यो प्रसङ्गमा खोलाले बर्षेनी देखाउने परिदृश्यलाई अगाडि सारिएको छ । खोलाको ताण्डवपनले पछेडा खेदेको कुरालाई साक्षत बनाइएको छ । खोलामा पौडी खेलेका कुराहरु परेका छन् । माछा समात्ने चहाना अधुरै रहेका कुरालाई यहाँ जोडिएको छ । यसपछि भने कुनै कुनै ठाउँमा उपन्यासका पात्रहरुसँग आफूलाई समाहित बनाइएको छ । स्काभेटर र डोजरका कुरा उठाएर यो च्याप्टरको अन्त्य गरिएको छ ।
यी दुबै विचको प्रेम सम्बन्धि सम्वाद त छँदैछ तर यहाँ एउटा कुरा के देखियो भने प्राकृतिक दृश्यको पेरीफेरीभित्र रहेर प्रकृतिसँग रमाइरहेका चराचुरुङ्गी र पशुपक्षीहरुको दृश्य नै लोभलाग्दो देखियो । यसै विचमा उन्नति अर्को आर्जन भन्ने केटासँग डेटिङमा भएको प्रसङ्गलाई जोडिएको छ । उन्नतिको विक्रम आदित्यसँग विवाह गर्ने कुरा चल्छ । यहाँ प्रकृतिमा पाइने अनेक चिजविजसँग उपन्यासकार अत्यधिक रमाउने गरेको देखिन्छ ।
बाढी पहिरोले ताण्डव नृत्य मच्चाएका कुरा उठेका छन् । उखर्माउलो गर्मीकै कारण पंक्षी र अन्य जनावरहरु तड्पिएका छन् । बहिनी शुष्मा बर्षाको जंघार तर्न नसकी छटपटाएर खोलाले बगाएका कुरा परेका छन् । पहाडका बस्तीहरुमा डोजर र स्काभेटर चलाउँदा पहाडीया बस्तीहरु चिराचिरा पर्दै पहिरो र बाढीको प्रकोप व्यहोर्नु परेको कुराले उपन्यासकारको मन छियाछिया पारिदिएका कुरालाई यसरी वर्णन गरेको देखिन्छ । एघार सालमा बाढी पहिरोले विकराल क्षति गरेको कुरा हजुरबाले सुनाएका कुरा जोडिएको छ ।
पहाडिया बस्ती डोजर र स्काभेटर चलाएपछि भू–स्खलन हुने सम्भावना बढी हुन्छ । यसको प्रतिफल बाढी पहिरो जान्छ, जमिन भासिने डर पनि त्यत्तिकै रहन्छ । अनावृष्टि, अल्पवृष्टिको विजारोपण गर्ने व्यक्ति मानिस नै हो । यति हुँदा हुँदै पनि अमुक प्रकृतिलाई कति दोष लगाउने ? भनिएको छ । प्रकृति चलायमान छ जसको कारण मौसम परिवर्तन हुन्छ । यस बखत प्रयासले उन्नतिलाई कसरी पाउन सकिन्छ होला भन्ने गुनासो गाँसिएको छ यहाँ ।
एउटा उमेर ढल्केको व्यक्तिले दाजु भनेर बोलाउने गर्दाको समयलाई उदेक लाग्दो मानिएका कुरा छन् । भन्नेले यसो भने पछि तत्कालै ऐना हेरेर आफ्नो वास्तविक रुप आफूले आफैलाई मूल्याङ्कन गर्न पुगिएको छ । उमेर भनेको लैनो पाडो र बकेर्नो पाडो उचाल्नु जस्तै रहेछ । यस श्रृङ्खलाको अन्त्यसम्म प्रयास र उन्नतिको मिलन हुन सकेको छैन ।
यहाँ चिहान डाँडालाई निकै माया गरिएको छ । मौसम परिवर्तनका कुरा छन् । गर्मी मौसमलाई मन पराइएको छ । यहाँ आएर उन्नतिले प्रयाससँग विवाह नगरिएको कुरा जोडिएको छ ।
“ताकपरे तिवारी नत्र गोतामे”को उखान टुक्का यहाँ मिल्न जाने जस्तो देखिन्छ । यहाँ उन्नति र प्रयासको जीवन धोकापूर्णको बनेको छ । प्रयासले उन्नतिलाई जति मायाँ गरे पनि उनीहरु वैवाहिक जीवनमा बाँधिने कुरा निरर्थक बनेको छ ।
प्रकृतिसँग कुरा गरिएको दृश्य लोभलाग्दो बनेको छ । प्रकृति प्रकृति नै हो । प्रकृतिसँग पैँठेजोरी खेल्ने हावा, हुरी बतास आदिको सामना मान्छेले नै गर्नू पर्छ । विनासकारी बाढी पहिरोले वितण्डता मच्चाउँदै गरेका गरेका दृश्यहरुलाई लेखनमा कैद गरिएको छ । जमिनलाई आधुनिक औजारको दुस्परिणमले खण्डीत पारिएको छ । सबै संरचनाहरु ध्वस्त भएका छन् । सन्त्रासै सन्त्रासको कोलाहालपूर्ण वातावरणको परिदृश्य वरिपरि मडारिएको आभाष हुन्छ । झरीवादलले भर्खर छुटकारा पाएको छ । चाडबाडको रौनक चारैतिर व्याप्त भई सुसेली खेलिरहेको छ । यहाँ उन्नति एउटा सजीव प्राणीलाई हृदयमा बास गर्ने उन्नतिसँग तुलना गरिएको छ ।
यस प्रसङ्गमा उद्दरण गरिएका पौराणिक पात्र भिष्म, सीताजस्ता पात्रहरुलाई यहाँ उभ्याइएको छ । अन्त्यमा आएर प्रयास एकाएक अलप हुन्छ । यी दुइ पात्रहरुको मिलन हुन सक्दैन । जब यी दुइ पात्रहरुको मिलन असम्भव बन्छ तब यो उपन्यास पढ्ने पाठकलाई समेत खल्लो महसुस भएको आभास हुन्छ । यो उपन्यास ट्रयाजिटी नै ट्रयाजिटिले भरिएको उपन्यास हो । विचविचमा धेरै पात्रहरु घुसे पनि खास प्रमुख पात्र भनेको उन्नति र प्रयास नै हुन् । उन्नति र प्रयासको अन्त्य सम्म मिलन हुन सकेको छैन ।
अन्त्यमा, हुन त उनका फुटकर लेख, निबन्ध, कथाहरु विभिन्न पत्र पत्रिकामा मनज्ञसँग छापिएका छन् । छापिएका सामग्रीहरुलाई खोजेर राम्रोसँग पढ्ने गरेकै हो । उपन्यासमा देखिएका पात्रहरुको जोड घटाउ चलिरहन्छ । तै पनि पुस्तकको रुपमा यो उपन्यास पढ्न पाउँदा खुसी लागेको छ । मेरो विचारमा यो उपन्यासले प्रयास र उन्नतिलाई प्रमुख पात्रको रुपमा प्रस्तुत गरे पनि प्रयास विना गरिएको उन्नति सफल हुन सक्दैन भनेर भने पनि यस उपन्यासको अन्त्यमा दुवैको प्रेममा असफलता प्रस्तुत भएको छ । मेरा विचारमा यो उपन्यास एउटा उपन्यास मात्र नभएर विना प्रयास गरिएको उन्नति केवल मन्थन मात्र भएको कुरालाई पुष्टि गरिदिएजस्तो लाग्छ । मैले यहाँ उद्दरण गर्ने विषयवस्तुहरु माथि नै परिसकेको हुँदा पुनः यस प्रकरणमा सामेल गर्न उपयुक्त लागेन । यसभित्र पर्यावरणीय चेतनाका कुरालाई प्राथमिकता दिइएकोछ । उपन्यास लेखन कार्यको सुरुमै स्पष्ट भएर लेखिएको यो पुस्तकले उपन्यासकारलाई हौसला बढाइदिने काम गरेको छ । चेतनामा समष्टिगत वृद्धि गराएको छ । असल खराब छुट्ट्याउने अवसर प्राप्त भएको छ । सन्तान थरिथरिका भन्ने कुराको पुष्टि गरिदिएको छ । विश्वास धोखापूर्णको हुन्छ भनिएको छ । यहाँ प्रयोग गरिएको भाषाशैली अत्यन्त सरल छ । मान्छेको उत्तम पाठशाला नै उसको घर परिवार र छिमेक हो । असल घरको वातावरणले व्यक्तिलाई सभ्यताको पाठ पढाउँछ । असभ्य मानिस सभ्य बन्न समय लाग्छ । इच्छाको चहाना राख्नेले सभ्यतालाई पनि सँगसँगै हिडाउन सिक्नु पर्छ । असभ्य मानिस कलंक हो । असभ्य मानिसको आयु छोँटो हुन्छ । उस्ले आफ्नो मस्तिष्कलाई चौतर्फि सञ्चालन गर्न सक्दैन । असभ्य मानिस सामाजिक बोझ हो । असभ्य मानिसको सोँचाई नै साँगुरो हुन्छ । त्यही भएर नै उस्रले असभ्यताको खोल ओड्न मन पराउँछ । उसको मस्तिष्क विकसित भएको हुँदैन । लोभानी, पापानी र अर्काको खेदो खन्नु बाहेक अरुथोक केही देख्दैन । चाहे जे होस् अनिता पन्थीका यस्ता अनेकौ कृतिहरु बेला बेलामा पढ्ने सु–अवसर मिलोस् हार्दिक शुभकामना !



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

