साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

पर्यावरणीय सङ्कटको दोषी पुँजीवाद !

Chovar Blues Mobile Size

पछिल्लो समय बढ्दो फ्ल्यास फ्लुड (एक्कै छिनमा आउने विनाशकारी बाढी)का कारण संसारभर क्षति सोचेभन्दा बढी भइरहेको छ । यसको कारण अरू केही होइन, पुँजीवाद हो । पुँजीवादको नाफामा बढी ध्यान दिने र उत्पादन बढीभन्दा बढी गर्ने अन्धाधुन्ध नक्कलका कारण संसारभर विनाश मच्चिरहेको छ ।

यो भनाइ हो, कोहेइ साइतोको । टोक्यो विश्वविद्यालयका असोसिएट प्रोफेसर साइतोले यही धारणामाथि काम गरेको निकै समय बितिसकेको छ । पछिल्लो समय उनको सो धारणामाथि लेखिएका पुस्तकहरूको चर्चा चुलिन थालेको छ ।

यस किसिमको पर्यावितण्डा रोक्नका लागि उत्पादनमा जोड दिने कुरालाई रोक लगाउने अथवा कम गर्नेतर्फ ध्यान दिनुपर्ने उनका पुस्तकहरूको धारणा छ ।

बढीभन्दा बढी उत्पादन नगर्ने, चाहिँदो उत्पादन गर्ने, कुनै पनि कुरालाई फेसन नबनाउने, कारखानामा काम गर्ने मजदुरहरूको कार्यअवधि घटाउने, उनीहरूको समय बढीभन्दा बढी परिवारसँग बितोस् भनी कम्पनीले ध्यान दिनेजस्ता कुरालाई यतिबेला बामपन्थीहरूले रूचाएका मात्र होइन, प्रचारसमेत गर्न थालेका छन् ।

साइतोले कार्ल मार्क्सले वातावरणसम्बन्धी लेखेका लेखहरूलाई आधार बनाएर निकालिएको पुस्तकले यो दुई वर्षको अवधिमा पाँच लाखभन्दा बढी बिक्री भएको कीर्तिमान बनाएको छ ।

sagarmani mobile size

नहोस् पनि किन, यतिबेला रूस‑युक्रेनबीचको युद्धले युरोपमा ऊर्जा सङ्कट बढ्ने देखिएको छ । यसअघि नै युरोपले खडेरीको भयावहता देखिसकेको छ । यस्तोमा साइतोले क्याम्ब्रिज विश्वविद्यालयका लागि पर्यासङ्कटमाथि अर्को पुस्तक लेख्ने निधो भएको छ । उनको अघिल्लो पुस्तक त्यति विधि बिक्री नभएको भए, उनका किताबलाई कसैले ध्यानै दिने थिएन होला तर अघिल्लो पुस्तकको दोस्रो भागको शैलीमा नयाँ पुस्तक निस्कने भएको छ ।

‘यो पुस्तक संसारमा कसरी पर्यासङ्कट गहिरिँदो छ भन्नेबारेमा हो,’ नयाँ पुस्तकमाथि टिप्पणी गर्दै जापानी लेखक साइतोले भने, ‘अब हामीले उत्पादन बढाउने होइन, घटाउने र पुँजीवादभन्दा पर्तिरको सम्भावना खोज्ने बेला आएको छ ।’

भर्खरै ३५ वर्ष उमेर पुगेका उनी ७० वर्षयता सत्तामा रहेको पार्टीले जुन अवधिलाई जापानको स्वर्ण आधुनिक युग मान्छ, उनी भने त्यसलाई उति राम्रो मान्दैनन् । अबको समस्यालाई मार्क्सवादी दृष्टिकोणबाट हेरिनुपर्ने र त्यसैबाट समाधान खोजिनुपर्ने राय उनी राख्छन् ।

यसलाई कसैले क्रान्तिकारी छलाङ भन्यो भने त्यस्तो भाषालाई उनी नराम्रो मान्दैनन् । अहिलेको संसार विश्वव्यापी महामारीबाट भर्खरै बौरिएको छ । आर्थिक व्यवस्थामा थुप्रै समस्या देखिएका छन् र मान्छेहरू चकित छन्, भविष्यबारे चिन्तित छन् । यस्तो बेलामा अलग्गै किसिमको विश्वदृष्टि दिन सक्दा उनी चर्चामा आएको केहीको धारणा छ ।

उनको पुस्तक खासगरी युवा जापानीले खुबै रूचाएका छन् । लेखकले पुँजीवादका यो पक्ष राम्रो वा यो पक्ष नराम्रो भन्ने तोकेर उनले लेखेका छैनन् । मात्र यसबीच पुँजीवाद अँगाल्दा के के भयो भन्ने प्रस्ट्याउने प्रयास गरेका छन् । ती कुराबाट अब हामी निस्कनुपर्छ भन्ने सन्देश युवापुस्तालाई रूचिरहेको प्रतिक्रिया ३१ वर्षे शोधकर्ता जुन सिओताले द गार्डियन पत्रिकालाई बताए ।

कोभिडका कारण जापानमा यसअघि कहिल्यै नदेखिएको फुड बैंकजस्ता कुरा देखिनु उदेक लाग्दो अवस्था भएको केहीको प्रतिक्रिया छ । अधिकांशले काम गुमाए । कतिले काम त पाए तर लामो अवधि काम गरे पनि तिनको पारिश्रमिक भने नबढ्नेजस्ता समस्या देखिए । कामदार वर्ग झन् चेपुवामा यो अवधिमा परेको कुरा लेखकले प्रत्यक्ष अनुभूत गर्न पुगे । जसका कारण नै एक झट्कामा यस्तो अवस्थामा आइपुग्नु पुँजीवादको गतिलो पक्ष नरहेको निष्कर्षमा पुगे ।

कम समय काम गर्नु वातावरणका लागि कति राम्रो रहेछ भन्ने कुरा यही कोभिड १९ अवधिमा देखिएको, परिवारसँग गुणस्तरीय समय बिताउन पाइएको, कामलाई कम समय दिँदा हुने देखिएकोजस्ता कयौँ उदाहरण उनले नयाँ पुस्तकमा दिँदैछन् ।

लेखक साइतो भन्छन्, सस्टेनेबल डेभलपमेन्ट गोलहरू मार्क्सले भनेजस्तो नयाँ किसिमको अफिम भएको छ । यसले सर्वसाधारणलाई फाइदा गर्दैन ।

पर्यामैत्री झोला, पर्यामैत्री बोतलजस्ता कुराहरू पुँजीवादकै अर्को स्वरूप भएको उनको धारणा छ । नयाँ किसिमको आर्थिक प्रणाली नसोची, पुँजीवादले खडा गरेको यो विनाशलीला यहीँ नसकिने उनको धारणा छ ।

वृद्धिवादी अर्थतन्त्र भन्दा निर्वाहमुखी अर्थतन्त्रले यो पृथ्वी जोगाउन सक्ने उनको धारणा छ । उनको यो नयाँ पुस्तक कहिलेसम्म बजारमा आउने हो, सो बारे भने बताइएको छैन ।

लेखक परिचय

सन् १८२१ मा म्यान्चेस्टर गार्डियन नामबाट प्रकाशन हुन थालेको यो बेलायती अखबारले आफ्नो नाम सन् १९५९ बाट नाम परिवर्तन गरी द गार्डियन राखेको हो । यसका सहप्रकाशन द अब्जर्भर र द गार्डियन विक्ली अखबार प्रकाशन गर्ने गर्छ । यसलाई गार्डियन मिडिया ग्रुपले प्रकाशन गर्ने गर्छ भने यो अखबारको माउ संस्था स्कट ट्रस्ट हो । यो संस्थाले नाफा सेयरहोल्डरहरूबीच बाँडफाँड गर्दैन । हालै यो संस्था संस्थापना भएको २०० वर्ष पूरा भएको छ ।

प्रतिक्रिया
Loading...