Chovar Blues Mobile Size

४. रूखमाथि बस्ने रैथानेहरू

एकैछिनमा केटाकेटीहरू हाँगाका बीचमा छोपिए ।

‘ए साना साथी हो।’ तलबाट हिउँमानव करायो ‘अझै मैले भनेको मान, ओर्लेर आओ । नत्र बादलपारि हराऔला त्यहाँका दुष्ट मानिसहरूले तिमीहरूलाई समातेर कमारा बनाउँछन् ।

तर अमरले उसको कुरामा ध्यानै दिएन ऊ बरू हाँस्यो- बिचरा हिउँका मान्छे ! उनीहरू यस रूखदेखि डराउँदा रहेछन्‌ ।

केटाकेटीले त्यस जाती हिउँमानवको वास्तै गरेनन्‌ । उनीहरू रूखमा माथि-माथि उक्लँदै गए, उक्लँदै गए । अलि माथि पुगेपछि एउटा मोटो हाँगामा झुक्दै गीता चिच्याई ‘ए दाइ ! … हेर हेर । … यो बयरजस्तो के हो !’

खबरदार गीता’ अमरले खबरदार गर्यो, यहाँ जे पायो उही नटिप । … बिखालु पनि हुन सक्छ ।’

तर अलि माथि स्याउ फलेको रहेछ भने नि ?” गीता एक मुठी बयर टिप्दै भनी । ‘यो त इन्द्रजाली रूख पो हो ?’

‘जेसुकै होस्‌ !’ अमरले भन्यो । ‘त्यो नखाऊ !’

केटाकेटीहरू चाँडै नै निकै माथि पुगे । अमरले एउटा हाँगाबाट निहुरेर तल हेर्यो । तल दियाल वनका रूखका दुप्पाहरू त कार्पेट बिछयाएको जस्ता पो देखिए । त्यो देखेर क खुसीले चिच्यायो ‘क्या गजब ! रूखहरू त तल, धेरै तल गलैंचाजस्ता पो देखिन्छन्‌ ।’

एनिड ब्लाइटन

‘दाइ !’ अलि परतिरको हाँगामा उभिएको आशिष एक्कासि चिच्यायो हेर त यहाँ के छ!’

गीता र अमर पनि आशिष भएको हाँगातिर गए । त्यहाँ एउटा ठूलो हाँगामा एउटा सानो घर थियो । त्यसका झ्यालढोकामा पर्दा झुन्डिएका थिए । आशिष एउटा झ्यालको पर्दा उठाएर भित्र चियाउँदै थियो । अमरले पनि एउटा झ्यालको पर्दा अलिकति उचालेर भित्र चियायो । एक्कासि ढोकाको पर्दा पूरै खोलेर एउटा मान्छेले हेप्यो । त्यसका आँखा र नाक हुचीलका जस्ता थिए । आँखा लाटोकोसेराका जस्ता राता र गोलागोला गुच्चाजस्तै थिए । क एक बित्ताको थियो र अनुहार रुखो र रिसाहाजस्तो थियो ।

तिमीहरू के खान आएका जङ्गली हौँ ।!’ बित्तेले आफ्ना आँखा च्याम्पटीजस्तै घुमाउँदै चिच्यायो, अनि आफ्नो हातको बाल्टिनभरिको पानी गीतालाई खन्याइदियो ‘लौ खाऔ ! … जो आउँछ मलाई नै बिथोल्छ। … जाऔ भाग यहाँबाट !’

अनि उसले झोंकैले ढोका बन्द गर्यो । केटाकेटीहरू जिल्ल परेर उभिरहे । निथ्रुक्क रुझेकी गीताले निधारको पानी हत्केलाले पुछ्दै रिसाएर भनी “आफू जङ्गली भएको थाहा छैन, अर्कालाई जङ्गली भन्दोरहेछ ।’

‘भैगो अब जाऔँ, अबदेखि कसैको घरमा पनि यसरी चियाएर नहेर्ने”, अमरले भन्यो । अनि उनीहरू त्यहाँबाट अर्को हाँगामा उक्ले । उनीहरूका सामु फेरि अर्को अचम्म थियो । उनीहरू भएको हाँगासँगै अर्को ठूलो हाँगामा एउटा पहेँलो घर थियो । त्यसको ढोकामा एउटा ताराको चम्किलो घन्टी थियो ।

“म त्यो घन्टी बजाइदिउँ दाइ ?” गीताले चञ्चले स्वरले सोधी ।

“फेरि अरू पानीले भिज्नु पर्ला नि !’ आशिषले हाँस्तै भन्यो ।

‘बजाऊ न त बजा’, अमरले आज्ञा दियो किनभने उसलाई पनि त्यो घन्टी बजाइहेर्न खुब सकसक लागेको थियो, तर बजाउने बित्तिकै त्यो झ्याम्म पात भएको हाँगामा लुक्नु पर्छ । भित्र कस्तो मान्छे छ ।!’

गीताले घन्टी बजाई । तुरुन्तै सबै बाक्लो पात भएको हाँगामा लुके । घर भित्रबाट एउटा काँसको घन्टी बजाएजस्तै मीठो स्वरले सोध्यो ‘को हो बाहिर ?… बगरे भए एक किलो मासु ढोकामा छोडेर जाऊ, साल्मी भए अहिले तेल खाँचो छैन भोलिपर्सि आऊ र हरियो अजिङ्गर भए …’

“ओ । हरियो अजिङ्गर’ आशिषले डराउँदै भन्यो । ‘यहाँ अजिङ्गर पनि आउँछ ?’

किन आउँदैन त, अमरले भन्यो, यस्तो वनमा जहाँ पनि आउँछ ।’

त्यसै बेला त्यो घरको ढोका खुल्यो । भित्रबाट एउटी सानी पहेँलो लुगा लगाएकी हिउँपरीले चियाई । … ऊ केटाकेटी जस्तै देखिन्थी तर तरुनी थिई । उसको कपाल चिसै थियो – भरखरै नुहाएजस्तो, ऊ एउटा फूलबुट्टे रुमालले कपाल पुछ्दैथिई ।

‘तिमीहरू को हौ ?’ परीले बाँसुरीजस्तो स्वरमा भनी ‘भित्र आऊ । … तिमीहरू कहाँबाट आएका ? … मेरो नाउँ हिमानी हो ।’

‘हामी तल धरतीबाट आएका’, अमरले भन्यो । उसले सबैको नाउँ बतायो । ‘हामी यो रूखको टुप्पामा के-के रहेछ भनेर हेर्न जान लागेका ।’

‘हेर है । होस गरेर जाऔ ।’ हिमानीले भनी ‘त्यहाँ माथि त धेरै डरलाग्दा डरलाग्दा कुरा छन्‌ रे। त्यहाँ गएपछि कोही पनि फर्केर आउन सक्दैन रे । …त्यहाँ खर्ल्याङ्खुट्टी देश छ रे ! त्यहाँ सबैले खर्ल्याङ्खुट्टी गरेर हिँड्नु पर्छ रे !’

‘खल्याङ्खुट्टी गर्दै हिँड्ने ?’, गीताले ताली बनाउँदै कराई ‘कति रमाइलो होला त्यहाँ । …तर अहिले त मलाई भोक पो लागेको छ ।’

‘हिंड भित्र म खानेकुरा खुवाउँछु’, हिमानीले भनी । अनि सबैलाई चौँरीको दूधको पनिर र च्याङ्ग्राको सुकुटी ल्याएर खान दिई । उनीहरू खान थाले, हिमानी आफ्नो कपाल कोर्न थाली ।

“गीता ! …तिमी धेरै नखाऊ है, भुँडी फुट्ला’, आशिषले गीतालाई चिढाउन भन्यो । सबै हाँसे । गीता ठुस्सिई ।

“साँच्चै धेरै खाएपछि माथि चढ्न नसकौली’ हिउँपरीले पनि ठट्टा गरी । गीता हाँसी । अनि उसले सोधी ‘यस रूखको टुप्पोमा पनि मान्छे बस्छन्‌ ?’

“बस्छन्‌ हिउँपरीले भनी ‘मेरै घरको माथि के-नाम-के-रे बस्छ ।’

“नाउँ पनि के-नाम-के-रे ?’ गीता खित्‌खित्‌ गर्दै हाँसी ।

‘हो उसको साँच्चैको नाउँ कसैलाई थाहा छैन । त्यसैले उसलाई

के-नाम-के-रे भन्छन्‌ । …अनि अलि माथि एउटी केटी बस्छै। क सधैँ लुगा धोइरहन्छे । …उसको साबुनको फीजको छाँगो खसिरहन्छ ।’

“क्या मज्जा !’ गीताले भनी ‘अब हामी जान्छौँ फर्कदा आऔंला । …तिमी बसिरहन्छ्यौ !’

‘आऊ है त !’ हिमानीले भनी ‘म पर्खिरहुँला ।

केटाकेटीहरू अझ माथिमाथि चढ्दै गए । अलिमाथि पुगेपछि उनीहरूले एउटा अनौठो आवाज बिरालो घुरेझैं सुनिन्थ्यो । अनि एउटा हाँगामा एउटा घर देखेँ । घरबाहिर खटियामा एउटा बिचित्रको मान्छे सुतिरहेको थियो । उसको मुख र जुँघा ढाडेको जस्तै थियो । उसको पक्क खुलेको मुखबाट त्यो घ्वार्रघ्बार्र आवाज आइरहेको थियो ।

त्योत त्यही श्री के-नाम-के-रे जस्तो छ !’ गीताले भनी । हेर न कसरी मुख पक्क बाएर घुरेको ।’

“म उसको मुखमा बयरको गेडो हालिदऊँ ?’ आशिष हरबखत एउटा न एउटा उपद्रो गर्न तम्सिरहन्थ्यो । तर अमरले उसलाई रोक्यो । उसले हिमानीको कुरा सम्झायो ‘यसलाई उठाउनु हुन्न । यो रिसाहा छ। फेरि हामीलाई रूखबाट खँगारिदियो भने ?’

केटाकेटी अझ माथि चढे । हाँगाबिँगा आकाशभरि फैलेका थिए । हरेक हाँगामा परीहरूका घर थिए । अमर, गीता र आशिष रूखमा चढ्दै गए । केही माथि पुगेपछि एउटा छवाङ्छवाङ्‌ आवाज सुनियो । एउटा माथिल्लो हाँगाबाट साबुनको फींजको छाँगोजस्तो खसिरहेको थियो ।

रमेश विकल

यो चाहिं त्यही लुगा धुने परीले पोखेको पानीजस्तो छ’, अमरले भन्यो। त्यो साबुनको फींजजस्तो छाँगो तल कताकता खसिरहेको थियो – अनकन्टारमा । त्यो छाँगो कहाँ खसेको हो भनेर निहुरेर हेर्दा आशिष झन्डै चिप्लेर तल खसेको । हत्त र पत्त अमरले समातेर तानेर पो !

केटाकेटीहरू माथिमाथि चढ्दै गए । त्यहाँ हाँगैपिच्छे राता, नीला, पहेँला पर्दा लागेका साना-साना झ्याल भएका घरहरू देखिन्थे । अब रूख सुरिलो हुँदै गयो । उनीहरूका शिरमाथि कपासका फूलजस्ता सेता बादल खातैखात लागेर रहेका देखिन्थे । त्यसै बादलको बाक्लो खातको माझमा एउटा प्वाल थियो । त्यसैबाट त्यो रूखको टुप्पो बादलभित्र पसेको थियो ।

हेर !’ अमरले भन्यो ‘अब हामी टुप्पोमा पुग्नै आँट्यौं । अब हामीले त्यो बादलबाट माथि जानु पर्छु ।’

‘साँच्चै त्यहाँ बादलमाथि के होला दाइ ?’, गीताले चहकिँदै भनी ‘परीको देश होला हगि ? …अहा ! क्या मज्जा होला उनीहरूसँग खेल्न !’

अनि उनीहरू बादलको घोप्टे खोलेर एक-एक गर्दै माथि छिरे ।