अध्याय – दश
घर छोडेर हिँडेपछि फुच्चे राजकुमारले थुप्रै छिमेकी उपग्रहहरूको भ्रमण गर्यो |
उसले भ्रमण गरेको पहिलो उपग्रहमा जनताबिनाको एक्लो राजामात्रै थिए | सिंहासनमा बसेका इमान्दार राजाले फुच्चे राजकुमारलाई देख्नासाथ भने, “आहा ! एकजना मात्रै भए पनि मेरो प्रजा रहेछ त ।“
थाकेर आएका फुच्चे राजकुमारले हाई काढ्यो ।
राजाले उसलाई भने, ‘राजाको अगाडि यसरी हाई काढ्नु मनाही छ, बुझ्यौ ?’
फुच्चे राजकुमारले अलि डराएको स्वरमा भन्यो, ‘म हाई नकाढी बस्न सक्दिन । लामो यात्राबाट आएकोले म ज्यादै थाकेको छु, सुतेको पनि छैन । राजाले बाध्य भएर हाई काढ्ने अनुमति दिनैपर्यो ।
राजाले भने, ‘ल हाई काढ न त ।’
‘ओहो ! कहाँ भन्नासाथ म हाई गर्न सक्छु र ।’
फुच्चे राजकुमारले लज्जित हुँदै गुनगुनाए ।
वास्तवमा त्यो राजाले गर्न सक्ने कामै थिएन । उसले भन्यो, ‘हरेक व्यक्तिबाट त्यतिमात्र आशा गर्नुपर्छ, जति उसले पूरा गर्नसक्छ ।’ आदेश दिनु अघि उनीहरूको अधिकारको पनि ख्याल राख्नुपर्छ ।”
यसरी राजकुमारलाई के महसूस भयो भने, राजाले धाक लगाएजस्तो उनी शक्तिशाली छैनन् । आफ्नो राजनीतिअनुसार परिस्थिति अनुकूल नहोउञ्जेल प्रतीक्षा गर्ने भए राजाले । सूर्यास्त देख्न नपाएकामा राजकुमार दुःखी थियो | हाई काढ्दै उसले राजालाई भन्यो, ‘अब मेरो यहाँ केही काम छैन | म जान्छु ।”
राजाले उसलाई न्यायमन्त्री अथवा राजदूत बनाउने आश्वासन दिए तर उसले स्वीकारेन । यहाँ मैले कसलाई न्याय दिने ? राजाले भने, “मैले मेरो राज्य पूरै घुमेर हेरेको छैन | म त बूढो भइसके । राम्ररी हिंड्डुल गर्न पनि सक्दिन ।”
फुच्चे राजकुमारले भन्यो, “मैले त सबै हेरिसके | तपाईं आफैंलाई परीक्षण गर आफैंलाई चिन्न खोज ।
राजा भावुक हुँदै भन्यो, ‘आफूलाई परीक्षण गर्नु सबैभन्दा गाह्रो काम हो | आफूलाई चिन्न सक्नु जस्तो जटिल काम अरू केही छैन ।’
फुच्चे राजकुमारले राजाको कुरालाई सही कुरा गर्नुभयो भन्दै अन्तै बाटो लागे |
“प्रौढ व्यक्ति बडो विचित्रका हुँदारहेछन् ।’ आफ्नो यात्राको दौरानमा फुच्चे राजकुमारले मनमनै भन्यो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।