‘Morality is nothing but lack of opportunity
-Jeorge B. Shaw

क्वालालम्पुरको कलिलो साँझ÷स्वीमिङ्ग पुलको चारैतिर कुर्सी कतारमा लगाइएको छ । माथि फूलका विरुवाहरुको शीतल छायाँमुनि युगल जोडीहरु हास्य परिहास र गफगाफमा मनोरञ्जन गरिराखेका छन् । केही जोडीको हातमा वियरको ग्लासमा सेतो फिंज भरिएको छ । केही चुस्कीको आनन्द लिइराखेको छ । मौसम अत्यन्त आनन्दप्रद छ । यहाँ बिहानभन्दा बेलुकी चहलपहल बढी हुने गर्दछ । सबै आ–आफ्नो अफिसको काम र अन्य कामबाट फुर्सदिलो फुर्तिलो बनेर फुर्सदको घडीको मञ्जा भरपुर लिइराखेका छन् । कोही कोही साँझमा पारदर्शी पोशाकमा आफ्नो सुगठित शरीरको सौन्दर्य प्रतिविम्वित गरिराखेको छ । कोही हल्का फुल्का पोशाकमा आफूलाई बढी स्मार्ट देखाउने बेकार कोसिस गरिराखेको छ । माथिको फूलको विरुवाबाट पुष्पपात भइराखेको छ । अहा कति सुन्दर र स्वर्गीय साँझ ? केही युगल जोडी स्वीमिङ्ग पुलमा स्वीमिङ्ग ड्रेस लगाएर व्रेष्ट ब्रेक स्ट्रकको मञ्जा लिइराखेको छ । कोही आराम कुर्सीमा सुतेर शारीरिक अभ्यास गरिराखेको छ । केही मानिसहरु हरियो चौरमा र विजुलीको मन्द प्रकाशमा स्ट्रोलिङ्ग गरिराखेको छ । प्रफुल्ल एवं प्रसन्न मुद्रामा सबै एकत्रित मानिसहरु आफ्नो दिनभरिको थकान मेटाउनमा मस्त छन् । आफूसँग त कोही पनि छैन । मेरी श्रीमती र छोरी आफ्नो अपार्टमेन्टमा बेलुकीको चिया खानमा व्यस्त छन् । म जानाजान यस्तो बेलामा स्वीमिङ्ग पुलको सुहाँउदो सौन्दर्यको उपभोग गर्नका लागि र यिनीहरुको क्रियाकलाप र गतिविधि हेर्नका लागि त्यहाँ आउने गर्दछु ।

त्यो क्यानेडियन पनि आफ्नी श्रीमतीलाई स्वीमिङ्ग पुलमा पौडी खेलाउनका लागि स्वीमिङ्ग सूटमा नै ल्याएर हातमा सिगरेट र वियरको ग्लास लिएर बसिराखेको छ । मलेसिया धर्म निरपेक्ष मूलुक भएकोले यहाँ मुस्लिम वासिन्दाहरु पनि लुकी लुकी सौफ्ट र हार्डड्रिक लिने गर्दछन् । कुनै बन्देज छैन । सबै स्वतन्त्र भएर बेलुकीको साँझमा सास लिइराखेको छ । त्यो क्यानेडियनकी श्रीमती पनि मलेसियाकी नागरिक भएकोले र सफ्ट वियरको ग्लास लिएर बिस्तारै चुस्की लिइराखेकी छिन् । ऊ स्वीमिङ्ग सुटमा भए पनि पौडी पोखरामा पौडी खेल्न उतरेको मैले देखेको छैन किनभने उसको श्रीमान् अर्धवैंसे भइसकेको तर ऊ चाँहि आफूलाई तरुनी सावित गर्नका लागि स्वीमिङ्ग सुट लगाएर त्यहाँ जाने गर्छिन् । उसको उद्देश्य आफूतिर अरुको लोग्नेलाई आकर्षित र तिनलाई आफ्नो आकर्षण पाशमा आबद्ध गर्नका लागि र आर्थिक लाभ लिनका लागि यौन क्रियाकलापमा संलग्न गराउने उद्देश्य रहेको छ । ऊ यौन क्रियाकलापमा संलग्न गराउने उद्देश्य रहेकोले उसलाई त्यसै भंगिमामा भासिसकेकी छिन् । उसको श्रीमान्सँग ऊप्रतिको आकर्षण बढ्दो उमेरले गर्दा कम भएकोले ऊ उदासिनजस्तो देखा परिराखेकी छे । तसर्थ आफ्नी श्रीमतीलाई नयाँ पार्टनर बनाउनका लागि सहयोगी भूमिका निर्वाह गरिराखेको छ ।

डा. रामदयाल राकेश

मैले कलेज जीवनमा एउटा नाटक पढेको थिएँ । त्यसको नाम हो ‘नेत्रदान’ । नाटककार रामवृक्ष बेनीपुरीले लेखेका छन् – ‘बूढा भोग नहीं सकता तो छोड भी नहीं सकता’ । मलाई यो भनाई अभिभूत गरेर सत्य तथ्य र यौन मनोविज्ञानको झझल्को भइराखेको थियो । अचेल त श्रीमान् आवरण मात्र हो । त्यस आवरणलाई अंगालेर आईमाइ (श्रीमतीले) स्वच्छन्द यौनाचारको आनन्द लुटिराखेकी हुन्छिन् । खास गरेर प्रौढा आइमाईहरुले जुन यौन सन्तुष्टि आफ्नो श्रीमानबाट पाउन वञ्चित भएकी हुन्छिन् । त्यो क्यानेडियनकी श्रीमती पनि त्यो उद्देश्य लिएर अरुको लोग्नेलाई घण्टा, दुई घण्टाका लागि पनि आर्थिक लाभ लिनका लागि आफ्नो अर्पाटमेन्टमा लग्छिन् र उसको श्रीमान स्वीमिङ्ग पुलको किनारामा बसेर चुरोटको तातोताप र बियरको चिसोपनाका आनन्दको अनुभूति गरिराखेकोले बासी साँझको वास्ना लिइराखेको हुन्छ ।

क्वालालम्पुर अहिले विदेशी कामदारहरुको आकर्षण र आजीविकाको केन्द्र भइराखेको छ । यी कामदारहरु आफ्नो सम्बन्धित कम्पनीहरुमा काम गर्दा गर्दा थकित भएपछि साँझपख मनोरञ्जन गर्नका लागि क्वालालम्पुरको स्ट्रौलिङ्ग गर्दछन् । यिनीहरुलाई के थाहा भइसकेको छ भने कुनै स्ट्रीट रेड लाइट एरिया घोषित भइसकेको छ । ‘गो लोकल’ ट्रेनमा पूरा सहर यिनीहरु निःशुल्क चहार्न सक्दछन् । बंगलादेशी र चिनियाँहरु अत्यधिक संख्यामा कामदार भएर आउने गर्दछन् र मलेशियाली तरुनीहरुका लागि बंगलादेशीहरु धेरै सुहाँउँदो जोडी सावित भएका छन् । चिनियाँहरु पनि अल्पसंख्यक होइनन् त्यहाँ । तसर्थ यिनीहरु पनि आफ्नो यौन प्यास मेटाउनका लागि ठाउँको खोजीमा लागि पर्दछन् किनभने यो एउटा Biological need हो । एउटा शारिरिक आवश्यकता हो ।

यिनीहरुले आफ्नो टोलको नाम नै चाइनाटाउन राखेका छन् । यहाँ यौन पिपासुहरु बेलुकी भएपछि जुट्ने गर्दछन् । यसमा सबै देशका यौन पिपासुहरु स्वतन्त्र रुपमा भाग लिने गर्दछन् । यो Biological need भएकोले कति दमन गर्ने कुनै सीमा हुँदैन ।

यौन र धन तथा यौवनमा कस्को आकर्षण हुँदैन र ? सबै देशका कामदारहरु एक्लै गएका हुन्छन् । विवाहित भएर पनि श्रीमतीसँग गएको हुँदैन । यता श्रीमतीहरु पनि मौका छोपी आफ्नो छरछिमेकका युवकसँग लागेर आफ्नो यौन प्यास मेटाउने गर्दछन् । उता उनका श्रीमान्हरु वेश्यावृतिमा संलग्न हुन कुनै अव्यवहारिक ठान्दैनन् । जसरी भए पनि आ–आफ्नो यौन प्यास मेटाउनु सर्वथा स्वभाविक हो । पैसा पनि प्रशस्त भएकोले त्यसको केही भाग खर्चेर आफ्नो यौन तिर्खा मेट्ने गर्दछन् । पैसा भएपछि मानिसलाई रक्सी रण्डी (वेश्या) को तलाशमा तल्लिन हुन स्वभाविक हो । सबै यौन संसर्ग गर्नमा सुरक्षित महसुस गर्दछन् तर पनि कहिलेकाहीँ यौन संक्रमणले गर्दा सरुवा रोग पनि बोकेर स्वदेश आएपछि थाहा पाउँछन् । आफ्ना श्रीमतीहरुलाई पनि यौन रोग सार्ने गर्दछन् । यस्ता कतिपय केसहरु बाहिर आउँछन् र कति केसहरु लुकाएर नै बस्नका लागि मानिसहरु बाध्य हुन्छन् । अहिले यो फेसनको रुपमा हरेक देशमा फैलिरहेको छ । कति परिवारहरु विध्वंसको संघारमा उभेका छन् । दाम्पत्य जीवनमा दाग लागेपछि पश्चाताप गरेर पनि केहि लाग्दैन । यौन दमन गरे पछि यौन कुण्ठाा र तरुणहरुका लागि समानरुपमा आवश्यक भएकोले यसलाई फुकाउनका लागि पनि कामदारहरु यस्तो यौन क्रियाकलापमा लाग्नका लागि बाध्य हुन्छन् ।

त्यो क्यानेसडियनकी मुसलमान श्रीमतीसँग कुनै ट्यैबू छैन न र सेक्समा न ड्रिंकमा किनभने मलेसिया टर्की बाहेक सबै देशमा रक्सीमाथि पाबन्दी लगाइएको छ मुश्लिम देशहरुमा । तसर्थ मुसलमानहरु साधारणतः रक्सी खाँदैनन् । परनारीसँग यौन सम्पर्क राख्दैनन् । कुनै आइमाईले परपुरुषसँग यौन सम्पर्क राखेमा या संभोग गरेमा उसलाई औनर क्लिङ्ग को शिकार बन्नु पर्दछ । यस अर्थमा मुसलमानहरु धेरै कट्टर हुन्छन् । कुनै कुनै मुसलमान बहुल देशमा यस्तो पाइयो भने पत्थर हानेर पनि आइमाइलाई मार्ने चलन छ । मानौँ आइमाईको कुनै अस्तित्व छैन । मलेसियामा यस्तो घटना घटेको प्रायः जसो सुनिँदैन । मैले एक महिनाको प्रवासकालमा यस्तो घटना न पढ्न पाइयो न सुन्न पाइयो । आज बेलुका अलि बेहोस नै भएको देखिन्छे । त्यस क्यानेडियनकी श्रीमती आफ्नो एर्पाटमेन्टबाट नै वियरको चुस्की लगाएर आएकी थिइन् किनभने ऊ आज बढ्ता स्मार्ट देखिन्थे । आइमाई चुरोट र रक्सी खाँदा अलि बढी नै स्मार्ट देखिने गरिन्छे चाहे त्यो जुनसुकै देशकी आइमाई किन नहोस् । आज बढी पोटिलो, कसिलो, रसिलो देखिन्छे । उसको शारीरिक बनावट पनि पुरुषजस्तो कडा देखिन्छ । उसको उन्नत उरोज धेरै नुकिलो देखिन्छ किनभने ऊ धेरै उत्तेजक र उर्जाशील देखिन्छ ।

उसको यौनिक भावभंगिमा अस्वाभाविक किसिमको थियो । ऊ च्याप समातेर कुनै लोग्ने मानिसलाई म्वाइ खाँऊ खाँऊ जस्तो उसमा कुनै लोग्ने मानिससँग संभोगरत हुने रहर प्रष्टै देखिन्थ्यो । तर पनि लोकलाजको भय भएकोले उति आक्रामक हुन सकिनन् । आफ्नो अर्धवयष्क लोग्नेलाई च्याप्प समातेर म्वाँइ खान थाली । उसलाई आफ्नो अकंमालमा बाँधेर आफ्नो अपार्टमेन्टतिर लगिन् । यौन उत्तेजना सल्बलाउन थालेकोले आफ्नो श्रीमानलाई समातेर लिफ्टमा गइन । उसको लोग्नेमा कुनै संभोगरत क्रिया प्रतिक्रिया नदेखेर लिप्टमा अर्को मानिसलाई म्वाँइ खान थाली र तीनै जना आफ्नो अर्पाटमेन्टतिर लागे । अहिले गोराहरु पनि कालो वर्णकी केटीहरुलाई मन पराउन थालेका छन् । काली केटीहरुमा कामाग्नि धेरै हुन्छ । लोग्ने मानिसहरु टेष्ट चेन्ज गर्नका लागि पनि काली केटीहरुलाई मन पराउन थालेका छन् । यो रुची परिवर्तन रुचिकर र रोचक रंगीन मिजासका मानिसहरुमा बढी देखिन्छ । तसर्थ गोराले काली र कालीले गोराहरुलाई मन पराउन थालेका छन् । काली केटीहरुमा कामिग्न धेरै हुन्छ । लोग्ने मानिसहरु टेष्ट चेन्ज गर्नका लागि पनि काली केटीहरुलाई मन पराउनु अहिलेको मानसिकताको साथै साथ आवश्यकता ठान्दछन् । काली केटीहरु पनि गोरा मानिसहरुसित लहसिएर यौनान्द प्राप्त गर्नका लागि काम आतुर देखिन्छ । कतिपय केटीहरु यो हिन्दी फिल्मी गीत गाएर पनि काले हैं तो क्या हुआ दिलवाले है फँसाउने गर्दछन् ।

अंग्रेजी भाषामा एउटा भनाइ छ – Change is the salt of life. यो उखान अहिले सेक्स, ड्रिक र ड्रेसमा बढी देखिने गर्छ । अद्यातन अनुसन्धानको आधारमा स्वास्नी मानिसहरूको स्तनमा बढी मानिसहरूको ध्यान केन्द्रित हुन थालेको छ । अनुहारभन्दा स्वास्नी मानिसहरूको स्तन बढी उत्तेजक प्रतीत हुन थालेको छ । अनुहारको आर्कषण पुरानो भइसक्यो तर स्तनको सौन्दर्य आधुनिक युगको पुरुषहरूका लागि अत्यधिक मन पर्न थालेको छ । यही कारण छ कि स्वास्नी मानिसहरु आफ्नो स्तनलाई सुडौल र सुन्दर बनाउनका लागि प्लाष्टिक सर्जरी गराउनमा पनि पछि पर्दैनन् । युगअनुसार र युगको मागअनुसार रुचि परिवर्तन पनि रुचिकर नै मानिन्छ एवं ठानिन्छ । क्वालालम्पुर अहिले परिवर्तनको परिप्रेक्ष्यमा सिंगापुरलाई पनि पछाडि पारिसकेको छ । हरेक क्षेत्रमा मलेशिया दिनानुदिन प्रगतिको शिखर चुम्नका लागि चुस्त र दुरुस्त देखिन्छ । यहाँ पर्यटकहरुका लागि बाटो घाटोमा पनि बदलाव आएको छ । यिनीहरुलाई हिँड्नमा कुनै असुविधा नहोस् भनेर बाटोलाई माथिबाट छोप्ने शेड बनाइएको छ । बाटाको दुवैतिर रुख, विरुवा लगाइएको छ । विशेष गरेर फूलहरुको बोट लगाइएको छ । जसले गर्दा हिँड्दा हिँड्दै फूलको वास्नाबाट यिनीहरु अभिभूत हुने गर्छन् ।