
भागः २४, अंशः ७
ओमार फैसल पुक्क गाला भएको मोतो, गालामा डिम्पल भएको । कालो आँखाहरू भएको, मिजासिलो, छिद्रो दाँत देखाएर हाँस्ने मान्छे रहेछ । उसको पातलिँदै गरेको फुलेको कपाल पछाडि लगेर चुल्ठो बाटेको थियो | उसले कुहिनोमा छालाको प्याच भएको खैरो कोर्डुरोय सुट लगाएको थियो भने हातमा एउटा थोत्रो, टन्न भरिएको ब्रिफकेस थियो । ब्रिफकेशको हेन्डल थिएन त्यसैले उसले ब्रिफकेश छातीमा च्यापेर लिएको थियो । ऊ बोल्दाखेरि धेरै जसो वाक्य कि त हाँसेर सुरू गर्ने र अनावश्यक रूपमा “आई एम सरी, आई ल वि दियर एट फाइब’ भनेर माफी माग्ने खालको मान्छे रहेछ । जब मैले उसलाई फोन गरेको थिएँ, उसले जति सक्दो चाँडो हामीलाई भेट्छु भनेर जिद्दी गरेका थियो |
“मलाई माफ गर्नुहोला यो ठाउँका ट्याक्सीहरू शार्क जस्ता छन्,” उसले अलिकति पनि स्वर यताउता नगरी शुद्ध अंग्रेजीमा बोलेको थियो ।
“विदेशीको गन्ध थाहा पाउने वित्तिकै तिनीहरूले भाडा तिनगुणा बढी भन्छन् ।’
र हाँस्दै, माफी माग्दै अलिअलि स्याँस्याँ गर्दै पसिना काडेर ढोका भित्र छिर्यो । निधारको पसिना रूमालले पुछ्यो, ब्रिफकेश खोल्यो, खोतल खातल गरेर एउटा नोट प्याड खोज्यो र विस्तराभरि लथालिङ्ग भएका कागजका पानाहरूका लागि माफी माग्यो । आफ्नो ओछ्यानमा पन्था मारेर बसेको शोहरबको एक आँखा म्युट गरेको टेलिभिजनमा थियो भने अर्को चाहिँ त्यही हतास वकिलमाथि । मैले शोहरबलाई बिहानै फैसल आउँदै छ भनेर सुनाएको थिएँ र उसले “ठीकै छ’ भन्ने इसारामा टाउको हल्लाएको थियो । उसले झन्डै क्यै सोध्नै आँटेको थियो, तर मात्रै त्यही जनावरहरू बोल्ने शो हेरेर बसेको थियो ।
“बल्ल भेटियो,” एउटा कानुनी लेखापडी गर्ने पहँलो नोट प्याड खोल्दै फैसलले भन्यो । जब कुनै संस्थाको सवाल उठ्छ, मलाई लाग्छ मेरा बच्चाहरूले आफ्ना आमालाई पछ्याउने छन् | मलाई माफ गर्नुहोला, हुनेवाला वकिलको मुखबाट तपाईं यस्तो खालको कुरा सुन्न चहानुहुन्न होला, कसो ?” उ हाँस्यो ।
“अँ रेमन्ड आन्द्रूजले तपाईंलाई खुबै मान्नुहुँदो रहेछ ।“
“मि. आन्द्रूजले ? हो हो । बडो भलाद्मी मान्छे । वास्तवमा मलाई उनले नै फोन गरेर तपाईंको बारेमा बताएका हुन् |”
“ए हो र ?”
“हो त ।”
“त्यसो भए तपाईं मेरो अवस्थासँग परिचित हुनुहुन्छ ।”
फैसलले आफ्नो ओठमाथिका पसिनाका थोपाहरू पुछ्यो । “तपाईंले मि. आन्द्रूजलाई जे भन्नु भएको थियो म त्यो अवस्थासँग परिचित छु,“ उसले भन्यो । लजालु हाँसो हाँस्दा उसका गालामा डिम्पल पर्यो । ऊ शोहरबतिर फर्कियो । “यो सब समस्या पार्ने केटो पक्कै पनि यही हुनुपर्छ,” उसले फारसीमा भन्यो |
“यो शोहरब हो,” मैले भनेँ । “शोहरब मैले तँलाई भनेको थिएँ नि हो त्यो वकिल साप उहाँ नै हो ।
शोहरब आफ्नो ओछ्यानबाट फुत्त झर्यो र ओभार फैसलसँग हात मिलायो । “सलाम अल्लाएकुम, उसले मधुरो स्वरमा भन्यो ।
“अल्लाएकुम सलाम, शोहरब’ फैसलले भन्यो । “तिम्रो नाम एउटा ठूलो योद्धाको नाम हो भन्ने तिमीलाई थाहा थियो ?’ शोहरबले “थियो’ भनेर टाउको हल्लायो । फेरि ओछ्यानमाथि उक्लियो र टिभी हेर्नलाई कोल्टे फर्कियो ।
“तपाईं यति प्रष्ट फारसी बोल्नुहुन्छ भन्ने मलाई त थाहै थिएन,“ मैले अंग्रेजीमा भनें । “तपाईं काबुलमा हुर्केको हो ?”
“होइन, म कराँचीमा जन्मेको थिएँ, तर म काबुलमा धेरै बर्ष बसेको थिएँ । त्यो हाजी यागुब मस्जिदको नजिकै, शार-ए-नाउमा” फैसलले भन्यो । “वास्तवमा म हुर्केको बर्किलीमा हो । साठीको दशकको अन्त्यतिर मेरो बुबाले त्यहाँ एउटा म्यूजिक स्टोर खोल्नुभएको थियो । खुल्ला प्रेम हेडब्यान्ड, टाई-डाई सर्ट जस्ता चीज पनि, नामै लिनुपर्दा । क अगाडि निहुरियो । “म बुडस्टक मा थिएँ ।’
“झिल्के, मैले भनेँ र फैसल यति जोडले हाँस्न थाल्यो कि फेरि उसको जिउभरि चिटचिट पसिना आयो । “जे होस्,” म भन्दै गएँ, “एका-दुई वा सायद तीनवटा कुरा बाहेक मैले आन्द्रूजलाई भनेको धेरै जसो यही हो । “म तपाईंलाई काँटछाँट नगरी सबै भनूँला ।’
उसले एउटा औंला चाट्यो, एउटा खाली पेज पल्टायो र कलमको बिर्को खोल्यो । “त्यसको म प्रशंसा गर्ला, अमीर र अब यसपछि सबै कुरा हामीले अंग्रेजीमै गर्दा हुँदैन र ? त्यसो गरे कसो होला ?
“एकदम हुन्छ ।’
मैले उसलाई जेजे भएको थियो सबै बताएँ । मेरो रहिम खानसँगको भेट, काबुलको यात्रा, अनाथालय, गाजी रंगशालामा ढुंगाले हानेको घटना आदि सबै खुलस्त पारेँ ।
“हे भगवान्, ऊ सासले बोल्यो । “यो सुनेर म साह्रै दुखी छु । मसँग त काबुलको यति मीठो सम्झनाहरू छन् । तपाईंले मसँग त्यही ठाउँको बारेमा कुरा गर्दै हुनुहुन्छ भनेर त पत्याउन पनि गाह्रो भाछ ।”
“तपाई हालसालै आएर त्यहाँ पुग्नुभएको छ त ?’
“छैन ।”
“म तपाईंलाई भन्दै छु कि यो बर्किली जस्तो छैन,” मैले भनेँ ।
“ल अगाडि भन्दै जानुस् ।”
मैले बाँकी कुरा सबै बेलिबिस्तार लगाएँ- असिफसँगको भेट, फसँगको लडाई, शोहरब र उसको गुलेली र हामी ज्यान जोगाएर भागेर पाकिस्तान फर्केको सबै । जब मैले सबै भनेर सकें, उसले दुई चारवटा टिपोटहरू लेख्यो, लामो सास तान्यो र मलाई बडो भद्र आँखाले हेर्यो ।
क्रमश….
नोटः उपन्यासको यो भाग धेरै लामो भएकोले यस्लाई अंश अंशमा विभाजन गरेका छौँ, धन्यवाद ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

