मूल कवि परिचयः
अन्ना आख्मातोभाको जन्म २३ जुन सन्‌ १ट्प९ मा युक्रेनको ओडेसामा एउटा उच्चवर्गीय परिवारमा भएको थियो । उनकी वास्तविक नाम अन्ना आन्द्रेयेभ्ना गोरेन्को थियो। युवा अवस्थामा उनी कविता लेखनतिर आकृष्ट भएको थाह पाई उनका बाबुले एउटी निम्नस्तरकी कवयित्री भएर परिवारको इज्जतमा आँच आउने काम नगर्न र लेख्ने भए अर्के नामले लेख्न दवाव दिएपछि उनी आफ्नो मवलतफर्को थर लिई अन्ना आख्मातोभाको नामले लेख्न थालिन्‌ ।

उनले सेन्ट पिटर्सबर्ग (हालको लेलिनग्राड)मा रहेर कानूनको अध्ययन गरिन्‌ र सन्‌ १९% मा कवि तथा समालोचक गुमिलेभसँगा विवाह गरिन्‌ । सन्‌ १९१८ मा सौ वैवाहिक सम्बन्ध विच्छेद भएता पनि उनीहरू कार्यगतरूपमा आपसमा सम्बद्ध रहिरहे । गुमिलेभपछि उनले भ्लादिमिर सिलेज्कोसँग र उनीसँग पनि अलग्गिएपछि निकोलाइ
पुनीनसँग विवाह गरिन्‌ ।

सन्‌ १९१२ मा आसख्मातोभाले आफ्नो पहिलो सङ्ग्रह भ्येचेर (साँरू) प्रकाशित गराइन्‌ । पाँच सय प्रति छापिएको उनको त्यस सङ्ग्रहले दर्जनौं सकारात्मक, प्रतिकृया प्राप्त गर्यो । उनले त्यसबेलासम्म लेखेका दुई सय वटा कवितामध्येबाट छानेर पैंतीस वटा कविता मात्र त्यसमा सङ्ग्रहित गरेकी थिइन्‌ । उक्त पुस्तकले उनलाई एउटी सक्षम युवा कविका रूपमा चिनायो । उनको दोस्रो सङ्ग्रह चेत्की (जपमाला) ले उनलाई सर्वाधिक लोकप्रिय र कुशल कविका रूपमा स्थापित रारायो ।

अन्ना आख्मातोभा

सन्‌ १९२१ मा उनका पूर्व पति गुमिलेभलाई अन्य एकसठ्ठी जनासहित बोल्सेभिक विरोधी गतिविधि गरेको आरोपमा स्टालिनको सरकारले मृत्युदण्ड दियो । लगत्तै सन्‌ १९२२ मा आख्मातोभाले त्यसको विरोधमा ‘इस्वी सम्वत्‌ १९२१’ प्रकाशित गराइन्‌ । उनका कविताहरू अत्यधिक विद्रोही र स्तालिन सरकार विरोधी भएकाले उनलाई प्रकाशक भेट्टाउन गाह्रो भयो । सन्‌ १९२४ देखि १९४० सम्म आरूमातोभाका कविताहरूमा एक प्रकारको बन्देज नै लाग्यो । त्यस अवधिमा उनले समालोचना तथा अनुवादका काम गरिन्‌ ।

अन्ना आख्मातोभाको ४ मार्च सन्‌ १९६६ मा सोभियत सङ्घको लेलिनग्राडमा निधन भयो ।

प्रेमोत्सव

आउ, वार्षिकोत्सव मनाऔं
हाम्रो प्रेमको –

के तिमीले देखेनौ ?
हेर त-
फर्किआएको छ आज फेरि
हाम्रो पहिलो हिउँदको हिउँ फुलेको रात ।
प्रत्येक बाटामा, हरेक रूखमा
हीराकै चम्किलो
त्यही हाम्रो पहिलो जाडोको रात फर्किआएको छ ।

तबेलाहरूबाट पोखिएर
बाहिर निस्किरहेछ वाफ ।
मोइका नदी डुब्दैछ हिउँभित्र,
जून मिथकहरूमा झै भिजेको छ ओसमा ।
यसबेला हामी के गर्दैछौं भन्ने केही होश छैन मलाई,
ओ- मार्सोभोमा खेलिरहेछन्‌ हिउँका ढिक्वाहरू
हिउँका दानाको प्रेममा उन्मत्त छ लेब्याज्ह तलाउ ।

यसबेलाको मेरो चित्तदशासँग
कसको मन दाँजिन सक्ला र !
भन्न सक्तिनँ म
मेरो हृदयको गहिराइभरि यस क्षण
आनन्द पोखिइरहेछ्‌ वा भय दौडिरहेछ !

यस रात
गुन्जिरहेछ मेरा कुम वरिपरि
कुनै कोकिल पक्षीको झै तिम्रो बोली ।

तिम्रो प्रेमिल स्वरको न्यानो किरणले भिजेको हिउँ
चम्किरहेछ
चाँदीको चमक बोकेर ।

अनुवादः सुमन पोखरेल

सुमन पोखरेल